दमौटीले जित्यो दोस्रो सेभेन ए साईड फुटबलको उपाधि
पूर्णपुष्टि, साउन २० । दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि दमौटी फुटबल क्लबले जितेको छ। शनिबार बोक्से स्थित गंगा खेल मैदानमा भएको फाईनल खेलमा आयोजक ब्रोदर्श फुटबल क्लबलाई ०-३ गोलले हराउँदै दमौटीले उपाधि हात पारेको हो।
दमौटी फुटबल क्लबका लागि प्रताभ राई, अन्जन हमाल र पविन राईले एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच दमौटी फुटबल क्लबका रितेश तामाङ्ग बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे। उपाधि विजेता दमौटीले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेता ब्रोदर्शले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
प्रतियोगितामा विभिन्न व्यक्तिगत पुरस्कारहरू पनि वितरण गरिएको थियो । बेस्ट डिफेन्स पुरस्कार ब्रोदर्श फुटबल क्लबका पमिन श्रेष्ठले जिते भने बेस्ट स्ट्राइकर पुरस्कार दमौटी फुटबल क्लबका रबि शंकर चौधरीले हात पारे। दमौटीका निम छेरिङ शेर...








