Saturday, August 22News That Matters

समाचार

मनसुनी वायुले ल्याउन सक्ने भारी वर्षाको चेतावनी

मनसुनी वायुले ल्याउन सक्ने भारी वर्षाको चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २० । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज अपराह्न र राति यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। आगामी २४ घण्टामा पनि उल्लेखित प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेकोले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। यस्तै, भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पार्न सक्ने भएकोले सम्बन्धित क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले सुझाव दिएको छ।...
कोशी प्रदेश सरकारको नवीन पहल : काठका घर स्थानान्तरण खुला र प्रशासनिक पुनर्संरचना

कोशी प्रदेश सरकारको नवीन पहल : काठका घर स्थानान्तरण खुला र प्रशासनिक पुनर्संरचना

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २० । कोशी प्रदेश सरकारले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुल्ला गर्ने निर्णय गरेको छ। यसले अघिको जटिल प्रक्रियालाई सरल बनाएको छ। बैठकले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको केही प्रदेश ऐन संशोधन अध्यादेश खारेज गर्न सिफारिस गरेको छ। साथै, तीन नयाँ समितिहरू गठन गरिएका छन्–राजनीतिक तथा प्रशासनिक, कानुन न्याय तथा प्रदेश मामिला, र आर्थिक सामाजिक तथा पूर्वाधार समिति। प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र प्रदेश योजना आयोग गठन आदेशमा संशोधन प्रस्ताव गरेको छ। कृषि व्यवसाय प्रवर्द्धन अनुदान नीतिमा पनि परिवर्तन गरिने भएको छ। बिउ बिजन र जीव नाशक विषादी व्यवस्थापन सम्बन्धी नयाँ कानुनहरूको तर्जुमा प्रक्रिया पनि सुरु हुने भएको छ। यी निर्णयहरूले प्रदेशको प्रशासनिक र कानुनी संरचनामा महत्त्व...
राजेश हमालको उपस्थितिमा उद्घाटन गरिएको कम्पनीद्वारा युवाहरूको करोडौं ठगी

राजेश हमालको उपस्थितिमा उद्घाटन गरिएको कम्पनीद्वारा युवाहरूको करोडौं ठगी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २० । इटहरीस्थित इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरले युरोपका विभिन्न देशमा पठाउने प्रलोभन देखाएर करिब ३०० युवाबाट ८ करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ। कम्पनीले माल्टा, पोल्यान्ड, सर्बिया लगायतका देशमा पठाउने भन्दै प्रति व्यक्ति ४० हजारदेखि ४ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० साउन १५ मा दर्ता भएको यो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता नभएको खुलेको छ। कम्पनीका सञ्चालकहरू फरार रहेका छन्। इटहरी शाखा प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा लुकेको आरोप छ। उनले आफ्ना छोरा अमित बराइली, राजुकमार गजमेरसहित संलग्नतामा इटहरीको शाखाबाट तीन सय युवालाई ठगी गरेको पाइएको हो । २६० जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। विभागले मुद्दा दर्ता गरी सञ्चालकहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। श्रम ...
बागमती प्रदेश सरकार सङ्कटमा : मुख्यमन्त्री जम्कट्टेलको पद धरापमा

बागमती प्रदेश सरकार सङ्कटमा : मुख्यमन्त्री जम्कट्टेलको पद धरापमा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २० । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन बनेसँगै बागमती प्रदेश सरकार सङ्कटमा परेको छ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको छ । जम्कट्टेलले गत एक वर्षमा तीन पटक विश्वासको मत लिएर सरकार जोगाएका थिए । तर नयाँ समीकरणमा कांग्रेस र एमालेको गठबन्धनले प्रदेश सभामा बहुमत पुर्‍याएको छ । ११० सदस्यीय सभामा कांग्रेस र एमालेसँग ६४ सांसद रहेका छन्। नयाँ समीकरण अनुसार बागमती प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ । यद्यपि अहिलेसम्म प्रदेशका दलहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन् । केन्द्रमा हुने अन्तिम घटनाक्रमको प्रतीक्षामा प्रदेशका दलहरू रहेका छन् । यो परिवर्तनले बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने र सत्ता परिवर्तन हुने सम्भावना बढेको छ । आगामी दिनमा प्रदेश राजनीतिमा थप हलच...
अन्धविश्वासको भेंटमा दुई निर्दोषको हत्या : तीन आरोपी पक्राउ

अन्धविश्वासको भेंटमा दुई निर्दोषको हत्या : तीन आरोपी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २० । पर्साको जगरनाथपुर गाउँपालिकामा अन्धविश्वासको कारण दुई जनाको निर्मम हत्या भएको घटनामा प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ। गत जेठ २९ गते भएको यस हत्याकाण्डमा बारा कलैयाका रामएकवाल पण्डित कुम्हाल र उनका साथी सुरेश ठाकुरको ज्यान गएको थियो। पक्राउ पर्नेहरूमा मुख्य योजनाकार लक्ष्मण कुमार प्रजापति, सन्तोष प्रसाद कुम्हार र महादेव महतो नुनिया रहेका छन् । प्रहरीको अनुसन्धानमा खुलेको तथ्य अनुसार, प्रजापतिले आफ्नो परिवारमा लगातार मृत्यु भइरहेको कारण काका रामएकवालले जादुटोना गरेको आशंकामा हत्याको योजना बनाएका थिए । प्रजापतिले आफ्नो भिनाजु सन्तोष कुमारसँग मिलेर चार महिना अघिदेखि योजना बनाएको र आठ लाख रुपैयाँमा हत्यारा समूहसँग सम्झौता गरेको खुलासा गरेका छन् । झारफुक गराउने बहानामा बोलाइएका रामएकवाल र उनका साथी ठाकुरलाई ओरिया खोला नजिक लगेर हत्या गरी शव गाडिएको थियो। यस घ...
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै उनीहरूलाई साथ दिन आग्रह गरेका थिए। रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएको बताए। रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन र संवैधानिक अधिकार चाँडो प्रयोग गर्न आग्रह गरेको छ। पार्टीले बाँकी कुरामा आन्तरिक छलफल गर्ने जनाएको छ।...
दक्षिण कोरिया भिसा लिने समय ठगीमा ८ जना पक्राउ

दक्षिण कोरिया भिसा लिने समय ठगीमा ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १९ । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिकाका दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिकाका पवन काफ्ले, कावासोती नगरपालिकाका संघर्ष ढकाल, काठमाडौं कलंकीका नवीन पौडेल, पोखरा महानगरपालिकाका समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिकाका छिरिङ निमा लामा रहेका छन्। अनुसन्धानबाट एजेन्टहरुले अनलाइनमार्फत भिसाको डेट पहिले नै होल्ड गरी प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको खुलासा भएको छ । पक्राउ परेकामध्ये केही इनोभा, युनिभा, यति सर्भिस् र नोभा जस्ता कन्सल्टेन्सीहरुमा आबद्ध रहेको जानकारी दिइएको छ । दूतावासमा गुनासो आएपछि यो ठगीको खुलासा भएको हो। सीआईबीले थप अनुसन्धान अघि बढाएको छ।      ...
बालिका बलात्कार आरोपी प्रहरी निरीक्षक थुनामा

बालिका बलात्कार आरोपी प्रहरी निरीक्षक थुनामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १९ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार यो आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। शिवाकोटीले आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । उनलाई गत जेठ २३ मा पक्राउ गरिएको थियो । बालिकाको बयान अनुसार ४५ वर्षीय शिवाकोटीले उनलाई तीन वर्षदेखि पटक–पटक बलात्कार गरेका थिए। काठमाडौं महानगरपालिकाको बाल उद्धार समितिले बालिकाको उद्धार गरेपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार तराई मूलकी उक्त बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् र कक्षा ८ मा पढ्दै थिइन् । शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणीको मुद्दा दायर गरेको छ ...
निर्वाचन आयुक्त सिफारिस प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी

निर्वाचन आयुक्त सिफारिस प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १९ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारको उजुरी परेको छ। संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेपछि ७ असारमा उजुरी आह्वान गरेको थियो। मंगलबार समितिले प्राप्त उजुरीहरू वितरण गर्दै बिहीबार छलफल गर्ने निर्णय गरेको छ। प्रधानविरुद्ध पाँच वटा यौन दुर्व्यवहारसम्बन्धी उजुरी परेका छन् । उजुरीहरूमा प्रधानले कानुन आयोगको कार्यकारी निर्देशक हुँदा एक महिलालाई इच्छाविपरीत यौन सम्पर्क गरेको, काम लगाइदिने बहानामा यौन दुर्व्यवहार गरेको, र पीडितलाई एक करोड रुपैयाँ दिएको आरोप लगाइएको छ। उजुरीकर्ताले बैंक विवरणहरू पनि समितिमा पेस गरेका छन्। यसबाहेक, प्रधानले दबाबमा मुद्दा मिलापत्र गराएको उजुरीमा उल्लेख छ। संविधान र संवैधानिक परिषद् ऐनअनुसार आयुक्त उच्च नैतिक चरित्रको हुनुपर्ने व्यवस्था छ। सुनुवाइ समितिले उजु...
उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

उदयपुरको पर्यटन विकासका लागि सरोकारवालाबीच गहन छलफल

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १९ । उदयपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आज एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजना र कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा भएको यस कार्यक्रममा विभिन्न सरोकारवालाहरूबीच गहन छलफल भएको छ। त्रियुगा नगरपालिका–१२ स्थित होटल टाउन हलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उदयपुरको पर्यटन विकासका सम्भावना, चुनौति र आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले उदयपुरको पर्यटन विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘उदयपुरको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै यहाँको पर्यटन क्षेत्रलाई अघि बढाउन हामी...