Saturday, January 31News That Matters

समाचार

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २६ बर्षीय सविन राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डएसपी) केदारमान दोङका अनुसार आइतबार ३ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ आउदै गरेको बा ९५ प ६२९१ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा चालक राईको साथबाट लागुऔषध फेला परेको हो । राईको साथबाट डाइजेपाम–५० एम्पुल, फेनारगन–५० एम्पुल, ब्रुपिनोर्फिन–५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध र २ थान सिरिन्ज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

Breaking News 2, राजनीति, समाचार
उदयपुर, १० माघ २०८२ । <span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ। <span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् । <span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए । निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। यसअघि...
उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् । चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् । राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्,  दुई स्वतन्त्र कायमै

उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्, दुई स्वतन्त्र कायमै

Breaking News 2, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए । दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ । दुई स्वतन्त्र चुनावी मैदानमा कायम उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/X_MLR95ej3Q?si=KyTkXExVftoXe3am पूर्णपुष्टि/उदयपुर, माघ ८ ।   
नारदमुनी थुलुङ स्मृती गाेल्डकपकाे खेलतालिका पहिलाेखेल माघ १५ , फाईनल २२ गते

नारदमुनी थुलुङ स्मृती गाेल्डकपकाे खेलतालिका पहिलाेखेल माघ १५ , फाईनल २२ गते

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ८ । उदयपुरकाे बसाहामा सञ्चालन हुने ११ ओैं नारदमुनी थुलुङ स्मृती गाेल्डकप फुटबल प्रतियाेगिताकाे खेल तालिका आयाेजकले  सार्वजनिक गरेकाे छ । आगामी माघ १५ देखि सञ्चालज हुने गाेल्डकपकाे खेल तालिका अनुसार आठ वटा टिमले भाग लिनेछन् । जसमा पहिलाे दिनकाे खेल आयाेजक बसाहा क्लव र याेङ् ब्रदर्स क्लव ईटहरी सुनसरीबीच हुनेछ । दाेस्राेदिन सहलेस युवा केलव सिरहा र दमक फुटबल एकेडेमी झापाबीच हुनेछ । तेस्राेदिन न्यु त्रियुगा स्पाेर्टस् क्लव सप्तरी र नेपाल खेलकुद क्लव राैतहटबीच हुनेछ भने चाैथाेदिन एपिएफ क्लव काठमाडाै र एलएक्स सिटि फुटबल क्लव माेरङबीच हुनेछ । नकआउट बिधिमा खेलाइदा १८ गतेसम्ममा पहिलाेचरणकाे खेल सकिएर सेमिफाईनल प्रवेश हुनेछ । १९ र २० गते सेमिफाईनल भई २२ गते फाईनल हुनेछ । आयाेजक बसाहा क्लवले प्रजान्त्रिक सेनानी, ऐतिहासिक ब्यक्तित्व स्व. नारदमुनी थुलुङकाे स्मृतीमा खेलाएकाेले...
उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

Breaking News 2, पर्यटन, समाचार
उदयपुर, माघ ७ । पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ । संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे । उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा ग...
उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टी/उदयपुर, माघ ५ गते । नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् । उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए । उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । शिक्षाको नाम...