वैशाखयताको विपद्मा परी देशभर ४ सय ७९ जनाको मृत्यु, ३ हजार बढी प्रभावित
पूर्णपुष्टि, चैत्र १२ । गत वैशाख १ गतेदेखि हालसम्म मुलुकभर विभिन्न प्रकारका विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार उक्त अवधिमा देशभर ७ हजार २३१ वटा विपद्का घटना दर्ता भएका छन् ।
यी घटनाहरूमा परी ४ सय ७९ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८ सय जना घाइते भएका छन् । त्यसैगरी, १३ हजार ९८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । सबैभन्दा बढी आगलागीका घटना रहेका छन् जुन कुल घटनाको झन्डै आधाभन्दा बढी हिस्सा ओगट्छ ।
यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएक...









