Monday, August 24News That Matters

समाचार

बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा

बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । बिषहारा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले दन्त रोगिहरुको क्षेत्रमा समाजसेवाको काम समेत गर्दै आएको छ । बिगत दुई बर्ष देखी गाईघाट स्थित बोक्से जाने बाटो सेतो पुल नजिक संञ्चालनमा रहेको उक्त क्लिनिकले भर्खरै मात्रै रौतामाई गाउँपालिका ६ मा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको सिविरमा सहभागी भई दन्त उपचारमा सहयोग पुराएको हो । यस सिविरमा क्लिनिकले ५० भन्दा बढी दन्त रोगीहरुलाई निशुल्क उपचार गरेको छ । पहाडी पालिका र बिकट ठाउँको दन्त रोगीहरुलाई उपचारमा सेवा पुराउनु निकै चुनौती रहेको संञ्चालक तथा आर.सीटी बिषेशज्ञ डा. नारायण कुमार चौधरीले जनाए । त्यस ठाउँ सम्म गएर बिरामीहरुलाई सेवा दिँदा बिरामीहरुमा देखिएको खुसीले बिषहरा डेन्टल टिम उत्साहित समेत बनेको छ । चौधरीका अनुसार परिक्षण गरिएको मध्ये १२ जनाको दाँत निशुल्क उखालिएको छ । अन्य जटिला विरामीहरुलाई पनि क्लिनिकमा उपचार गर्न आए ५०...
उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जना पक्राउ

उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २७ । उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २४ दिपेश राई र बेनपा–९ बस्ने ३० बर्षीय भुपेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार शुक्रबार ईप्रका रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले अन्दाजी दिउँसो साढेँ १ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिपेश राईको घरमा खानतलासी गर्दा लोड गरी राखेको अवैध भरुवा बन्दुक थान १, बन्दुकमा लाग्ने बारुद, प्रतिबन्धित लागू औषध ट्रामाडोल १२ चक्की, गाजाँ ५१० ग्राम समेत फेला पारी भुपेन्द्र राई समेतलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई ईप्रका रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २७ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नारायण बुर्जा मगरलाई शनिबार माओवादी केन्द्र त्रियुगा नगर कमिटिले पार्टी कार्यालयमा सुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी गृह जिल्ला उदयपुरमा स्वागत गरेको हो । माओवादी कार्यकर्ताद्धारा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै मन्त्री मगरले खानेपानी सिचाई तथा उर्जा मन्त्रालय आफुले प्राप्त गरेको भन्दा पनि सिङ्गो प्रदेशको पार्टीले प्राप्त गरेको बताउनुभयो । आफुमा लोभ लालच नरहेकोले मन्त्रालयलाई सफल बनाउँन स्वच्छ तरिकाले काम गर्ने उनले बताए । आफुले मन्त्रालयमा स्वच्छ तरिकाले काम गरेमा सिङ्गो पार्टीको साथ रहने र पार्टिको समेत ईज्जत बढ्ने उनले बताए । जनताको काम गर्न आएकोले प्रत्यक्ष देखिने काम आफुले गर्ने समेत बताए । दोस्रो पटक उदयपुर जिल्ला क्षेत्र नं. २ प्रदेश ‘क’ बाट सांसद बनेक...
१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी कटारीलाई

१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी कटारीलाई

Breaking News 2, खेलकुद, समाचार
अभिमन्यु लामिछाने/कटारी, माघ २७ । बिहीबार देखि कटारीको त्रिवेणी माविमा सञ्चालन भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा ३१ स्वर्ण २० रजत र २० काँस्य गरि कुल ७१ पदक जित्दै कटारी नगरपालिकाले यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ । जिल्लाका ८ पालिका मध्य प्रतियोगितामा ६ वटा पालिकाले स्वर्ण पदक सहित अन्य पदक हात पारेको छ भने १ पालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेन। लिंचुङबुङ गाउँपालिका भने प्रतियोगीतामा सहभागी भएन। प्रतियोगिता स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ३ दिन सम्म चलेको प्रतियोगितामा बिभिन्न कवड्डी महिला पुरुष ,कराते ,तेक्वान्डो, उसु, एथलेटिक्स ( महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तगत १०० मि, २०० मि, ४०० मि, ८०० मि, १५०० मि,३००० मिटर, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट, १०० x ४...
दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबलाई

दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २७ । दोस्रो वडा अध्यक्ष गोल्डकप साईड 7A फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबले जितेको छ । शनिबार भएको फाईनल खेलमा दुधौली फुटबल क्लब सिन्धुलीले ताल तलैया फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । त्रियुगा नगरपालिका वडा नं १० नयाँ बस्ति स्थित गंगा खेल मैदानमा भएको खेल निर्धारित समयमा गोल रहित बराबरी भएपश्चात खेल टाईब्रेकरमा परिणत भएको थियो । टाईब्रेकरमा दुधौली फुटबल क्लबले ताल तलौया फुटबल क्लबलाई हराउँदै उपाधिमाथि कब्जा गरेको हो । दुधौलीका लागी जर्सि नं ८ का सुनिल खड्का, जर्सि नं ५ का बिशाल भण्डारी, जर्सि नं १३ का अक्सय दनुवार र अनिस रोक्काले गोल गरे भने दुधौलीका लागी सबिन घिमिरे र सिजल राईले मात्र गोल गर्न सफल भए । विजेता क्लब दुधौलीले मेडल, ट्रफी र प्रमाण पत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गरेका गरे । प्रतियोग...
यातायात ब्यवस्था अनुशासित र मर्यादित तुल्याउन चेकजाँच

यातायात ब्यवस्था अनुशासित र मर्यादित तुल्याउन चेकजाँच

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ । यातायात ब्यवस्था कार्यालय, गाईघाटले प्रहरी, प्रशासन, स्थानीय सरकार र ब्यवसायीको समन्वयमा सवारी चेकजाँच गरी सवारी सचेतना जगाउदै आएको छ । आज पूर्व–पश्चिम मदनभण्डारी राजमार्ग र शिद्धिचरण राजमार्गको संगमस्थल कटारीमा चेकजाँच गरेको छ । सो क्रममा करिब पाँचसय सवारीसाधनको चेकजाँच गरी चालक तथा यात्रुलाई सचेतना दिइएको थियो । यसक्रममा नियम उलंघन गर्ने ५५ वटालाई कारवाही गरेको थियो । कारवाहीमा ४० हजार जरिवाना अन्तर्गत राजस्वसमेत संकलन भएको छ । सवारी साधन र त्यसका कागजपत्र चुस्त–दुरुस्त राख्न र दुर्घटना तथा चोरीबाट जोगाउन कार्यालयले बेलाबेला चेकजाँच गर्ने र सचेतना फैलाउने गरेको कार्यालय प्रमुख श्यामकुमार लिम्बुले बताउनुभयो । “यातायात ब्यवस्थालाई अनुशासित तुल्याउने, मर्यादित र ब्यवस्थित बनाउने र सडक दुर्घटना कम गर्न सचेतना अभिबृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्ने गरिको छ ...
सगरमाथा बिमान स्थल निर्माणको लागि पाँच करोड बजेट बिनियोज

सगरमाथा बिमान स्थल निर्माणको लागि पाँच करोड बजेट बिनियोज

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उदयपुरमा निर्मण हुने सगरमाथा विमानस्थलको लागि मन्त्रालयबाट पाँच करोड बजेट बिनियोजन भैसेको जनाएको छ । शुक्रबार उदयपुर स्थित त्रियुगा नगरपालिका १ जोगिदहमा पर्ने निर्माण स्थानको निरिक्षण गर्दै मन्त्री किरातीले बजेट छुट्टी सकेको जनाए । उनले बजेट छुटिए सँगै काम पनि तत्काल अघि बढाईने जनाएको छ । विमानस्थल निर्माणका लागि रु दुई करोडभन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ । विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दो...
उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

उदयपुरका दुई सांसद प्रदेशमन्त्री बने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २६ माघ । उदयपुरका दुई प्रदेश सांसदहरु नारायण बुर्जा मगर र  रामकुमार खत्री मन्त्री आज बनेका छन् । बुर्जा मगर काेशी प्रदेशको खानेपानी सिंचाई तथा उर्जा मन्त्री भए भने खत्री उद्योग, कृषि तथा सहकारी मन्त्रीमा  नियुक्ती भएका छन् । मगरले नेकपा माओवादीबाट चुनाव जितेका हुन् भने खत्रीले कांग्रेसबाट जितेका हुन् ।  ...
उदयपुर सगरमाथा विमान स्थलको काम अगाडी बढाउन फिल्डबाटै मन्त्री किरातीको निर्देशन

उदयपुर सगरमाथा विमान स्थलको काम अगाडी बढाउन फिल्डबाटै मन्त्री किरातीको निर्देशन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ माघ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उदयपुरको सगरमाथा विमान स्थलको कामलाई तत्काल अगाडी बढाउन निर्देशन दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित निर्माण गर्न लागिएको विमान स्थलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन मन्त्री किरातीले मन्त्रालयको सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । मन्त्री किराती शुक्रबार सगरमाथा बिमान स्थल क्षेत्रको अवलोकन गर्न उदयपुर आईपुगेका थिए । सोही क्रममा किरातीले आफ्नो भाषणकैबीच जनताहरुकै सामु मन्त्रालयमा फोन गरी काम तत्काल अघि बढाउन निर्देशन दिएको हो । मन्त्री किरातीको निर्देशन पछि उदयपुरवासीहरु उत्साहित बनेको छ । लामो समय देखी बिमान स्थल बन्ने आशमा बसेका जनताहरु मन्त्री किरातीको निर्माण क्षेत्रको अवलोकन र निर्देशनले उत्साहित बनेको हो ।...
२ केजी भन्दा बढी चाँदीको सर–समान सहित एक भारतीय युवक पक्राउ

२ केजी भन्दा बढी चाँदीको सर–समान सहित एक भारतीय युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २६ । मोरङमा चाँदीको सर–समान सहित १ भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया आमगाछी पञ्चायत–१३ का २२ बर्षीय मोहमत अलताफ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार रङगेली नगरपालिका–७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर–समान उनलाई पक्राउ गरिएको हो । अबैध रुपमा चाँदीका समानहरु ओसार पसार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान ११ बजे अलताफाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के.जी.५४८ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...