Sunday, May 3News That Matters

समाचार

रातारातको कालोपत्रे उप्कियाे-भत्कियो, सडक डिभिजन र ठेकेदारकाे मिलेमताेमा बजेट दुरुपयाेग

रातारातको कालोपत्रे उप्कियाे-भत्कियो, सडक डिभिजन र ठेकेदारकाे मिलेमताेमा बजेट दुरुपयाेग

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । सडक डिभिजन कार्यालय लहानले उदयपुरको चौदण्डीगढी नगरपालिका –४ चटपटेटोलमा रातारात निर्माण गरेको कालोपत्र सडक उप्किएको छ । असार २० गते सम्पन्न गर्नुपर्ने योजनाको बजेट सिध्याउन सडक कार्यालय र ठेकेदारको मिलेमतोमा रातारात साउन २ देखि ४ गते गरिएको थियो । नाम मात्रको सो कालोपत्रे सडक सजिलै उप्किने, भाँचिने, भाँसिने अवस्थाको बनेको स्थानीय उपभोक्ता लङ्कराज तामाङले बताउनुभयो । गुणस्तरहीन हुनुमा कमसल ढुंगा, गिट्टिबालुवा, सिमेन्टको प्रयोग, मापदण्ड विपरित वर्षातकाबीच हतारमा काम रहेको स्थानीय सविन कार्कीले बताउनुभयो । ६८ लाख ६३ हजार ५७७ रुपैया बजेटको सो योजना सिताराम कन्ट्रक्सन बेल्टारले गएको बैशाख १२ गते सम्झौता गरी काम बढाएको थियो । समयमा काम नगरेपछि यसरी रातारात काम गर्दा कालोपत्रे सडक मापदण्ड र गुणस्तरहिन भएसंगै बजेटको दुरुपयोग भएको छ । सडक डिभिजन लहानका प्रमुख इन्जिनि...
नयाँ नागरिकतामा आमाको नाम अनिवार्य

नयाँ नागरिकतामा आमाको नाम अनिवार्य

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्रमा अनिवार्य रूपमा आमाको नाम समावेश गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले मंगलबार एक सूचना जारी गदै नेपाल नागरिकता नियमावली २०६३ को अनुसूची १ बमोजिम वडा कार्यालयहरूबाट नयाँ नागरिकताका लागि सिफारिस गर्दा आमाको नाम खाली राखेर पठाउने गरिएको भन्दै आमाको नाम समेत समावेश गर्न अनुरोध गरिएको छ । सुचनामा ‘सिफारिसमा आमाको महल खाली राखेर आउने गरेकाले नागरिकता प्रमाणपत्रमा आमाको नाम उल्लेख नहुने गरेको भन्दै अब उप्रान्त अनलाइन प्रणाली मार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फारामहरूमा आमाको नागरिकता बमोजिमको नाम उल्लेख गरी पूर्ण विवरण भरेर पठाउन अनुरोध गरिएको छ । सनाखतका लागि वडा कार्यालय पुग्ने व्यक्तिलाई आमाको सक्कल नागरिकता अनिवार्यरूपमा साथमा लिएर जान जानकारी गराउन पनि अनुरोध गरिएको छ । सबै स्थानिय...
उदयपुरमा सुनचाँदी पसल आजदेखी खुल्ला

उदयपुरमा सुनचाँदी पसल आजदेखी खुल्ला

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ । उदयपुरमा सुनचाँदी व्यवसायीहरुले आजदेखी पसल खुल्ला गरेका छन् । सोमबार उदयपुर सुनचाँदी व्यवसायी संघले एक सुचना जारी गर्दै असार ६ गतेदेखी पसल खोलेर कारोबार संचालन गर्न जानकारी दिएको हो । सुचनामा महासंघको कार्यदल र सरकारबिचको बार्ता व्यवसाय अनुकुल हुन्छ भन्ने विश्वास बन्दै गईरहेको हुनाले निति नियम बन्नलाई समय लाग्ने भएको हुँदा साउन ६ गतेदेखी पसल खोली व्यवसाय संचालन गर्न अनुरोध गरिएको छ । यस अघि साउन २ गते शुक्रबारका दिन बसेको कार्य समितिको बैठकबाट नेपाल सरकारले बजेट मार्फत लगाएको कर, निति अव्यवहारीक ठहर गर्दै महासंघको कार्यदल र सरकारबिचको ठोस निर्णय नआउन्जेल सम्मको लागी साउन ४ गते साझ ५ बजेबाट सम्पुर्ण सुनचाँदी पसल बन्द गर्न भनि पत्रचार गरिएको थियो । संघले पसल खुल्ला गर्ने निर्णय गरेसँगै सदरमुकाम गाईघाट, बेल्टार, रामपुर लगायतका बजारमा सुनचाँदीको कारोबार सुरु भएको छ ...
साउनको पहिलो सोमबार ढिम्किको इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार ढिम्किको इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ५ । आज साउन महिनाको पहिलो सोमबारको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–११ ढिम्कि स्थित इन्द्रेश्वर महादेव मन्दिरमा बिहानै देखी भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भगवान शिवको विशेष दिन मानिन्त त्यसकारण व्रतालुहरु यस दिन शिव मन्दिरमा गई पुजाआजा गर्ने गर्छन् । पहिलो सोमबार उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो । त्रियुगा बसपार्कस्थित शान्तिधाममा समेत भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । शिवभक्तहरूले जल, दूध, दही, बेलपत्र, धतुरो, लगायत सामग्री अर्पण गर्दै पुजा गरेका छन् । भक्तजनहरुका लागी झीगु नेवाः पुचः गाईघाट ले विगत वर्षहरू झैँ यसपटक पनि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । घाम र गर्मीले भक्तजनलाई असहज नहोस् भनेर पानी वितरण गरिएको संस्थाका सचिब गोपाल श्रेष्ठले बताएका छन् ।...
उदयपुरमा विङ्गर गाडीले किच्दा बृद्धको मृत्यु

उदयपुरमा विङ्गर गाडीले किच्दा बृद्धको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ५ । उदयपुरको त्रियुगा नगरपालिका–८ झोडा चोक स्थितमा विङ्गर गाडीले किच्दा एक बृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–७ चुहाडे बस्ने अन्दाजी ७४ बर्षीय कोटिमाया दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार दिउँसो ३ बजेको समयमा कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८–००१ ज ००७१ नं को विङ्गर गाडीले यात्रु ओराल्ने तथा चढाउने कार्य पश्चात अगाडी बडाउने क्रममा दनुवारलाई गाडीको चक्काले किचेको थियो । चक्काले किच्दा गम्भिर घाईते भएकी दनुवारलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान स्थित घोपा हस्पिटलमा लैजाने क्रममा बिरामीलाई अचानक गाह्रो भई पुन स् जिल्ला अस्पताल उदयपुर फर्काइएको दनुवारलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न विङ्गर र चालक कटारी न.पा. वड...
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

Breaking News 3, समाचार
पुर्णपुष्टि, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर १६–१७ (भदौ ३१ र असोज १ गते) सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्रीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको बताएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन ।...
नोबेलमा निकालियो उदयपुरका १५ बर्षीय बालकको आन्द्राबाट कैँची

नोबेलमा निकालियो उदयपुरका १५ बर्षीय बालकको आन्द्राबाट कैँची

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ४ । उदयपुरका एक १५ बर्षीय बालकले खेल्ने क्रममा निलेको कैँची नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अपरेसन गरेर निकालिएको छ । आकस्मिक कक्षमा ल्याईएको बालकको एक्स–रे र सिटी स्क्यानको आधारमा पेटको ठुलो आन्द्राभित्र कैँची अड्किएको पुष्टि भएको थियो ।घटना अत्यन्तै जटिल र संवेदनशील रहे पनि नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा अमित भट्टराई र उनको सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालेका हुन् । डा अमित भट्टराईले बालकको आन्द्रामा कैँची अड्किएको र समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत कैँची निकाल्न सफल भएको बताएका छन् । अहिले बालकको अवस्था सामान्य रहेको उनले बताए । शल्यक्रियापछि बालक दुई दिनमा स्वस्थ भई घर फर्किएका छन् ।  हेडलाईनमा १५ बालक हुन पुगेकोले १५ बर्षीय बालक भनेर सच्याईएको छ ।...
उदयपुर ट्राफिकद्धारा हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाईयो

उदयपुर ट्राफिकद्धारा हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझाएको छ । शनिवार ट्राफिक प्रहरी कार्यालय बरुवा वसपार्क परिसरमै बोलाएर मोटरसाईकल धनि बिराटनगर १० मोरङका कोमल घिमिरेलाई मोटरसाईकल जिम्मा लगाईएको हो । गत बैशाख १७ गते काठमाण्डौ कागेश्वरी मनोहरा न।पा।(०६ मुलपानीबाट हराएको उक्त मोटरसाईकल उदयपुरको बेलका नगरपालिका सोमवारेमा ट्राफिक प्रहरीले फेला पारेको थियो । संका लागि अनुसन्धान गर्ने क्रममा बागमति प्रदेश ०२(०४८ प ४५३२ रहेको मोटरसाईकललाई प्र १(०५(००४ प ४७१७ नं को बनाएर चलाईरहेको पाईएको थियो । उक्त मोटरसाईकल फेला पारेपछि धनिलाई बोलाएर शनिवार उदयपुर ट्राफिक इन्चार्ज चन्द्र बहादुर खड्का सहितको टोलीले धनिलाई बुझाएको हो ।...
चौदण्डीगढी कोरा साईक्लिङ च्यालेन्ज सुरु

चौदण्डीगढी कोरा साईक्लिङ च्यालेन्ज सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३ । उदयपुरको चौदण्डिगढी नगरपालिकामा ‘चौदण्डीगढी कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु भएको छ । चौदण्डीगढी साइकल सिटिको आयोजनामा पहिलो पटक चौदण्डीगढी कोरा साईक्लिङ्ग च्यालेन्ज भएको छ । बेल्टार बजारस्थित पुष्पलाल चौकबाट सुरु भएृको च्यालेन्ज धप्पर, माडिबास, गंगटे, वेलकाको सुपाडे, चौदण्डीगढीको शनिवारे, वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर, चौदण्डीगढीको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर ५०.५ किलो मिटरको लामो साईकल यात्रा सम्पन्न हुने भएको छ । चौदण्डीगढीमा पहिलो पटक भएको कोरा साईक्लिङ च्यालेन्जको उद्घाटन चोदण्डीका मेयर कालुमान लामाले गरेका हुन । चौदण्डीगढी साइकल सिटिका अध्यक्ष अनिल पौडलका अनुसार साइक्लिङ्गलाई खेलको रुपमा विकास गर्ने, साईक्लिङ संस्कृतिको प्रवर्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको ...
उदयपुर ‘कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु

उदयपुर ‘कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३ । उदयपुरमा ’कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु भएको छ । शनिबार उदयपुर साईक्लिङ संघको अयोजनामा सरदमुकाम गाईघाटदेखी ५० किलोमिटरको साईकल यात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष जुलाईको शनिबार आयोजना हुँदै आएको यो च्यालेन्ज यस वर्ष गाईघाटदेखी सुरु भई जलजले, चुहाडे, राजाबास ,बहेडवा भुल्के रातमाटे हुँदै बोक्सेस्थित होटल वल्ड दरबारमा गएर सम्पन्न हुने भएको छ। त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले रिबन काट्दै कोरा साईक्लिङ च्यालेन्जको उद्घाटन गरेका हुन् । यसपटकको कार्यक्रममा गाईघाटस्थित झीगु नेवाः पुचःले सांस्कृतिक र ससम्मान सहभागीता जनाएको थियो । पुचःका सदस्यहरूले खादा, माला र सगुन वितरण गर्दै नेवारी सांस्कृतिक बाजागाजासहित साइकल यात्रुहरूको बिदाइ गरेका थिए। उदयपुर साइकलिङ संघका अध्यक्ष माधव बानियाँले स्कृतिको संरक्षण, लागुऔषधमुक्त समाज निर्माण, स्वस्थ जीवनशैलीक...