Wednesday, July 8News That Matters

समाचार

किराँती राष्ट्रिय मुक्ति माेर्चाकाे बाग्मती प्रदेश भेला आयाेजक समिति गठन

किराँती राष्ट्रिय मुक्ति माेर्चाकाे बाग्मती प्रदेश भेला आयाेजक समिति गठन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाडाैं, साउन ९ । किराँती राष्ट्रिय मुक्ति माेर्चा नेपाल बाग्मती प्रदेश भेला आयाेजक समिति बिहिबार गठन भएकाे छ । माेर्चाका केन्द्रीय अध्यक्ष रामकुमार राई (पासाङ) र पार्टि नेताहरुकाे विशेष उपस्थितिमा पेरिशडाँडा, काेटेश्वरमा एक कार्यक्रम गरी संयाेजक देवान राई, सचिव उत्तम राई रहेकाे २१ सदस्यीय बाग्मति प्रदेश भेला आयाेजक समिति बनेकाे हाे । संयाेजक देवान माेर्चाका केन्द्रीय सचिव हुन् भने सचिव उत्तम केन्द्रीय सदस्य हुन् ।  ...
लिम्चुङबुङमा स्वर्गीय छाेराकाे स्मृतीमा विद्यालयलाई ३ लाखकाे अक्षयकाेष

लिम्चुङबुङमा स्वर्गीय छाेराकाे स्मृतीमा विद्यालयलाई ३ लाखकाे अक्षयकाेष

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ८ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका-३ बराहाका स्वर्गीय कपिल थापा मगरको परिवारले स्वर्गिय छाेराेकाे चिर स्मृतिका लागि  यहाँस्थित श्री महेन्द्र माध्यमिक विद्यालय, सिरवानी बाराहालाई ३ लाख रूपैयाकाे अक्षयकाेष स्थापना गरिदिएकाे  छ । स्व. कपिलकाे वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले विद्यालयको शैक्षिक उन्नति/प्रगति र गरिब, विपन्न विद्यार्थीलाई सहयाेगकाे उद्देश्यले काेष स्थापना गरिदिएकाे हाे । `कपिल थापा मगर स्मृति विद्यालय अक्षय कोष´ स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वडाध्याक्ष गुरुमणि कुमाईले जानकारी दिनुभयाे । अक्षयकोषदाता तिलक बहादुर थापा मगरले आगामी दिनमा कोषमा रकम थप्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । थापाकाे प्रमुख आतित्यथामा आज एक औपचारिक कार्यक्रम गरी कोषको स्थापना गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकार...
जग्गाको लागी बुबाको हत्या

जग्गाको लागी बुबाको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । सुनसरीको देवनगंज गाउँपालिका–३ मा जग्गाको लागी छुरा प्रहार गरी बुबाको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगका अनुसार बुधबार बिहान ७ बजेको समयमा जग्गाको विषयमा विवाद हुँदा स्थानिय ४० बर्षीय मोहम्मद रियाज अंसारीले आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छुरा प्रहार गरी हत्या गरेको हो । छोराको छुरा प्रहारबाट गम्भिर घाईते भएका बुबालाई तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा ३० केजि बढी गाँजा सहित एक महिला पक्राउ

उदयपुरमा ३० केजि बढी गाँजा सहित एक महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ८ । उदयपुरको कटारी नगरपालिका–८ बबला स्थितबाट ३० केजि भन्दा बढी लागुऔषध गाँजा सहित एक स्थानिय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थान बस्ने ४५ बर्षीया देव कुमारी थापा मगर रहेकी छिन् । जिल्ला प्रहरी कार्याल्य उदयपुरका अनुसार बुधबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बटारीबाट खटिएको प्रहरी टोलीले मगरलाई आफ्नै घरमा भण्डारण गरी राखेको ३० के.जि.३६० ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेकी मगरलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
रातारातको कालोपत्रे उप्कियाे-भत्कियो, सडक डिभिजन र ठेकेदारकाे मिलेमताेमा बजेट दुरुपयाेग

रातारातको कालोपत्रे उप्कियाे-भत्कियो, सडक डिभिजन र ठेकेदारकाे मिलेमताेमा बजेट दुरुपयाेग

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । सडक डिभिजन कार्यालय लहानले उदयपुरको चौदण्डीगढी नगरपालिका –४ चटपटेटोलमा रातारात निर्माण गरेको कालोपत्र सडक उप्किएको छ । असार २० गते सम्पन्न गर्नुपर्ने योजनाको बजेट सिध्याउन सडक कार्यालय र ठेकेदारको मिलेमतोमा रातारात साउन २ देखि ४ गते गरिएको थियो । नाम मात्रको सो कालोपत्रे सडक सजिलै उप्किने, भाँचिने, भाँसिने अवस्थाको बनेको स्थानीय उपभोक्ता लङ्कराज तामाङले बताउनुभयो । गुणस्तरहीन हुनुमा कमसल ढुंगा, गिट्टिबालुवा, सिमेन्टको प्रयोग, मापदण्ड विपरित वर्षातकाबीच हतारमा काम रहेको स्थानीय सविन कार्कीले बताउनुभयो । ६८ लाख ६३ हजार ५७७ रुपैया बजेटको सो योजना सिताराम कन्ट्रक्सन बेल्टारले गएको बैशाख १२ गते सम्झौता गरी काम बढाएको थियो । समयमा काम नगरेपछि यसरी रातारात काम गर्दा कालोपत्रे सडक मापदण्ड र गुणस्तरहिन भएसंगै बजेटको दुरुपयोग भएको छ । सडक डिभिजन लहानका प्रमुख इन्जिनि...
नयाँ नागरिकतामा आमाको नाम अनिवार्य

नयाँ नागरिकतामा आमाको नाम अनिवार्य

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्रमा अनिवार्य रूपमा आमाको नाम समावेश गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले मंगलबार एक सूचना जारी गदै नेपाल नागरिकता नियमावली २०६३ को अनुसूची १ बमोजिम वडा कार्यालयहरूबाट नयाँ नागरिकताका लागि सिफारिस गर्दा आमाको नाम खाली राखेर पठाउने गरिएको भन्दै आमाको नाम समेत समावेश गर्न अनुरोध गरिएको छ । सुचनामा ‘सिफारिसमा आमाको महल खाली राखेर आउने गरेकाले नागरिकता प्रमाणपत्रमा आमाको नाम उल्लेख नहुने गरेको भन्दै अब उप्रान्त अनलाइन प्रणाली मार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फारामहरूमा आमाको नागरिकता बमोजिमको नाम उल्लेख गरी पूर्ण विवरण भरेर पठाउन अनुरोध गरिएको छ । सनाखतका लागि वडा कार्यालय पुग्ने व्यक्तिलाई आमाको सक्कल नागरिकता अनिवार्यरूपमा साथमा लिएर जान जानकारी गराउन पनि अनुरोध गरिएको छ । सबै स्थानिय...
उदयपुरमा सुनचाँदी पसल आजदेखी खुल्ला

उदयपुरमा सुनचाँदी पसल आजदेखी खुल्ला

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ६ । उदयपुरमा सुनचाँदी व्यवसायीहरुले आजदेखी पसल खुल्ला गरेका छन् । सोमबार उदयपुर सुनचाँदी व्यवसायी संघले एक सुचना जारी गर्दै असार ६ गतेदेखी पसल खोलेर कारोबार संचालन गर्न जानकारी दिएको हो । सुचनामा महासंघको कार्यदल र सरकारबिचको बार्ता व्यवसाय अनुकुल हुन्छ भन्ने विश्वास बन्दै गईरहेको हुनाले निति नियम बन्नलाई समय लाग्ने भएको हुँदा साउन ६ गतेदेखी पसल खोली व्यवसाय संचालन गर्न अनुरोध गरिएको छ । यस अघि साउन २ गते शुक्रबारका दिन बसेको कार्य समितिको बैठकबाट नेपाल सरकारले बजेट मार्फत लगाएको कर, निति अव्यवहारीक ठहर गर्दै महासंघको कार्यदल र सरकारबिचको ठोस निर्णय नआउन्जेल सम्मको लागी साउन ४ गते साझ ५ बजेबाट सम्पुर्ण सुनचाँदी पसल बन्द गर्न भनि पत्रचार गरिएको थियो । संघले पसल खुल्ला गर्ने निर्णय गरेसँगै सदरमुकाम गाईघाट, बेल्टार, रामपुर लगायतका बजारमा सुनचाँदीको कारोबार सुरु भएको छ ...
साउनको पहिलो सोमबार ढिम्किको इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार ढिम्किको इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ५ । आज साउन महिनाको पहिलो सोमबारको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–११ ढिम्कि स्थित इन्द्रेश्वर महादेव मन्दिरमा बिहानै देखी भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भगवान शिवको विशेष दिन मानिन्त त्यसकारण व्रतालुहरु यस दिन शिव मन्दिरमा गई पुजाआजा गर्ने गर्छन् । पहिलो सोमबार उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो । त्रियुगा बसपार्कस्थित शान्तिधाममा समेत भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । शिवभक्तहरूले जल, दूध, दही, बेलपत्र, धतुरो, लगायत सामग्री अर्पण गर्दै पुजा गरेका छन् । भक्तजनहरुका लागी झीगु नेवाः पुचः गाईघाट ले विगत वर्षहरू झैँ यसपटक पनि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । घाम र गर्मीले भक्तजनलाई असहज नहोस् भनेर पानी वितरण गरिएको संस्थाका सचिब गोपाल श्रेष्ठले बताएका छन् ।...
उदयपुरमा विङ्गर गाडीले किच्दा बृद्धको मृत्यु

उदयपुरमा विङ्गर गाडीले किच्दा बृद्धको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ५ । उदयपुरको त्रियुगा नगरपालिका–८ झोडा चोक स्थितमा विङ्गर गाडीले किच्दा एक बृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा–७ चुहाडे बस्ने अन्दाजी ७४ बर्षीय कोटिमाया दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार दिउँसो ३ बजेको समयमा कटारीबाट गाईघाट आउँदै गरेको बा. प्र. ०८–००१ ज ००७१ नं को विङ्गर गाडीले यात्रु ओराल्ने तथा चढाउने कार्य पश्चात अगाडी बडाउने क्रममा दनुवारलाई गाडीको चक्काले किचेको थियो । चक्काले किच्दा गम्भिर घाईते भएकी दनुवारलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान स्थित घोपा हस्पिटलमा लैजाने क्रममा बिरामीलाई अचानक गाह्रो भई पुन स् जिल्ला अस्पताल उदयपुर फर्काइएको दनुवारलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न विङ्गर र चालक कटारी न.पा. वड...
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६ र १७ मा भारत भ्रमण गर्ने

Breaking News 3, समाचार
पुर्णपुष्टि, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बर १६–१७ (भदौ ३१ र असोज १ गते) सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्रीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको बताएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन ।...