Tuesday, February 10News That Matters

साहित्य

उदयपुर डान्स च्याम्पियन २ को सबसे राम्रो काम भोटिङ सिस्टम हटाइयो, उदयपुरबाट यो कामको सुरुवाती उदयपुरका नृत्य निर्देशक संघका अध्यक्ष प्रेमजंग किराँतीले गरे

Breaking News 2, भिडियो, मनोरञ्जन, साहित्य
https://youtu.be/KUMwEftdG9w माघ २६, २०८२
मेहनत र संघर्षका एक प्रेरणा : सशस्त्र प्रहरी निरीक्षक मोहनकुमार भट्टराई

मेहनत र संघर्षका एक प्रेरणा : सशस्त्र प्रहरी निरीक्षक मोहनकुमार भट्टराई

Breaking News 2, रोचक, साहित्य
नगरपालिका भएपनि सञ्चार, सुचना र अन्य विकासबाट बन्चित ठाउँ हो दमौटी गाउँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ मा पर्ने दमौटी गाउँ जङ्गलभित्रको एकान्त ठाउँ हो । समथर ठाउँमै भएपनि हरेक कुराले बन्चित ठाउँ भएकाले दुर्गम ठाउँकाे रुपमा रहेकाे छ । त्यस्ता ठाउँमा सामान्य परिवारमा जन्मिएर हुर्केका एक युवाकाे सफलताकाे कथा राेचक छ । सामान्य गाउँकाे युवा, जाे आज सुरक्षा अधिकारीको स्तरमा पुगेका छन् । आमयुवाका लागि याे ठुलै सफलताको कथा हो । सशस्त्र प्रहरी नीरिक्षक मोहनकुमार भट्टराई, जाे सामान्य जीवनबाट स‌घर्ष गर्दै यो स्तरसम्म पुग्नका लागि सामान्य मेहनत र सामान्य संघर्ष थिएन । उनी सानैदेखि अत्यान्तै लगनशील र मेहनती थिए । कृषिमा निर्भर बाबुआमाले दुःखले पढाए । सानैदेखि बुवाआमाको दुःखको साँछी हुँदै आएका उनी निरन्तर भविष्यमा केही बन्छु भन्ने लक्षमा लागिरहे । त्यसका लागि दुःख मेहनत गरेर पढाइमा लगाव दिए ।...
फौजि जिवन

फौजि जिवन

Breaking News 1, समाचार, साहित्य
रुदी होलीन आमा घरमा बोल्न नपाएर । छोरा सँग मनका कुरा खोल्न नपाएर । कहिले डिउटी चोक बजार कहिले डिउटी टाउन । कहिले हुन्छ बन्द हड्ताल कहिले लक डाउन । नत यहाँ म कतै जान्छु नत आफन्त भेट्छु । आमा तिम्रो तस्विर हेर्दै भेट्ने रहर मेट्छु । ओईलाएर आफु अब देशको लागि फुल्दैछु । जनताको सेवा गर्दै चाड पर्वलाई भुल्दैछु । मन रुन्छ पिटि परेड दुख्छ किन जिउ । बाहाना बनाई घर आउँद भने छैन कुनै निउ । माहामारीमा देश डुब्यो कसरी म हाँसु । घरको माया सम्झी ल्याँउदा झर्छ मेरो आशु । लेखक उत्तम ढकाल प्रहरी जवान, ताप्लेजुङ खेवाङ      ...
पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

पोयट आईडलमा सबैकाे मन जित्दै पत्रकार ऋषिबहादुर राई

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ३० । पोयट आईडलमा गाउँले कविता सुनाएर मन जित्दै गरेका  उदयपुरका पत्रकार ऋषिबहादुर राई उदयपुरको कटारीमा रहेर एकदशकबढी पत्रकारिता गरिरहेका ऋषिबहादुर राई अहिले कविताको रियालिटी शो दि पोयट आईडलको सिजन २ मा प्रतिष्पर्धिका रुपमा कविता सुनाईरहेका छन् । मंगलबार साँझ ९देखि १० बजे सम्म प्रशारित शो को १२ औं अंक पश्चात राई उत्कृष्ट ११ मा पुगेका छन् । आगामी अंकमा ग्रुप बीबाट एकजना भोटको नतिजा मार्फत आउट हुने भएकाले ग्रुप ए मा रहेका राईले अव उत्कृट १० बाट आठका लागि आगामी सोमबार र मंगलबार कविता प्रस्तुत गर्नेछन् । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको सह सचिव समेत रहेका राईले पत्रकारितासँगै नेपाली साहित्यमा कविता , लघुकथा , संस्मरण , गजल , गीत , वालकथा , वालकविताहरु लेख्दै आएका छन् । पोयट आईडल मार्फत नेपाली समाजमा रहेका परिस्थितिहरुलाई कविताको माध्यमबाट जस्ताको त्यस्तै उतार्नु राईको विश...
उदयपुरका ऋषि राई पोयट आईडलको उत्कृष्ट चौधमा

उदयपुरका ऋषि राई पोयट आईडलको उत्कृष्ट चौधमा

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, ८ फागुन । उदयपुर र उदयपुरको कटारीका ऋषि बहादुर राई कविताको रियालिटी शो द पोयट आईडलको उत्कृष्ट चौधमा पुगेका छन् । हिमालय टिभीमा हरेक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रशारण भईरहेको कविताको रियालिटी शो पोयट आईडलको दोस्रो सिजनमा राईले सोमबार उत्कृष्ट चौधको प्रतिष्पर्धात्मक प्रस्तुति समेत दिईसकेका छन् । पेशाले जिल्लाको कटारीलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आईरहेका राई कवि तथा लेखक समेत हुन् । कवितामा विशेष गरी ग्रामिण परिवेशलाई जस्ताको त्यस्तै उतार्ने कवि राईले पोयट आइडलमा प्रस्तुत गरेको रुद्रेम्पा र उसको हाँसो , तीन सरकारलाई आग्रह , फरेन दाजु तँ विदेश नजा शिर्षकको कवितालाई स्रोता दर्शकले उल्लेख्य रुपमा मन पराएका छन् । डिजिटल , फिजिकल अडिसन हुँदै उत्कृष्ट चौधमा पुगेका राईलाई अव भने दर्शक स्रोताहरुको भोटको आवश्यकता रहेको छ । आगामी चरणमा पुग्नका लागि राईलाई मंगलबार राति १० ...
स्व. गम्भिर बहादुर थापा को थिए ?

स्व. गम्भिर बहादुर थापा को थिए ?

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ४ । गम्भिर बहादुर थापाको जन्म वि.सं. १९८२ साल असार १४ गते बिहिबारका दिन उदयपुर जिल्लाको तत्कालीन डुम्रे गा.वि.स. वडा नं–६ ठुलोढुङ्ग्रे भन्ने गाउँमा भएको थियो । हाल उक्त गाउँ उदयपुरगढी गाउँपालिका वडा नं–४ मा पर्दछ । पिता रत्न बहादुर थापा र माता बालकुमारी थापाको कोखबाट जन्मिनु भएका थापाले आफ्नो सम्पूर्ण जीवन सामाजिक जागरण र विरोधी क्रान्तिमा होमिनु भएका थापाले प्रजातन्त्र प्राप्तिको निम्ति जेल, नेल र अनेकैँ यातना भोग्नु भएको थियो । जहानियाँ राणा शासनको समूल अन्त्य गर्नका लागी नेपाली काँग्रैसमा आवद्ध भएर सघंर्ष गर्नुभयो । नेपाली काँग्रेसको उदयपुर जिल्ला उप–सभापती, सभापती हुँदै महासमिति सदस्य भएर राजनितिक भूमिका निर्वाह गर्नुभयो । उहाँको व्यक्तित्वका अनेकैँ बहुआयामिक पाटाहरु छन् । उहाँ २००७ सालको जनक्रान्तिको स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक योद्धा हुनुको आलवा प्रखर ...
उदयपुरमा सभामुख घिमिरेद्धारा स्व.गम्भिर बहादुर थापाको सालिक अनावरण

उदयपुरमा सभामुख घिमिरेद्धारा स्व.गम्भिर बहादुर थापाको सालिक अनावरण

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, फागुन ३ । नेपाल सरकारका संघीय सभामुख देवराज घिमिरेले आज उदयपुरमा एक प्रतिष्ठित ब्यक्तिको तस्बिर अंकित १० रुपैँयाको हुलाक टिकटमा टाँचा लगाई प्रचलनमा ल्याउनुका साथै सालिक अनावरण गर्नुभयो । जनकवी स्वर्गिय गम्भिरबहादुर थापाको तस्बिर अंकित टिकट प्रचलनमा ल्याएसंगै शालिक अनावरण भएको हो । उदयपुरको उदयपुरगढी–४ मा १९८१ ऋसार १४ मा जन्म भई साहित्य, राजनीति र समाजसेवामा विशिष्ट योगदान पुर्याएका थापाको ८५ वर्षको उमेरमा स्वर्गरोहण भएको थियो । २००७ सालका जनक्रान्तिको स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक योद्धा रहेका स्वर्गिय थापाको त्रियुगा नगरपालिका ६ जलजलेमा सालिक निर्माण भएको छ । जिल्ला हुलाक कार्यालयको रोहबरमा सभामुख घिमिरेले टिकट आवरण गरी टाँचा लगाउनु भएको हो । आजैबाट टिकट प्रचलनमा आएको हुलाक कार्यालय उदयपुरले जनाएको छ ।...
उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

Breaking News 1, साहित्य
पूर्णपुष्टि, १० असार । उदयपुरका कवी जिवन आरोहीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने भएको छ । प्रष्ठिानको ६६ औँ बार्षिकोत्सवमा आरोहीलाई पुरस्कृत गर्ने भएको हो । बार्षिकोत्सवको अवसरमा आरोही सँगै अन्य १० जनालाई पुरस्कृत गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी कविहरुलाई मुल्याङकन समितिले सिफारिस गरे अनुसार पुरस्कृत गर्ने जनाईएको छ ।ओरोहीको “प्रश्नहरुको बिज्ञाप्ती भन्ने शिर्षकको कविता पुरस्कारको लागि छनोटमा परेको हो । प्रतिष्ठानले उदयपुरका अरोही, काठमाण्डौँका उमेश पून, सनुसरीका कृष्ण करुणा पोखरेल, दार्चुलाका खिमानन्द जोशी, रोल्पाका टंक बहादुर झाँक्री मगर, सुनसरीका तिर्थराज विश्वकर्मा, बाँकेका नविन अभिलाषी, डोटीका पुर्णनन्द ओझा, सुनसरीका प्रकाश दिप्साली राई र काठमाण्डौँकी राधिका कल्पीतलाई पुरस्कृत गर्न लागेको हो ।...
साहित्यकला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश राई

साहित्यकला प्रतिष्ठानको अध्यक्षमा डाक्टर कैलाश राई

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टि, माघ १५ गते । साहित्यमा रुची राख्ने व्यक्ति र सर्जकहरुको जमघट, कला प्रर्दशन तथा संरक्षण गर्ने उदेश्यले त्रियुगा जनता वहुमुखि क्याम्पसका प्रमुख डा. कैलाश राईको अध्यक्षतामा प्रतिष्ठान खोलिएको हो । साहित्य बिद्यामा गला र कलम चलाउनेहरुलाई लक्षित गरी ‘उदयपुर साहित्यकला प्रतिष्ठान’ गठन गरिएको हो ।साहित्यिक प्रतिष्ठानको उद्घाटन गर्दै भाषा आयोगका सदस्य तथा प्राज्ञ मातृकाप्रसाद पोखरेलले संस्था स्थापनाभन्दा पनि त्यसको दिगोपनकालागि सबैको साथसहयोग आवश्यक रहेको बताए । उदेश्यअनुरुप संस्थाले गर्ने साहित्यिक गतिविधि नै महत्वपूर्ण भएकाले साहित्यकलाको संरक्षण, प्रर्वद्धन र उत्पादनमा जोड दिन उनले आग्रह गरे । उदयपुर निवासी पोखरेलले विगतलाई सम्झदै भने, ‘उदयपुरको साहित्यिक इतिहास लोकनाथ पोखरेलको लोकमञ्जरी नामक कविता सङ्ग्रहबाट शुरु भएको हो, त्यसलाई कायम राख्दै आगामी दिनमा उदयपुरको समस्त वाङ्मय क्षेत...
जिम्मेवारी

जिम्मेवारी

Breaking News 3, समाचार, साहित्य
   कविता गोठकृषण ठकुरी जिम्मेवारीले यस्तो बाँध्दो रहेछ कि मन परेको काम के थियो मन परेको सपना के थियो सब विर्साउँदो रहेछ यहाँ सम्म कि म को हुँ भन्ने नै विर्साउँदो रहेछ अनि त के छ र ठक्कर लाग्छ उठ्यो चोट लाग्छ सुम्सुम्यायो मान्छेले भन्छन् सुन्यो चुपचाप सह्यो हिड्यो भिडमै हाँस्यो भिडमै ताली बजायो भिडमै रमायो भिडमै हिड्यो भिडकै दिशा तिर फर्कियो भिडकै लहरमा उभियो भिडको विपरीत दिशामा उभिन पनि डर लाग्दो रहेछ जिम्मेवारीले यतिसम्म गराउँदो रहेछ जुन गर्न मनले चाहेको हुँदैन यो सब गरिरहँदा कहिले काहीँ यताबाट समयले प्रहार गर्छ उताबाट बाध्यताले लखेट्छ अर्कोतिरबाट समाजले छिर्के हान्छ अर्कोतिर परिवारले छेक्छ चारैतिरबाट काँइकाँई हल्ला मच्चाउँछ त्यसबेला कतै भाग्ने ठाउँ नहुँदो रहेछ बीचमा मुर्छा परिदोँ रहेछ भित्रभित्रै गलिदोँ रहेछ एक्लै परिदाँे रहेछ त्यसवेला उनान्सय प्रतिशत म...