गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न
पूर्णपुष्टि असार ७
गाईघाटमा दुई दिने पोषण तथा विद्यालय करेषावारी सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको छ । वाल संवेदनशील जिविकोपार्जन तथा सामाजिक सुरक्षा ( ऋीक्ए ) परियोजना अन्तरर्गत (सेभ द चिल्डे«न) को सहयोग तथा वालविकास समाज नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो ।
बालवालिकाहरुलाई बिषेशगरी स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग र योगदाका निम्ति सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई उपस्थित गराई प्रशिक्षण तथा प्रशिक्षकको कार्यक्रम आयोजना गरिएको वालविकास समाज नेपाल उदयपुरका कार्यक्रम अधिकृत तथा तालिममा सहभागी चेतराज श्रेष्ठले जनाए ।
अहिले बाहिर बाट आएका र बजारमा पाईने तरकारीहरुले मानिसको स्वास्थ्यमा खराव गर्नु
का साथै वालवालिकाहरुमा झनै असर पर्ने हुँदा प्रत्येक घरमा खानका लागि करेषावारी निर्माण गर्नु पर्ने भन्दै सम्बन्धित व्यक्तिहरु लाई तालिम दिईएको श्रेष्ठले जना...









