Wednesday, August 12News That Matters

Breaking News 1

एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ जेष्ठ । एमालेको नगर तथा गाउँपालिका अधिवेशन उदयपुरमा पनि आज बाट सुरु भएको छ । जिल्लाको आठ ओटै पालिकामा एकै साथ पालिका अधिवेशन हुने भएको छ । जेष्ठ २५ र २६ गते दुई सम्म चल्ने अधिवेशन त्रियुगा नगरपालिकामा ११ बजेदेखी सुरु हुने भएको छ । यहाँ पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । यस्तै बेलका नगरपालिकामा भने स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गर्ने भएको छ भने चौदण्डीगढीमा भानुभक्त ढकाल, कटारी नगरपालिकामा स्थायी कमिटि सदस्य बिशाल भट्टराईले गर्ने भएको छ । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकामा प्रदेश सदस्य देवराज राई, रौतामाईमा जिवन कार्की, ताप्लीमा बेनी बहादुर नेपाली, उदयपुरगढीमा डा. भेषराज थापाले अधिवेशनको औपचारिक उद्घाटन गर्ने भएको हो ।...
एमाले त्रियुगा नगरको अधिवेशन आजबाट, अध्यक्षमा आकांक्षीको लर्को

एमाले त्रियुगा नगरको अधिवेशन आजबाट, अध्यक्षमा आकांक्षीको लर्को

Breaking News 1
पूर्णपुष्टि, २५ जेष्ठ । नेकपा एमाले त्रियुगा नगरपालिकाको अधिवेशन आजबाट सुरु हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष भागवत राउतका अनुसार मोतिगडा स्थित होटल इम पायर इनमा अधिवेशनको उद्घाटन हुने छ । त्रियुगा सँगै जिल्लाको आठ ओटै पालिकाहरुमा एकै साथ अधिवेशन हुने भएको छ । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकामा अधिवेशन एकैसाथ उद्घाटन हुने भएको छ । बिभिन्न पालिकाहरुमा पार्टीका केन्द्रीय सदस्यीय, पोली व्युरो सदस्य तथा प्रदेश सदस्यहरुले अधिवेशनको उद्घाटन गर्ने तयारी रहेको अध्यक्ष राउतको भनाई छ । त्रियुगा नगरपालिकामा भने पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । त्रियुगा नगरपालिकामा अध्यक्षको लागि ५ जनाले दावी गरेको स्रोतले जनाएको छ । स्रोतको प्रारम्भीक जानकारी अनुसार जनार्दन रेग्मी देखी बिश्वराज भट्टराई समेतेले अध्यक्षमा दावी गरेको छ । यी दुई भन्दा अन्य कुमार घिमिरे, गोबिन्द राउत र र...
बहेड्वा थारु होम स्टेको सांस्कृतिक भवन निर्माण सुरु

बहेड्वा थारु होम स्टेको सांस्कृतिक भवन निर्माण सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ जेष्ठ । उदयपुरको चर्चित होम स्टे बहेडुवा थारु होम स्टेले सांस्कृतिक भवन निर्माण सुरु गरेको छ । लामो समयदेखी आगन्तुकहरुलाई सांस्कृतिक मनोरञ्जनमा समेत जोड्ने उदेश्यले भवन निर्माणको लागि पहल कदमी गर्दै आएका होम स्टेले भवन निर्माण सुरु गरेको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार उत्तिमलाल चौधरीका अनुसार बिभिन्न संघ संस्थाको अनुदान तथा व्यक्तिगत सहयोगमा भवन निर्माण सुरु गरिएको जनाए । भवनका निर्माणलाई देउसी भैलोको रकम, त्रियुगा नगरपालिकाका मेयर र उपमेयर, साना किसान सहकारी, मनोज फाउन्डेशन, राम प्रसाद राई फाउन्डेसन, सामुदायिक वन र होमेस्टे आफैले आर्थिक सहयोग जुटाएको छ । उक्त भवनमा करिब सय जना पाउनाहरु अटाईने चौधरीले जनाए । भवन निर्माणलाई कोशी प्रदेश पर्यटन वन तथा बाताबरण मन्त्रालयले पनि सहयोग गर्ने सम्भावना रहेको छ । होम स्टेमा आवश्यक अन्य सबै खाले सेवाहरु उपलब्ध भएपनि सांस्...
उदयपुरमा शिक्षकले विद्यार्थीलाई विद्यालय समयमै रक्सी किन्न पठाएपछि हंगामा

उदयपुरमा शिक्षकले विद्यार्थीलाई विद्यालय समयमै रक्सी किन्न पठाएपछि हंगामा

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ २३ । उदयपुरमा शिक्षकले विद्यार्थिलाई रक्सी लिएर आउन लगाएपछि हंगामा मच्चिएको छ । चौदण्डीगढी नगरपालिका ४ बसामा रहेको श्री महादेवेश्वर आधारभुत विद्यालयका शिक्षक सञ्जिवकुमार यादवले विद्यार्थिलाई रक्सि किन्न पठाए पछि हंगामा मच्चिएको हो । स्थानीयहरुले रक्सि किन्न पठाएको र रक्सि लिएर आएको फेला पारेपछि विद्यालय परिसरमै विरोध जनाएको छ । शिक्षक जस्तो व्यक्तिले विद्यालय समयमै रक्सि विद्यार्थीलाई ल्याउन भनेपछि यो असह्य भएको जनाए । यसले राम्रो शिक्षा नदिएको र विद्यार्थीलाई कुलत तथा मादक पदार्थ जस्ता नकरात्मक कार्यमा शिक्षा दिन खोजिएको जनाईएको छ । उक्त घटना सामाजिक संञ्जालमा यतिवेला फैलिरहेको छ । रक्सी किन्न पठाएपछि स्थानीयहरुले बिरोध गरेको भिडियोमा देखिन्छ । शिक्षकले भने अब बाट यस्तो कार्य नगर्ने जनाईरहेको भिडियामो देखिन्छ भने पटक पटक शिक्षकले यस्तो कार्य गरेको भन्दै माफ नदिन भन्...
प्रशासन कार्यालय उदयपुरद्धारा पानी उद्योग र पाउरोटी उद्योगमा ब्यापक अनुगम, ३५ हजार जरिवाना

प्रशासन कार्यालय उदयपुरद्धारा पानी उद्योग र पाउरोटी उद्योगमा ब्यापक अनुगम, ३५ हजार जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ जेष्ठ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पानी उद्योग र पाउरोटी उद्योगमा अनुगमन गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नेपाल स्प्रिङको पानी उद्योग, रौता पानी उद्योग र त्रियुगा नगरपालिका १३ मा रहेको उदयपुर पानी उद्योगमा अनुगमन गरिएको हो । यस्तै रुक्सना पाउरोटी उद्योग, डोको बेकरी क्याफे र पाथिभारा दुग्धडेरीमा पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चाल गरिएको उद्योगहरुमा जरिवाना समेत गरिएको छ । नेपाल स्प्रिङ पानी उद्योगलाई रु १० हजार, रौता पानी उद्योगलाई रु २० हजार र रुक्सना पाउरोटी उद्योगलाई ५ हजार गरी रु ३५ हजार जरिवाना गराईएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अधिंकाश उद्योगहरुले आवश्यक मापदण्ड र सरसफाईमा ध्यान नदिएको जनाए । नेपाल स्प्रिङले प्याकेजिङ सेक्सन, फ...
उदयपुर फुलजोर दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुल्यो

उदयपुर फुलजोर दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुल्यो

Breaking News 1
पूर्णपुष्टि, २२ जेष्ठ । उदयपुरमा भएको दुर्घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छ । मंगलबार त्रियुगा नगरपालिका १ स्थित फुलजोरमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक र पछाडी सवार दुवैजनाको ज्यान गएको हो । ज्यान जानेमा बेलका नगरपालिका १ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेको छ भने पछाडी सवार त्रियुगा नगरपालिका वडा नं ३ को बर्ष २४ को बिरा राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानाएको छ । बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नं मिक्स गिटी बोकेको टिफरले विपरित दिसा गाईघाट देखी बेल्टार तर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ न मोटरसाईकललाई ठक्कर दिएको थियो । गम्भीर घाईते दुवैलाई उपचारको लागि जिल्ला हस्पिटल गाईघाट ल्याएकोमा हस्पिटलले मृत घोषणा गरेको थियो । दुवैजनाको शव पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ भने दुर्घटनामा संलग्न मोटरसाईकल र टिपरलाई नियन्त्रणमा...
उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्कीदा दुईको मृत्यु : थप विवरण आउन बाँकी

उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्कीदा दुईको मृत्यु : थप विवरण आउन बाँकी

Breaking News 1
पूर्णपुष्टि, २२ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढीको सिमाना फुलजोर स्थित स्थित टिपर र मोटर साईकल ठोक्कीदा दुईको मृत्यु भएको छ । स्थानीयको प्रारम्भीक जानकारी अनुसार मोटर साईकलमा सवार दुईजनाको मृत्यु भएको जनाईएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
उदयपुरको कटारीमा वन्यजन्तुको चोरी सिकारी बढ्यो

उदयपुरको कटारीमा वन्यजन्तुको चोरी सिकारी बढ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २२ । उदयपुरको कटारी नगरपालिकामा वन्यजन्तुको चोरी सिकारी बढ्दै गएको छ । कटारीको दक्षिणी भेगमा रहेको वडा नं १, २, ३, ५ र ६ को सामुदायिक वन र सरकारी वन रहेको चुरे भेगमा चोरी सिकारी बढेको हो । वन क्षेत्रमा दैनिक सिकारीहरुले निलगाई , बँदेल , मृग , मयुर , कालिज , धनेस जस्ता वन्यजन्तु र पंक्षीहरु सिकार गर्ने गरेको स्थानियहरु बताउँछन् । कटारी नगरपालिका–३ का स्थानिय डबबहादुर परियारका अनुसार वीसनाल जति भरुवा वन्दुक लिएर वनमा सिकारीहरु आउने गरेका छन् । पानी पर्न थालेपछी जन्तुहरुको पाईला हेरेर सिकार गर्न सजिलो हुने भएकोले अहिले वन भरी सिकारीहरु रहेको परियारले बताए । चुरे बनमा डढेलो लगाउने पनि सिकारीहरु नै रहेको उनले बताए । सिकार खेल्न सजिलो भएको कारण सिकारीले आगो लगाउने गरेको उनको भनाई छ । सिकारीहरु भरुवा बन्दुक लिएर सामुदायिक वन रहेको गाउँ नजिकसम्म सिकार खेल्न आउने गरेकोले घर छ...
सदस्याता अध्यावधिकमा एमाले उदयपुर देशमै पहिलाे

सदस्याता अध्यावधिकमा एमाले उदयपुर देशमै पहिलाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २१ । २०८१ सालकाे पार्टी सदस्यता अध्यावधिक गर्ने क्रममा नेकपा एमाले उदयपुर देशमै पहिलाे बनेकाे छ । पार्टीकाे संगठन विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार अध्यावधिक गर्ने क्रममा उदयपुर देशमै पहिलाे भएकाे हाे । काेशी प्रदेशका जिल्लाहरुमा पनि सदस्याता संख्याकाे आधारमा अध्यावधिक गर्नेमा उदयपुर पहिलाे भएकाे छ । अध्यावधिक पछि नेकपा एमाले उदयपुरकाे सदस्या संख्या ५ हजार ३९५ पुगेकाे छ । अध्यावधिकमा २ हजार ४३९ जना नयाँ सदस्य बढेकाे हाे । पार्टीकाे सक्रियता र नेता तथा कार्यकर्ताकाे क्रियासिलताकाे कारण संख्या बढेकाे उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले बताउनुभयाे ।...
बिषहारा डेन्टल गाईघाटमा अत्याधुनिक मेशिन माईक्रोस्क्रुपबाट दन्त उपचार सुरु

बिषहारा डेन्टल गाईघाटमा अत्याधुनिक मेशिन माईक्रोस्क्रुपबाट दन्त उपचार सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २१ जेष्ठ । गाईघाटको बिषहारा डेन्टल मल्टी स्पेशालीटी क्लिनिकले अत्याधुनिक मेशिन माईक्रोसफ्ट बाट दन्त उपचार सेवा सुरु गरेको छ । दन्त उपचारका लागि सहज र सफल उपचार बिधिमा मानिने अत्याधुनिक मेशिनले उपचार सेवा सुरु गरेको जनाएको छ । क्लिनिक संञ्चालक समेत रहेकादन्त चिकित्सक नारायण थारु चौधरीका अनुसार यसले उपचारको जोखिमलाई न्युन बनाउने जनाए । दाँतको कतिपय समस्याहरु नाँगो आँखाले देख्न नसकिने हुँदा उपचारमा असहज हुने भन्दै ठुलो लगानीमा उपकरण जोडेको चौधरीको भनाई छ । नेपालभरी ८ देखी ९ ओटा मात्रै रहेको उक्त मेशिन गाईघाटमा आफुले पहिलो पटक ल्याउन सफल भएको जनाए । यस प्रविधिले दाँत उपचारमा सरल बनाउनका साथै दाँतमा देखिन सबै समस्याहरु हल गरी उपचारलाई चुस्त दुरुस्त बनाउन सकिने चौधरीले जनाए । बिषहारा डेन्टलले उपचारमा सतप्रतिशत सफल हुन आवश्यक सबैखाले उपकरणहरु जोडेका छन् । यस क्लिनिकले दाँत...