Thursday, August 13News That Matters

Breaking News 1

तेस्रो बृहत औद्योगिक महोत्सवको भव्य तयारी

तेस्रो बृहत औद्योगिक महोत्सवको भव्य तयारी

Breaking News 1
पूर्णपुष्टि, १० बैशाख । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित सुरु हुन लागेको तेस्रो बृहत औद्योगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ भव्य यहि बैशाख १२ गते देखी सुरु हुँदै छ । स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्य सहित लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्यटन, हस्तकला, बिज्ञान तथा प्रविधि, सूचना संञ्चार, साहित्य, कला, संस्कृति र रैथाने खानाको परिकार प्रदर्शनी महोत्सवको मुख्य आकार्षण रहेको छ । महोत्सवको लागि आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, जिल्ला महिला उद्यमी संघ उदयपुर र सह आयोजक उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बिराटनगरले भव्य तयारी गरिरहेको छ । संघका जिल्ला अध्यक्ष मधुकर थापाका अनुसार प्रचार प्रसार र अन्य भौतिक...
उदयपुर ब्याड्मिन्टन संघमा किसन राईको नेतृत्वमा नयाँ कार्यसमिति

उदयपुर ब्याड्मिन्टन संघमा किसन राईको नेतृत्वमा नयाँ कार्यसमिति

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । उदयपुर जिल्ला ब्याड्मिन्टन संघको आज चौदण्डीगढी नगरपालिकामा सम्पन्न जिल्ला अधिवेशनले किसन राई (कालिदास राई) को नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्बसहमत चयन गरेको छ । १५ सदस्यीय समितिको उपाध्यक्षहरुमा नारागण तामाङ (बसाहा), देविराज राई (बेल्टार), अनिल आले मगर (कटारी), नमस कार्की (बेलका), सचिवमा मेधजुद्ध मगर (ज्याक) र कोषाध्यक्षमा बादल खतिवडा सर्बसहमत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवनारायण चौधरी, राजकुमार थापा,  शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का रहेका छन् । निर्वाचित समितिको केही दिनपछि गाईघाटमा सपथ ग्रहण हुने जनाइएको छ । निवर्तमान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहाल, विशिष्ट अतिथि कोशी प्रदेश ब्याड्मिन्टन संघका तदर्थ समिति सदस्य दिपक राई रहेका थिए । कार्य...
राजावास दुर्घटना : सवारीहरुमा अनुसन्धान जारी

राजावास दुर्घटना : सवारीहरुमा अनुसन्धान जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ बैशाख । शुक्रबार राती युवालाई ठक्कर दिएर फरार रहेको सवारी अझै फेला पर्न सकेको छैन् । त्रियुगा नगरपालिका ९ राजावास स्थित बिहान ३ बजेको समयतिर गाडीको ठक्करबाट २४ बर्षिय बबी दनुवारको घर नजिकै हाईवेमा मृत्यु भएको थियो । राजवास चोक देखी झण्डै आदि किलोमिटर अगाडी मदन भण्डारी राजमार्गमा दनुवारको गाडी ठक्कर बाट मुत्यु भएको थियो । उनि साथी सँग बिबाह खान बेलुका घरबाट हिडेका थिए । साथी घर आएर सुते पनि मृतक युवा भने घर आएका थिएन । उनि भने घर पुगेर सुतिरहेको बेला बबि भने गाडीको ठक्करबाट सडकमै मृत फेला परेका थिए । गाडी ठक्कर दिएर फरार अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईका अनुसार मदन भण्डारी राजमार्ग चल्ने सवारीलाई अनुसन्धान गरिरहेको जनाए । दुर्घटना भएको समयको आधारमा हाल सम्म कयौँ सवारीलाई सोधपछ, चेकजाँच र अनुसन्धान गरिसकेको डिएसपी चापागाईको भनाई छ । अहिले...
१४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कराते तर्फ उदयपुरका जिवेसलाई स्वर्ण पदक, उत्कृष्ट खेलाडी घोषित

१४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा कराते तर्फ उदयपुरका जिवेसलाई स्वर्ण पदक, उत्कृष्ट खेलाडी घोषित

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ७ बैशाख । उदयपुरका जिबेस राईले १४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन् । २०८१ बैशाख ४ देखी ६ गते सम्म भएको प्रतियोगितामा उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बालाम्ताको जिबेसले कराते प्रतियोगितामा ६२ कजेी तौल तर्फ स्वर्ण पदक जित हात पारेका हुन् । साथै राईलाई छात्र तर्फ उत्कृष्ट खेलाडी समेत घोषित गरी पुरस्कृत गरिएको छ । सातै ओटा प्रदेशबाट सहभागी खेलाडीहरु मध्ये राई कोशी प्रदेशबाट सहभागी भएका थिए । सात प्रदेशबाट ८४ जना खेलाडीहरु सहभागी मध्ये कोशीबाट छात्रा ६ जना र छात्रा ६ जना गरी जम्मा १२ जना खेलाडीहरु सहभागी थिए । २ स्वर्ण, ६ रजत १ कास्य पदक सहित कोशी प्रदेश प्रतियोगिताको दोस्रो भएको छ । जिबेशले पहिले पनि त्रियुगा नगरपालिका अन्तर विद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने पालिका स्तरीय प्रतियोगितामा पनि प्रथम भई कोशी प्रदेश ...
राजावासमा गाडीको ठक्करबाट युवाको मृत्यु, ठक्कर दिने गाडी फरार

राजावासमा गाडीको ठक्करबाट युवाको मृत्यु, ठक्कर दिने गाडी फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ बैशाख । शुक्रबार बिहान गाडीको ठक्कारबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालका वडा नं ९ राजावासका २४ बर्षिय बबि दनुवारको गाडीको ठक्करबाट ज्यान गएको हो । बिहान करिब ३ बजेको समय तिर दनुवारलाई गाडीले ठक्कर दिएको स्थानीयले थाहा पाएका थिए । ठक्कर दिने गाडी फरार अवस्थामा रहेको छ । गाडीको खोजी कार्य जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेको छ । मृत्यु भएको युवाको शव जिल्ला हस्पिटल उदयपुरमा राखिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
कटारीका दुई पसललाई कार्वाही

कटारीका दुई पसललाई कार्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ बैशाख । उदयपुरको कटारीमा जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा मापदण्ड विपरिद संञ्चालन गरिएका दुई पसललाई कार्वाही गरेको छ । म्याद गुज्रेका सामग्री, अवैध समान, मापदण्ड विपरिदका पसलहरूको अनुगमन तथा परीक्षण गर्न गर्ने क्रममा दुई पसललाई भने कार्वाही गरेको छ । प्रशासनको टोलीले बुधबार र बिहीबार उदयपुरको कटारी र घुर्मि बजारका विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेको थियो । जस मध्ये २ परेको हो । कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी रहेको छ । यी दुवै पसललाई ५÷५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए। अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराईएको रानाले बताए । खाद्यन्न पसलहरुमा चलाईएको अनुगमनमा म्याद गुज्रेका ५६ हजार बराबर...
‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई

‘मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार’ ढकाललाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ बैशाख । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो । पूर्ब परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पत्रकार ढकाललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाल मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक तथा स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् । वीरता जेसीजका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको अध्यक्षको अध्यक्षतामा आयोजित पुरस्कार वितरण सभारोहमा पत्रकार ढकालकी श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल , भाई वुहारी शीला ढकाल लगायतले उक्त पुरस्कार संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा वीरता जेसीज...
सानो उमेरमै ब्याडमिन्टनमा उदाएकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईको सम्मान

सानो उमेरमै ब्याडमिन्टनमा उदाएकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईको सम्मान

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ५ बैशाख । सानो उमेरमै ब्याडमिन्टनबाट सफलता चुमेकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईले सम्मान गरेको छ । राईले ब्याडमिन्टन खेलेरै देश विदेशमा उदाएकी चौदण्डीगढी नगरपालिका ७ बेल्टारकी १७ बर्षिया ब्याडमिन्टन खेलाडी रोजी राईलाई बुधबार गाईघाट स्थित कवर्ड हलमा सम्मान गरेको हो । राई आफै पनि ब्याडमिन्टनको सक्रिय खेलाडी हुन् । करिब २० बर्षदेखी ब्याडमिन्टन खेल्दै आएको राईले आज ब्याडमिन्टन खेलबाटै पहिचान बनाउन सफल उदयपुरकी खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी ब्यक्त गरे । राईले खादा, मायाको चिनो र नगद सहित सम्मान गरेको छ । ब्याडमिन्टन संघ कोशी प्रदेशको सदस्य समेत रहेका राईले प्रदेशभरीको ग्यामहरुमा सबै भन्दा बढी आफु सहभागी रहेको दावी गर्छन् । उनले अनिगिन्ती ग्यामहरुमा सहभागी भएको जनाए । “गनेर साध्य छैन्, कयौँ ग्याम खेलि सकेको छु र सयौँ उपाधी हात पारिसकेको छु । “राईले भने” । उनि ६० ब...
क्यान्सरले ग्रस्त बृद्धाको उपचारमा आर्थिक अभाव, साकेला टोल विकासद्धारा सहयोगको माग

क्यान्सरले ग्रस्त बृद्धाको उपचारमा आर्थिक अभाव, साकेला टोल विकासद्धारा सहयोगको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ साकेला टोलकी ७८ बर्षिया जेष्ठ नागरिक सुमित्रा मगर क्यान्सर रोगले थलिएकी छिन् । लामो समयदेखी एक्लै बस्दै आएकी परिवार बिहिन मगरलाई पछिल्लो सयम हस्पिटलले क्यान्सर पुष्टी गरेको आफन्तले जनाएको छ । उनको टोलवासी बाहेक अन्य आफन्त छैन् । भएको आफन्त सँगे पनि आर्थिक स्थिति कम्जोर छ । घाँटीको छेउमै नसा दुख्ने समस्याले सताएकी उनलाई हस्पिटलले क्यान्सर भएको पुष्टी गरेको हो । उनको अहिले भक्तपुर स्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको आफन्त पुजा कार्कीले जनाईन् । परिवारबाट बिचल्लीत मगरलाई रोगले सताएपछि साकेला टोल विकास संस्थाकी अध्यक्ष गिता राईको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । राईका अनुसार टोल विकास संस्थाले २५ हजार सहयोग गरेको समेत जनाईन् । साथै टोलवासीहरुलाई पनि इच्छा अनुसार आर्थिक संकलनमा सहभागी गराई सामान्य खर्चमा अहिले उनक...
चौदण्डीमा माओवादीको वडा सम्मेलन सुरु

चौदण्डीमा माओवादीको वडा सम्मेलन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ बैशाख । उदयपुरमा माओवादी केन्द्र चौदण्डीगढीले वडा स्तरीय सम्मेलनलाई तीव्रता दिइएको छ । दुई वर्षे कार्यकाल सकिनै लागेपछि गत १५ चैतदेखि १ नंं। वडाको चौदण्डीबाट सुरु भएको सम्मेलनलाई १० वटै वडाहरुमा सम्पन्न हुनेगरी सम्मेलन सुरु भएको हो । यसअघि सम्पन्न भएका वडाहरु १, ३, ४, ६ र १० मा क्रमश, राजकुमार राई, उमेशचन्द्र राई, विजय राई, तार्जन राई र दिवश रोइलालाई सर्वसम्मत अध्यक्षमा चयन भएको नगर सचिव कुमार राईले बताए । वाँकी ५ वटा वडामध्ये ८ नंं। वडाको सिद्धिपुरमा भने आगामी ८ गते गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । वडा सम्मेलनमा १ नं। प्रदेशका संसद राजन किराती ‘वासु’को प्रमुख आतिथ्यतामा भइरहेको पार्टीका नगर अध्यक्ष दिनेश राईले जानकारी दिए । पार्टीको विधानतः प्रत्येक वडा समितिको अवधि २ वर्षे कार्यकाललाई अन्त्यपछि पुनः नयाँ समिति गठन गर्दै आएको अध्यक्ष राईले बताए ।...