Thursday, August 20News That Matters

Breaking News 1

Breaking News 1, समाचार
१६ वडाका ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण पूर्णपुष्टि, असोज १५ त्रियुगा नगरपालिका वडा नं १६ ले ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण गरेको छ । करिब ५ हजार मुल्य बरावरको उन्नत जातका बंगुरको पाठा विपन्न वडावासीहरुलाई वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताउनुभयो । बिपन्न सँगै एकल महिलालाई समेत समेटेर पाठा बितरण गरिएको राईले बताउनुभयो । पशुपालन बाट विपन्न वडावासीहरुको जिवन स्तर उकास्ने भन्दै बिगत देखीनै वडाले बाख्रा, बंगुर तथा भैँसी वितरण गर्दै आएको छ । यो पटक भने वडाका बिभिन्न टोलहरुमा रहेका विपन्न परिवारहरुलाई बंगुरको पाठा वितरण गरिएको हो । पाठा वितरण कार्यक्रममा सहभागी भएका कृषकहरुले खुसी ब्यक्त गर्दै वडालाई धन्यवाद दिएका छन् । उनिहरुले आफुलाई जिविको पार्जनको लागि कुनै लगानीको स्रोत नभएको अवस्थामा वडाले पैसा तिरेर पाठा दिएकोमा खुसी सुनाए । बंगुरको पाठा पाएपछि खुसी हुँदै...
प्रहरी हौं भनि उदयपुरमा लुृट मचाउने २ युवा पक्राउ

प्रहरी हौं भनि उदयपुरमा लुृट मचाउने २ युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ गते । प्रहरी हौं भन्दैँ उदयपुरमा लुटपाट गर्ने दुई युवक शुक्रबार पक्राउ परेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–७ बस्ने २३ वर्षीय दिलिप भन्ने दिपेश लुङगेली मगर र त्रियुगा नगरपालिका–१२ बस्ने ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन् । चौदण्डिगढी नगरपालिका–८ घर भई हाल त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा पसल गरी बस्ने २८ वर्षीय राजबल राईलाई हामी सिआईबीका प्रहरी हौं भनि धम्कायर उनीहरुले लुट्पाट गरेका थिए । उनीहरुले नगद बीस हजार रेड्मी ८ मोडेलको मोवाईल १ थान, पसलमा रहेको मुक्तिनाथ बैंकको पँचास हजारको चेकमा दस्तखत गर्न लगाई मोटर साईकलमा फरार भएको पिडितले प्रहरीमा जानकारी गराएको थियो । जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खोज तलासको लागि विशेष प्रहरी टोली परिचालन गरी खोज तलास गर्ने क्रममा रौतामाई–७ मुर्कुचीबाट दुवैलाई नियन्त्रणमा लिईएको हो । उनीहरुको साथबाट लु...
उदयपुरमा सगरमाथा विमानस्थलको काम सुरु

उदयपुरमा सगरमाथा विमानस्थलको काम सुरु

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असोज १४ गते । उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थलको चर्चा सुरु भएको झण्डै पाँच दशकपछि काम सुरु गरिएको छ । त्रियुगा नगरपालिका–१ र २ को जोगिदहमा विमानस्थल बन्ने सुनिश्चितता भएसँगै त्यस क्षेत्रका वनजंगल फडानी गरी कामलाई तीव्रता दिएको हो । । ‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको घोषित नीति अनुसार राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक बिमानस्थललाई राष्ट्रिय प्राथमिकता योजनामा समाबेस गरि काम अघि बढाएको थियो । बिमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयान प्राधिकरणबीच २०७८ माघ २४ सम्झौता भएसँगै वन क्षेत्रको रुख कटान सुरु गरिएको हो । सम्झौताअनुसार प्राधिकरणले १८ हजार ४ सय २३ रुख कटानका लागि बोलपत्र आव्हन गरेको थियो । वोलपत्र अनुसार अरुण मा दुर्गा जेवीले भ्याटसहित ...
उदयपुरमा इजाजत प्राप्त हतियार बुझाउन आदेश

उदयपुरमा इजाजत प्राप्त हतियार बुझाउन आदेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १४ गते । उदयपुर जिल्लाका हातहतिया राख्ने व्यतिmलाई हतिया बुझाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले आज सूचना जारी गरेको छ । यही मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, विश्वसनीय एवं सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाले सूचना जारी गरिएको हो । जिल्लास्थित इजाजत पत्र प्राप्त हतियारका धनीहरुले कार्तिक ५ गते भित्र नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा हतिया बुझाउनु पर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । गौतमका अनुसार बुझाएका हतिया निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात फिर्ता गरिने छ ।...
नारमुनी गोल्डकपको चौँथो दिन विदेशी टिम क्याम्रोन बिजयी

नारमुनी गोल्डकपको चौँथो दिन विदेशी टिम क्याम्रोन बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ आठौँ नारदमुनी गोल्डकोको आज चौथो दिन बिदेशी टिमले जितेको छ । क्याम्रोन देशको एभिनियर क्लवले सुनसरी डिसिटीलाई १ गोलले पराजित गरेको हो । एभिनियरको तर्फबाट ६६ औँ मिनेटमा जर्सि नं २८ का अब्दुल्लले १ गोल गरी टिमलाई बिजयी बनाएको हो । पहिलो हाफमा कुनै पनि टिमबाट गोल नभएपछि दोस्रो हाफमा दुवै टिमले गोलको संघर्ष गरिरहेका थिए । क्याम्रोनको तर्फबाट हानिएको गोलनै जितको निर्णय बन्न पुगेको हो । डिसिटी क्लव नारदमुनी गोल्डकपको दुई पटक बिजेता टिम हो । यो पटक भने क्याम्रोन सँग पहिलो खेलमै हार्न पुगेको हो ।...
धरानमा चट्याङ लागेर २ जनाको मृत्यु

धरानमा चट्याङ लागेर २ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ गते । सुनसरीको देवानगन्ज गाउँपालिकामा आज परेको वर्षासँगै चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका –१ कि ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर–६ का उदिप चन्द्र यादवको मृत्यु भएको हो । मृत्यको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
३२ जना माओवादी केन्द्रमा प्रवेश

३२ जना माओवादी केन्द्रमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज ११ । नेकपा (माओबादि केन्द्र) त्रियुगा नगर समितिकाे संगठन सुदृढीकरण अभियान अन्तर्गत आज वडा नम्बर-५ स्थित पिपलचौरीमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३२ जना नेकपा (माओबादि केन्द्र) प्रवेश गरेका छन् । फौद दाहालकाे अध्यक्षतामा  टाेल कमिटि, अर्जुन राईको अध्यक्षता मा वाइसियल इकाई कमिटी, जानुका सुन्दासको अध्यक्षतामा महिला र सुरेश परियारको अध्यक्षतामा दलित मुक्ति मोर्चाको गठन भएको छ। पार्टीमा नब प्रबेसीहरुलाई स्वागत गर्दै जिम्मेवारी प्राप्तहरुलाई बधाई तथा शुभकामना पार्टिकाे तर्फबाट व्यक्त गरिएकाे छ । प्रवेश गर्नेहरुमा अर्जुन राई, रमेश सुन्दास, दान ब. परियार, नवीन सुन्दाश, दिपक दमाई, बिक्रम परियार, रबि परियारर चक्र ब. परियार, कृष्ण मोते, केशर मोते, शुरेश दमाई, दान ब. लामिछाने, बिनोद परियार रहेका छन् । त्यस्तै भेग केपछाकी मगर, बिष्णु परियार, जित कुमार राई, पुजा ...
बिकृति फैलाउने भन्दै गाईघाटमा रमाईलो मेला गर्न रोक

बिकृति फैलाउने भन्दै गाईघाटमा रमाईलो मेला गर्न रोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ दशैलाई लक्षित गर्दै संञ्चालन गर्न लागिएको रमाईलो मेलामा स्थानीयहरुले बिरोध गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको तरकारी कृषि बजारमा उक्त मेला संञ्चालन गर्न तयारी रहेका थिए । तर रमाईलो मेलाले बिकृती फैलाउने भन्दै स्थानीयहरुले अबरोध गरेको छ । स्थानइि मेला लगाउन नदिने भन्दै बिरोध गरेपछि पूर्व पश्चिम बसपार्कमा मेला लगाउने तयारी थालिएको छ । तर मेला र आयोजकको बारेम ाभने प्रहरीले अनिबिज्ञाता देखाएको छ । प्रहरी नायव उपरिक्षक राकेश कुमार पोदारले त्यसबारे जानकारी नभएको जनाए ।...
व्यापारी र सुरक्षाकर्मीलाइ एक्कै साथ अनुशिक्षण

व्यापारी र सुरक्षाकर्मीलाइ एक्कै साथ अनुशिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ गते । राजस्व अनुसन्धान कार्यालय इटहरीको सहयोग तथा त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको आयोजनामा उदयपुरका ब्यापारी तथा चेकजाँचमा खटिने सुरक्षाकर्मीहरुलाई मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीबारे आज गाइघाटमा जानकारी गराइएको छ ।बढ्दो कालाबजारी, ठगी, राजस्व छली जस्ता कुरालाई निरुत्साहित गर्न ब्यापारी र सुरक्षाकर्मीलाई एकै ठाउँमा राखेर नया प्रबृत्ति बारे जानकारी दिइएको हो । साथै चेकजाँचको प्रणाली बारे प्रशिक्षण समेत गरिएको थियो । यसबारे जानकारी नहुँदा ब्यापारी मात्र नभई सुरक्षाकर्मीसमेतले दुःख पाउने गरेका छन्। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालले इमान्दार ब्यापारीका लागि यो सिस्टम सहयोगसिद्ध हुने बताए ।ब्यवसायिक प्रायोजनका लागि सरकारले ल्याएको यस सिस्टमले कारोवारको अभिलेखसमेत अपडेट गर्ने उनले बताए । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रस...
शिक्षक हत्या अभियोगमा २२ वर्षीया युवती पक्राउ

शिक्षक हत्या अभियोगमा २२ वर्षीया युवती पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १० गते । ओखलढुंगामा शिक्षक हत्या गरेको अभियोगमा २२ वर्षीया एक जना युवती पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी छलमाया धमलालाई पक्राउ गरेको हो । उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ । ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको हो । घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा द...