Thursday, August 20News That Matters

Breaking News 1

बोक्सेमा आगलागी हुँदा किराना पसल र मोटरसाईकल जलेर नष्ट

बोक्सेमा आगलागी हुँदा किराना पसल र मोटरसाईकल जलेर नष्ट

Breaking News 1
पूर्णपुष्टि, असोज २५ बोक्से स्थित एक किराना पसलमा गएराती आगलागी भएको छ । त्रियुगा नगरपालिका १० मा रहेको होलसेल किराना पसलमा गएराती ११ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीले सोही किराना पसल धनीको मोटरसाईकल समेत जलेको छ भने २ सटरमा रहेको किराना पसलमा ठुलो क्षती पुराएको छ । आगलागी बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ भने केकती क्षती भयो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
गाईघाटमा झुण्डियर महिलाले गरिन् आत्माहत्या, घटना शंकास्पद  भएको माईती पक्षको दावी

गाईघाटमा झुण्डियर महिलाले गरिन् आत्माहत्या, घटना शंकास्पद भएको माईती पक्षको दावी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ गाईघाटमा मंगलबार बिहान एक महिलाले झुण्डिएर आत्माहत्या गरेकी छिन्र । उदयपुरको बेलका नगरपालिका १ घर भएकी २९ बर्षिया मनिषा चौधरीले बिहानको ३ बजे राति सलमा पासो लागि आत्माहत्या गरेकी हुन् । त्रिनपा ११ गाईघाट टेम्पुचोक स्थित दिपक सोनीको घरमा मोवाईल पसल गरी भाडामा बस्ने जय प्रकाश चौधरीकी श्रीमतीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । माईती पक्षका अनुसार उनिहरु बिच सँधै झगडा हुने र त्यो समय पनि झगडा भएको जनाएको छ । उनिहरुको डिबोर्स नै हुने पनि कुरा चलेको माईती पक्षहरु बताउँछन् । यसरी दिन रातको झगडाकै कारण घटना संकास्पद रहेको माईतीहरुले दावी गरेका छन् । महिला गर्भवती समते रहेको उनिहरुले जनाए ।...
उदयपुरमा दुई मन्त्री सहित ६४ जनाले दिए उम्मेदवारी

उदयपुरमा दुई मन्त्री सहित ६४ जनाले दिए उम्मेदवारी

Breaking News 1
पूर्णपुष्टि, असोज २४ उदयपुरमा मंसिर ४ का लागि ६४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि दुई मन्त्री सहित ६४ जनाको उम्मेदवारी परेको छ । नेपाल नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश नं १ का भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले पनि यस क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभाको लागि ८ स्वतन्त्रसहितको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २८ जना र चार प्रदेश सभाको लागि ३६ जनाको उम्मेदवारी परेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धन, एमाले, साना दलहरु र स्वतन्त्रको गरी १६ जनाको उम्मेदवारी रहेको छ भने २ मा१२ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) मा ११, (ख) मा १३ जनाको उम्मेदवारी रहेका छ भ...
१ नं. प्रदेश मा माओवादी केन्द्रका २६ उम्मेदवार

१ नं. प्रदेश मा माओवादी केन्द्रका २६ उम्मेदवार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २४ गते । प्रदेश नं. १ मा सत्तारुढ गठबन्धन दल (नेकपा माओवादी केन्द्र) ले निर्वाचन क्षेत्रमा २६ जनालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । माओवादीबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गतेलाई तोकिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । १४ जिल्ला रहेको प्रदेशमा २८ प्रतिनिधि र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फ माओवादीका उम्मेदवारले ताप्लेजुङ, भोजपुर र खोटाङ तथा झापा क्षेत्र नम्बर २, मोरङ ४ र ५ एवं सुनसरी १ मा मनोनयन दर्ता गराएका छन् । ताप्लेजुङमा पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । संसदीय निर्वाचनमा नयाँ अनुहार उनको प्रतिस्पर्धा नेकपा (एमाले)का सचिव एवं प्रभावशाली नेता योगेश भट्टराईसँग हुनेछ । भोजपु...
उदयपुरको क्षेत्र नं. १ बाट राप्रपाले मनोनयन गरायो

उदयपुरको क्षेत्र नं. १ बाट राप्रपाले मनोनयन गरायो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २३ गते । उदयपुरको क्षेत्र नं. १ प्रतिनिधी सभा तथा प्रदेश सभामा राष्ट्रिय प्रजातान्त्रीक पार्टीले मनोनयन गराएको छ । दिउँसो २ः३० बजे मुख्य निर्वाचन अधिकृतको कार्यलयमा नाराबाजीसहित पुगेका राप्रपा पार्टीले मनोनयन गरेको हो । राप्रपा उदयपुरले प्रतिनिधिसभा क्षेत्र नं. १ मा धुर्ब रायमाझीलाई उम्मेदवार बनाएको छ । उनी उदयपुर राप्रपाका अध्यक्ष हुन् । राप्रपाले क्षेत्र नं. १ (क) मा सुभाष चन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । भने प्रदेश सभा (ख) का लागि ग्यान बहादुर राइले उम्मेदवारी दिएका छन् ।...
बाथरुमा लडेर नेता ढुंगेलको मृत्यु

बाथरुमा लडेर नेता ढुंगेलको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ गते । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको शनिवार मृत्य भएको छ । हिजो विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत फेला परेको हो । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको मृत्यु भएको बताएका छन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै रहेको बुढाथोकीले बताए । यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुन् । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएपछि उनले जेल जीवन भोग्नु परेको थियो । उक्त अभियोगमा उहाँले दुई पटक गरी करिब ७ वर्ष जेल बस्नु परेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसे । ढुंगेले हाल एमालेको पोलिट्ब्यूरो सदस्य हुन् ।...
काठमाडौंबाट दमकका लागि छुटेको बस चुरियामा दुर्घटना : २ को मृत्यु, ३६ घाइते

काठमाडौंबाट दमकका लागि छुटेको बस चुरियामा दुर्घटना : २ को मृत्यु, ३६ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ गते । काठमाडौंबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस गएराति साढे १२ बजे मकवानपुरको चुरियामाईमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाइ मन्दिर नजिकै बस आफै अनियन्त्रित भइ खसेको प्रहरीको जनाएको छ । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीले जन...
दसैंको बेला १८ लाखबढीले काठमाडौं छाडे

दसैंको बेला १८ लाखबढीले काठमाडौं छाडे

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १७ गते । १८ लाखले दसैँ मनाउन काठमाडौं उपत्यका छाडेका छन् । सय वर्षको दसैंमा कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका हुन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । आज साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान गरिएको महासंघले जनाएको छ । दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा आज बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।...
आज ‘फूलपाती’

आज ‘फूलपाती’

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १६ गते । हिन्दुृहरुको महान पर्व विजय दशमी शुरु भएको आज सातौँ दिन अर्थात सप्तमी रहेको छ । घटस्थापनाको सात दिनपछिको विशेब दिनलाई नै ‘फूलपाती’ भनिन्छ । आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गरेकी हुन् । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ । आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरू...
१६ न. वडाका ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण

१६ न. वडाका ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ त्रियुगा नगरपालिका वडा नं १६ ले ५७ बिपन्न घर परिवारलाई बंगुरको पाठा वितरण गरेको छ । करिब ५ हजार मुल्य बरावरको उन्नत जातका बंगुरको पाठा विपन्न वडावासीहरुलाई वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताउनुभयो । आर्थिक बर्ष २०७९/८० को वडागत स्वीकृत बजेट कार्यक्रमबाट विपन्न तथा एकल महिला परिवारलाई  समेटेर पाठा बितरण गरिएको राईले बताउनुभयो । पशुपालन बाट विपन्न वडावासीहरुको जिवन स्तर उकास्ने भन्दै बिगत देखीनै वडाले बाख्रा, बंगुर तथा भैँसी वितरण गर्दै आएको छ । यो पटक भने वडाका बिभिन्न टोलहरुमा रहेका विपन्न परिवारहरुलाई बंगुरको पाठा वितरण गरिएको हो । पाठा वितरण कार्यक्रममा सहभागी भएका कृषकहरुले खुसी ब्यक्त गर्दै वडालाई धन्यवाद दिएका छन् । उनिहरुले आफुलाई जिविको पार्जनको लागि कुनै लगानीको स्रोत नभएको अवस्थामा वडाले पैसा तिरेर पाठा दिएकोमा खुसी सुनाए । बंगुरको पाठा पाएपछि खुसी ...