Thursday, August 20News That Matters

Breaking News 1

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ पिजीचोक बस्ने २१ बर्षीय लक्ष्णम मलाहा र सोहि स्थानका २० बर्षीय निशान राई रहेका छन् ।सोमबार रातीको ८:३० बजेको समयमा मलाहाको घरमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको बिषेश प्रहरीको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको साथबाट फेनारगण ४९ एम्पुल,डाजोपाम ४८ एम्पुल र बुप्रिनोर्फिन २८ एम्पुल गरी जम्मा १२५एम्पुल र ८ थान सिरिन्ज बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । पक्राउ परेका दुबै जनाको जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको थापाले बताए।...
उदयपुरमा टिपर दुर्घटना : २ को मृत्यु, एक गम्भिर , चालक फरार

उदयपुरमा टिपर दुर्घटना : २ को मृत्यु, एक गम्भिर , चालक फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा टिपर दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको कटारी नगरपालिका–८ कुरिङभञ्याङ स्थित सिद्धिचरण राजमार्गमा कटारीबाट घुर्मीतर्फ जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर सिमेन्ट बोकी हिडेको टिपरलाई साईड दिने क्रममा आफै अनियन्त्रित भई रोड भन्दा ५० मिटर तल खसी दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा टिफरमा सवार रहेका कटारी नगरपालिका–८ पाखाटोलका ४५ बर्षीय नर बहादुर मगर र सोहि स्थान बस्ने ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटना स्थलमा नै मृत्यु भएको थियो भने गम्भिर घाईते भएका ४० बर्षीय चन्द्र बहादुर मगरलाई उपचारको लागी कटारी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी निरिक्षक (डिएसपी) मोहन थापाले बताए । टिपर चालक तत्काल फरार रहेको र खोज तलास भईरहेको थापाले जनाए । आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ईलाका प्र...
९० केजी गाँजासहित लहानबाट एम्बुलेन्स नियन्त्रीत

९० केजी गाँजासहित लहानबाट एम्बुलेन्स नियन्त्रीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ गते । ९० केजी गाँजासहित लाहानबाट प्रहरीले एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखेको डिएसपी मैनालीले बताएका छन् । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको मैनालीले बताए । चालकको नाम गोप्य राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
धार्मिक तथा आन्तरिक पर्याटनमा सहयोग पुराउन गाईघाटमा बोल बम साईकलिङ तथा बृक्षारोपन

धार्मिक तथा आन्तरिक पर्याटनमा सहयोग पुराउन गाईघाटमा बोल बम साईकलिङ तथा बृक्षारोपन

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३० गाईघाटमा साउनको अन्तिम सोमवार भव्य कार्यक्रम सहित बोलवम साईकलिङ यात्रा तथा बृक्षारोपण गरिएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अयोजना तथा उदयपुर जिल्ला साईकलिङ संघको समन्वयमा उक्त कार्यक्रमको अयोजना गरिएको हो । बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार उदयपुरमा धार्मिक तथा पर्यटन क्षेत्रलाई सफल बनाउन साईकलिङ यात्रा तथा बृक्षारोपन गरिएको बताउनुभयो । नेपालको इतिहाँसमा धार्मिक तथा सौन्दर्य बातावरण्मा पर्यटनहरुको आकर्षण हुने भन्दै यसलाई जोड गर्नु पर्नेमा रसाईलीको भनाई छ । साईकलीङ यात्रा गाईघाटको बिभिन्न स्थानहरु मेनचोक देखी सुरु भई असारी, ढिम्की मन्दिर हुँदै शान्तीधाममा पुगेर बृक्षारोपनमा परिणत भएको थियो । यात्राको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नुभयो । साथै बृक्षारोपनामा समेत सहभागी बन्नु भयो । यता बृक्षारोपनमा सुरक्षाकर्मीका प्रमुखहरु नेप...
विदेश पठाउने प्रलोभवमा पारी रकम ठग्ने खोटाङे युवा पक्राउ

विदेश पठाउने प्रलोभवमा पारी रकम ठग्ने खोटाङे युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३० गते । विदेश पढाउने प्रलोभन देखाएर रकम ठगी गर्ने एक युवा पक्राउ परेको छ । खोटाङको बाह्रपोखरी गाउपालिका–५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई पक्राउ परेको हो । राईले रसुवा गोसाइकुण्ड गाउँपालिका–५ ठूलोस्याप्रूका २७ वर्षीय निमा काल्तेन तामाङ लगायतलाई वर्किङ भिसामा विदेश पठाइदिने भन्दै प्रति व्यक्ति १६ लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।...
घरफर्किन थाले कोशी पिडित

घरफर्किन थाले कोशी पिडित

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ गते । सप्तकोशीका पानीको सतह घटेसँगै विस्थापित स्थानीय घर पर्किन थालेका छन् । सप्तकोशीले बेलका नगरपालिका–८ को डुम्रीबोटको बाध भत्काएर वस्तीमा पस्दा उदयपुर र सुनसरीका २ हजार ५ सय भन्दा बढी नागरिक विस्थापित भएका थिए । उदयपुको बेलका नगरपालिका–२,३, ८ र ९ वडाको धौरी टप्पु, एविसि टप्पु, कोशीटप्पु, सिसिलौ एकता टोल लगाएतका बासिन्दा बढीमात्रामा प्रभावित भएका थिए । उनीहरुलाई बेलका नगरपालिकाले सुरक्षित स्थानमा राखेको थियो । विस्थापित मध्ये अधिकाँश घर फकिएपनि अझै २१८ जनाभने घर फर्कन सकेका छैनन् । बेलका– ३ एविसी टप्पु र सृजना टोल अझै डुवानमा परेकाले सो क्षेत्रका बासिन्दालाई नगपालिकाले जनता क्यामपस र कुन्तीचौरमा व्यवस्थापन गरेर राखिरहेको छ । जसमा गर्भवती ९ जना, बालबालिका ५६ र अपाङ्ग ४ जना छन् । कोशी बस्तीमा पस्दा बेलका न.पा. वडा नं. ९ का १ हजार १ सय ८९ जना, वडा नं. ३ का १ हजार १ स...
प्रहरीको गाडी दुर्घटना : दुई डिएसपी सहित ४ घाईते

प्रहरीको गाडी दुर्घटना : दुई डिएसपी सहित ४ घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ प्रहरीको जिप दुर्घटना हुँदा रुकुम पश्चिममा ४ प्रहरी घाईते भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सहित प्रकाश डाँगीसहित ४ जना घाईते भएको हो । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं। ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेका थिए । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन् । प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन् । डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम(पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन् । दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन् । घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ। प्रजि...
भारत सरकार र केन्द्रीय सरकारले बाँध नबाँधे स्थानीय सरकार  आफैले बाँध्छ : मेयर कार्की

भारत सरकार र केन्द्रीय सरकारले बाँध नबाँधे स्थानीय सरकार आफैले बाँध्छ : मेयर कार्की

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ बेलका नगरपालिकाका मेयर अशोक कार्कीले कोशी बाँध भारत सरकारले बाँध्ने भनिएपनि अझै सम्म नबाँधेको जनाउनुभयो । उहाँले भारतको स्वार्थपूर्ण आश्वासन अझै पुरा नभएपछि त्यहाँको जनताहरुलाई कोशीले बिचल्ली बनाएको समेत बताउनुभयो । कोशीको पानीले भारतलाई समेते ठुलो क्षती पुराउने भएको हुँदा त्यसैको स्वार्थपुर्ण आश्वासनले भारतले कोशीमा बाँध लगाईदिने बाचा गरेका थिए । तर अझै सम्म पनि त्यो काम पुरा भएको छैन् । केन्द्रीय सरकारले पनि भारत सँग समन्वय गरी बाँध लगाउने कुरा प्रतिवद्ध गर्दै आएको मेयर कार्कीको भनाई छ । यसरी कुरैकुराले अधुरो रहेको कोशी बाँधले यो बर्ष भने टप्पुका स्थानीयहरुलाई भने समस्या नै पार्यो । बेलका नगरपालिका सहित बाराहा सुनसरीको स्थानीयहरु समेत प्रभावित बने । कोशी बाँध नभएपछि लगतारको बर्षाले धार परिवर्तन गर्दै वस्तीमा प्रवेश गरेको थियो । वस्ती प्रवेश गरेको कोशीले त्यहा...
कोशीमा बाधबाध्न पिडीतको माग

कोशीमा बाधबाध्न पिडीतको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ साउन १८ गते शप्तकोशीले बाध भत्काएर बस्तीमा पस्दा उदयपुर र सुनसरीका तेईस सय बासिन्दा बिस्थापित भएका थिए । कोशीमा पानिको बहाव कम भएसँगै विस्थापितहरु घर फर्कन थालेका छन् । अहिलेपनि एबिसी टप्पु र सृजना टोलका २१९ बासिन्दा जोखिम कायम रहेकाले घर फर्कन सकेका छैनन् । उनिहरुलाई नगरपालिकाले जनता क्याम्पस र कुन्तीचौरमा राखेका छन् ।कोशीपिडित अधिकांशले कोशीमा बाध लगाएर दिर्घकालिन समाधान खोज्नुपर्ने माग राखेका छन् । विस्थापित सुमित्रा पुनले सरकारले बाध लगाएर आफुहरुलाई पुनस्थापन गर्नुपर्ने बताएकी छिन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रदेश र संघिय सरकारसँगै समन्वय गरेर बाध लगाउने बताउनु भएको छ ।...
त्रियुगा तथा आसपास क्षेत्रमा दुई दिन नियमित विद्युत आपूर्ति नहुने

त्रियुगा तथा आसपास क्षेत्रमा दुई दिन नियमित विद्युत आपूर्ति नहुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २६ त्रियुगा नगरपालिका भरी दुई दिन विद्युतमा समस्या हुने भएको छ । केहि विद्युत मर्मत तथा वरपर रहेका रुखका हाँगाहरु काट्नु पर्ने भएकाले दुई दिन नियमित विद्युत आपूति आपूर्तिमा समस्या हुने भएको नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले जनाएको छ ।कार्यालयले एक सूचना प्रकाशन गर्दै यस अबधिमा ग्राहकहरुमा पर्न गएको असर प्रति क्षमा प्राप्ती माग्दै समस्या बारे जानकारी गराएको हो ।  ...