Tuesday, August 11News That Matters

Breaking News 1

नेपाल टेलिकमले दिने भनिएको ५ हजार पुरस्कारको सूचना भ्रम, सचेत रहन अनुरोध

नेपाल टेलिकमले दिने भनिएको ५ हजार पुरस्कारको सूचना भ्रम, सचेत रहन अनुरोध

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ४ पुष । नेपाल टेलिकमले क्रिस मसको अवसरमा ५ हजार सम्मको पुरस्कार दिने सूचनाबारे टेलिकमले भ्रमको सूचना रहेको जनाएको छ । टेलिकमको कुनै पनि अफर र पुरस्कार नरहेको भन्दै सामाजिक संञ्जालमा फैलिएको कुरा सबै भ्रम रहेको जनाए । आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु। ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमको भनाई छ । नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो । ‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक...
शून्य खनजोत प्रविधिबाट मकैखेती शुरू

शून्य खनजोत प्रविधिबाट मकैखेती शुरू

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ४ । झापाका तीन स्थानीय तहमा कृषि ज्ञान केन्द्रले शून्य खनजोत प्रविधिबाट मकैखेती गर्न थालेको छ । कृषि अनुसन्धान निर्देशनालय तरहराको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकामा १०÷१० कट्ठा क्षेत्रफलमा यो प्रविधि प्रयोग गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो प्रविधिले धान काटेको खेतमा खनजोत नगरी एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । यसले उत्पादन लागत घटाउनुका साथै माटोको गुणस्तर सुधार गर्ने बताइएको छ । गत वर्ष जिल्लामा ४४ हजार हेक्टरमा मकैखेती गरिएको र प्रतिहेक्टर सात टन उत्पादकत्व रहेको जनाइएको छ ।...
चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामै १० करोड राजस्व संकलन

चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामै १० करोड राजस्व संकलन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ४ । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ हजार भन्दा बढी पर्यटक भ्रमणबाट १० करोड ६७ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार भ्रमण गर्ने पर्यटकहरूमध्ये ३३ हजार विदेशी, ३२ हजार नेपाली र करिब ६ हजार सार्क मुलुकका नागरिक रहेका छन् । यसैबीच, निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाललाई राप्ती नदीमा छाडेको छ । साथै, निकुञ्जको पश्चिम क्षेत्र नवलपुरमा रहेका गैँडाहरूलाई नारायणी नदीको बाढीले बगाएर भारततर्फ लैजानसक्ने जोखिम भएकाले पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । गैँडा स्थानान्तरणको पूर्वतयारीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भएको छ ।...
खाना परिकार महोत्सव साकेला सिली प्रतियोगितामा कोवेईबुङ चाँप प्रथम

खाना परिकार महोत्सव साकेला सिली प्रतियोगितामा कोवेईबुङ चाँप प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन
पूर्णपुष्टि, ३ पुष । झिँगु नेवा पुँचको आयोजनामा गाईघाटमा संञ्चाल तेस्रो प्रदेश स्तरीय खाना परिकार महोत्सव साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ साकेला समूह चाँप प्रथम भएको छ । महोत्सवको तेस्रो दिन आयोजित साकेला सिल्ली प्रतियोगितामा कोवेईबुङ समूहले पहिलो स्थान जमाएको हो । यस्तै मोतिगडा किरात चोक दिद्धिय र किरात समूह श्रीपुर ५ तृतिय बन्न सफल भएको छ । प्रतियोगितामा प्रथम, दिद्धिय र तृतियलाई क्रमश नगद पुरस्कार ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । पुष ८ गते सम्म संञ्चालन हुने महोत्सवमा बिभिन्न जात जातिको सांस्कृति नृत्यु प्रतियोगिता गराईरहेको छ । भोली अर्थात चौँथो दिन थारुहरुको नृत्य प्रतियोगिता संञ्चालन गरिने छ । प्रतियोगितामा मोतिगडा ३ किरात चोक, लालि गुँरास बोर्डिङ, किरात समूह श्रीपुर ५, पारुहाङ सुम्निमा किरात साकेला समूह बालुवाटार ३, बाल मन्दिर बोक्से र कोबैईबुङ साकेला समूह ३ गरी...
हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

हरि राउतद्धारा आमा–बुबाको सम्झनामा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ निवासी हरि बहादुर राउतले आफ्ना आमा–बुबाको सम्झनामा १० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोमा न्यानो कपडा वितरण गरेका छन् । बुधबार गाईघाट स्थित होटल टाउन हलमा राउतले वडा नं. ११ का १० जना वृद्ध–वृद्धालाई स्विटर, टोपी र बर्कि वितरण गरेका हुन् । त्रियुगाको १६ वटै वडाका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न लागिएको राउतले जनाए ।...
सगरमाथा विमान स्थल : मन्त्रीको जवाफ सुनेपछि निराश उदयपुरवासी

सगरमाथा विमान स्थल : मन्त्रीको जवाफ सुनेपछि निराश उदयपुरवासी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ पुष । लामो समय देखी विमान स्थल बन्ने आशामा बसेको उदयपुरवासीहरुमा थप निराश छाएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा बन्ने भनिएको विमान स्थल बन्न मन्त्रालयले बजेटको अभाव रेहेको भनेपछि उदयपुरका जनताहरु थप निराश बन्न पुगेको हो । सोमवार प्रस्तावित सगरमाथा विमान स्थल निरिक्षणका लागि जोगिदह आईपुगेका संस्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा विमान स्थल निर्माणका लागि बजेट नभएको सुनाए । उदयपुरवासीहरु भने विमान स्थल बन्ने प्रतिक्रियाका लागि मन्त्रीलाई ११ बजेदेखी कुरेर बसेका थिए । मन्त्री पाण्डे भने ढिलोगरिकन ४ बजे मात्रै जोगिदह पुगेका थिए । ढिलो आएका मन्त्रीबाट पनि जनताहरु विमान स्थल बन्ने सकरात्मक प्रतिक्रियाको पर्खाईमा थियो । तर पाण्डेले जनताहरुबीच आफ्नो कुरा राख्ने क्रममा मन्त्रालयले आवश्यक बजेट छुटाउन नसेको प्रतिक्रिया दि...
गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला सोमवारबाट सुरु भएको छ । झिँगु नेवा पुँच उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र ११ नं वडाको सह आयोजनामा मेला सुरु भएको हो । मेलामा आदिवासी जनजातिका परिकारहरुलाई बिषेश प्राथामिकता दिईएको छ । नेवारी, किराती, थारु, दनुवार, भुजेल लगायत बिभिन्न आदिवासी जनजातिको परिकारहरु मेलामा समावेश छ । मेलाको मुख्य आकर्षण आदिवासी जनजातिहरुको खानाको परिकार, जातजातिको भेषभुषा, बिभिन्न जातजातिमा आधारित झाँकी प्रदर्शन तथा सांस्कृतिक मनोरञ्जन रहेको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता उदेश्य प्राप्तीका लागि ।मेलाको आयोजना हुने गरिएको आयोजकले जनाए ।...
गाईघाटमा सिकारी पुजा सहित साकेला नाचेर मनाईयो उद्यौली

गाईघाटमा सिकारी पुजा सहित साकेला नाचेर मनाईयो उद्यौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० मंसिर । किरात समुदायहरुको माहान पर्व साकेला नाच गाईघाटमा पनि धुमधामले मनाईएको छ । आईतबार साकेला टोल स्थित साकेला थानमा सिकारी पुजा आजा सहित साकेला नाच्दै उद्यौली सम्पन्न गरिएको हो । ढोल झ्याम्टाको तालमा किरात समुदाय तथा अन्य जातजातिहरुले साकेला नाचे । बिहानै पुर्खाको नाममा सिकारी पुजा गरेर साकेला उद्यौलीको सुभारम्भ गरिएको थियो । किरात समुदायहरुले उद्यौली र उभौली गरी बर्षमा दुई पटक साकेला पर्व मनाउने गर्छ । मंसिरमा उद्यौली र बैसाखमा उभौली पर्व यस समुदायहरुले मनाउने गर्छ । प्रकृतिको चालचलनको अनुसरण गर्ने यस पर्व निकै बिषेश र महत्वपूर्ण छ । प्रकृतिको बिज्ञान सँग जोडिएको यस पर्वमा साकेलाको सिल्ली निकै महत्वपूर्ण मानिन्छ । पूर्वी जिल्लाहरुमा रहेका राईहरुले साकेला र लिम्वुहरुले चासोक तङ्नामको रुपमा उद्यौली पर्व मनाउने गर्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्...
सहमतीको बिकल्प सहित प्रेस सेन्टर उदयपुरबाट भोटराज राई उम्मेदवार

सहमतीको बिकल्प सहित प्रेस सेन्टर उदयपुरबाट भोटराज राई उम्मेदवार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ मंसिर । यहि मंसिर २८ गते हुने आसन्न नेपाल पत्रकार माहासंघ उदयपुरको निर्वाचनका लागि प्रेस सेन्टरले भोटराज राईलाई उम्मेदवार बनाएको छ । २५ बर्ष बढी पत्रकारीतामा सक्रिय पत्रकारिता गर्दै आएका राईलाई सेन्टरले आउँदो निर्वाचनमा अध्यक्ष पदको लागि उम्मेदवारी बनाएको हो । केन्द्रमा प्रेस चौतारी र प्रेस युनियनको एलाईन्स भैँरहदा उदयपुरमा पनि एलाईन्सको सम्भावना लगभग अन्तिम चरणमा छ । तथापि सेन्टरले भने सहमतिको बाटो राखेर उम्मेदवार खडा गरेको हो । सहमतिको बिकल्पका लागि सेन्टरले महेश्वर चाम्लीङको संयोजकत्वमा वार्ता समितिनै बनाएको छ । राईको संयोजकत्वमा हरिकुमार राई, यमन दनुवार, गंगा राई र यदु ढकालको सदस्य रहने गरी वार्ता समिति पनि गठन भएको हो । चौतारी र युनियनबीच वार्ताबाटै सहमतिको आधारमा उदयपुरमा नेतृत्व दिलाउने अभ्यास सहित सेन्टरले वार्ता टोली पनि बनाएको हो । सेन्टर सहमतिको बाटोमा पनि तय...
बिषहारा मल्टी डेन्टल गाईघाटद्धारा देभधारमा निशुल्क दन्त सिविर

बिषहारा मल्टी डेन्टल गाईघाटद्धारा देभधारमा निशुल्क दन्त सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २३ मंसिर । गाईघाटमा रहेको बिषहरा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले चौदण्डीगढीको देभधारमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । शनिवार संञ्चालन गरिएको एक दिने सिविरमा करिब ७० जना दन्त विरामीहरुले निशुल्क सेवा लिए । आदर्श जनशशक्तिकरण समाज नेपाल चौदण्डीगढी १० देभधारको आयोजना तथा बिषहारा मल्डी स्पेशालीटी डेन्टलको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । सिविरमा सहभागी दन्त बिरामीलाई बिषहारा डेन्टलले निशुल्क दाँत निकाल्ने सुविधा दिएको छ । दाँत निकाल्नु परेमा विरामीहरुलाई निशुल्क गर्ने क्लिनिक संञ्चालक तथा डा. नारायण थारुले जनाए । थारु क्लिनिकका एम.डिएस आरसिटी स्पेसालिटी समेत हुन् । उनले निशुल्क दाँत उखाल्ने सँगै दाँत सफामा ५० प्रतिसत र अन्य उपचारमा २० प्रतिशत सम्म छुट गराउने जनाएको छ । दन्त सिविर सँगै जेनेरल स्त्री रोगको समेत सिविर संञ्चालन भएका थिए । जसमा जिल्ला अस्प...