Tuesday, August 11News That Matters

Breaking News 1

उदयपुरमा एक वर्षमा ७४४ मानव अधिकार उल्लङ्घनका घटना

उदयपुरमा एक वर्षमा ७४४ मानव अधिकार उल्लङ्घनका घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ९ । उदयपुर जिल्लामा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७४४ घटनामा ७८८ जना पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको अभिलेखअनुसार सन् २०२३ मा ५५६ वटा घटना भएका थिए । यस वर्ष भएका घटनामध्ये घरेलु हिंसाका ५३६, बालिका बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ७२, महिला बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ३६ र बहुविवाहका १८ घटना रहेका छन् । त्यस्तै, हत्या, हत्या प्रयास र अङ्गभङ्गका ३१, कुटपिटका २८, बालविवाहका १४ र मानव बेचबिखन तथा अपहरणका ९ वटा घटना भएको इन्सेकले जनाएको छ ।...
विदेश पठाइदिने भन्दै ठगी गर्ने उदयपुरका मगरसहित दुई पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने उदयपुरका मगरसहित दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ९ । क्रोएसिया र साइप्रस पठाइदिने भन्दै १० लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर रौतामाई–३ का यादवबहादुर बुर्जामगर र बारा पचरौता–८ का सञ्जय साह बानियाँलाई पक्राउ गरेको हो । ५३ वर्षीय मगरले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ५ लाख ७५ हजार रुपैयाँ र ३५ वर्षीय बानियाँले साइप्रस पठाइदिने भन्दै एक जनाबाट ४ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीपछि प्रहरीले मगरलाई काठमाडौंको गोकर्णेश्वर–८ बाट र बानियाँलाई टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।...
कोशी प्रदेश सरकार स्थायी संरचनाविहीन, ८ वर्षदेखि भाडा र केन्द्रीय भवनमा कार्यालय

कोशी प्रदेश सरकार स्थायी संरचनाविहीन, ८ वर्षदेखि भाडा र केन्द्रीय भवनमा कार्यालय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ९ । कोशी प्रदेश सरकार स्थापना भएको ८ वर्ष बितिसक्दा पनि आफ्नो स्थायी संरचना निर्माण गर्न सकेको छैन । अधिकांश मन्त्रालय र कार्यालयहरू संघीय सरकारका पुराना क्षेत्रीय कार्यालय र भाडाका भवनमा सञ्चालन हुँदै आएका छन् । मुख्यमन्त्री कार्यालयसमेत तत्कालीन क्षेत्रीय कृषि कार्यालयको भवनमा सञ्चालन छ । प्रदेश सरकारले विगत ७ आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जिन्सी सम्पत्ति जोडे पनि आफ्नो नाममा कुनै जग्गा छैन ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेशको स्थायी संरचना निर्माणका लागि कम्तीमा २० बिघा जग्गा आवश्यक छ । यसका लागि विराटनगरबाट १० किलोमिटर भित्रको क्षेत्रमा जग्गा खोजी गरिने उनले बताए । यसअघि केदार कार्की मुख्यमन्त्री रहँदा विराटनगर–५ र ६ मा ७ बिघा जग्गा प्राप्त गर्ने निर्णय भएको थियो । तर त्यसको कार्यान्वयन हुन सके...
त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ पुष । त्रियुगा नगरपालिका वडा नं १५ ले पन्चबर्षिय रणनिति योजनाबाट बिकास कार्यलाई अगाडी बढाउने भएको छ । संघिय व्यवस्थाको दोस्रो कार्यकालमा दौडिरहेको उक्त वडाले पहिलो पटक आवधिक रणनिति पन्चबर्षिया योजना तयारीका साथ बिकास कार्य अघि बढाउने भएको हो । । पहिलो कार्यकालका निर बहादुर मगरको वडा नेतृत्वहरुले पूर्व योजना बिनै आफ्नो कार्यकाल सकाएका थिए । हालसालैका गणेश तिमिल्सिना नेतृत्वका वडा कमिटीले पनि आधा कार्यकाल सम्पन्न गरिसक्दा पन्चबर्षिय वडा योजना तयारीको काम सुरु गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार वडाका कामहरुको कार्यन्वयन गर्ने निकायहरुलाई पन्चवर्षिय वडा योजना दस्तावेजको रुपमा तयार हुने जनाए । जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्था, शिक्षक, बुद्धिजिवी, स्थानीय, अगुवा नेतृत्व सबैको उपस्थितिमा आवधिक रणनिति योजनाको तयारी संञ्चालनमा रहेको अध्यक्ष तिमिल्सिनाको...
कोशी प्रदेशले सार्वजनिक गर्‍यो निर्माण गर्ने ३८५ सडकको सूची

कोशी प्रदेशले सार्वजनिक गर्‍यो निर्माण गर्ने ३८५ सडकको सूची

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ८ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारद्वारा निर्माण गरिने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । यो सूची प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार राजपत्रमा प्रकाशित गरिएको हो । सूचीमा प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडक (९३१६३.५८ किमी) र प्रादेशिक मार्ग अन्तर्गत २८९ वटा सडक (९५८१५.५० किमी) समावेश छन् । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार यी सडकहरू २ किलोमिटरदेखि १०८ किलोमिटरसम्म लामा छन् । मन्त्री राईले यी सडकहरूको निर्माण क्रमशः हुने र डिपिआर पनि क्रमैसँग गरिने बताए । उनका अनुसार सूची तयार गर्न २०७६ सालदेखि काम सुरु भएको थियो । सूचीमा समावेश भएका केही सडकहरू निर्माणाधीन अवस्थामा छन् भने केही योजना चरणमा रहेका छन् । प्रमुख सडकहरूमा लरुम्बा–नेपालटार सडक (७६.४५३ किमी), भेडेटार–राजारानी रवि राँके सडक (६३.५७७ किमी...
पत्रकार महासंघ उदयपुरका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

पत्रकार महासंघ उदयपुरका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ पुष । नेपाल पत्रकार महासंघ, शाखा उदयपुरको नवनिर्वाचित कार्य समितिको आज पदस्थापन भएको छ । निवर्तमान अध्यक्ष भरत खड्काले नवनिर्वाचित अध्यक्ष भक्तिविलास पोखरेलले बरबुझारथ सहित पदहस्तान्तरण गरे । आजैबाट कार्यालयमा नवनिर्वाचित अध्यक्ष पोखरेलले पदभार ग्रहण गर्दै कार्यकाललाई पत्रकारिताको ब्यवायिकता र मर्यादामा रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।...
गाईघाटको शान्ति सुरक्षाका लागि बैँकहरुद्धारा सिसि क्यामेरा प्रदान

गाईघाटको शान्ति सुरक्षाका लागि बैँकहरुद्धारा सिसि क्यामेरा प्रदान

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ७ पुष । उदयपुरको सदरमुकाम गाईघाटलाई सुरक्षित गर्न बैँकहरुले १४ थान सिसि क्यामेरा प्रदान गरेको छ । उदयपुर स्थित विभिन्न बैंकहरुले शान्ति सुरक्षामा टेवा पुर्याउन सिसि टिभि क्यामेरा १४ स्थानका लागि आईतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तर गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको समन्वयमा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, सिद्धार्थ, सानिमा, ग्लोबल आइएमइ र लक्ष्मी बैंकले संयुक्त रुपमा प्रदान गरेको हो । तीनलाख ८३ हजार रकम बराबरको सामान प्रदान गरेको हो । सदरमुकाम गाईघाट क्षेत्रमा पहिले जडान गरेका सिसि क्यामेराहरु विग्रेकाले शान्ति, सुरक्षातथा अपराध अनुसन्धानमा टेवा पुर्याउन बैंकहरुले सहयोग गरेका हुन् ।  ...
सुदुरलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

सुदुरलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष ६ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितिको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा सुदुरपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ औभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सात ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ...
सुनिता ढंगोल आज गाईघाट आउँदै

सुनिता ढंगोल आज गाईघाट आउँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ पुष । काठमाण्डौँ माहानगरपालिकाकी उपमेयर सुनिता ढंगोल आज गाईघाट आउने भएकी छिन् । उनि प्रदेश स्तरीय तेस्रो खाना परिकार महोत्सव संञ्चालनका आयोजक झिँगु नेवा पुँचको निम्तोमा गाईघाट आउने भएकी हुन् । महोत्सवको पाँचौ दिन शनिवार लाखे प्रतियोगिता पनि हुँदैछ । ढंगोल सोही प्रतियोगिताको प्रमुख अथितिको रुपमा गाईघाट आउनेछिन् । महोत्सवले प्रत्येक दिन आदिवासी जनजातिहरुको कला सांस्कृतिको प्रतियोगिता गराउँदै आएको छ । जसमा राईहरुको साकेला, चौधरीको थारु नाच, नेवारको लाखे नाच लगायत अन्य समुदायहरुका नाच प्रतियोगिता गराईएको छ ।...
राजश्व संकलन र विकास खर्च लक्ष्यभन्दा न्यून

राजश्व संकलन र विकास खर्च लक्ष्यभन्दा न्यून

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ६ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा अर्थतन्त्रका सबै सूचकहरू निराशाजनक देखिएका छन् । सरकारले राजश्व संकलन, पुँजीगत खर्च र विकास निर्माणमा राखेको लक्ष्य पूरा गर्न नसकेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनामा १४ खर्ब १९ अर्बको लक्ष्यमा जम्मा ३ खर्ब ९९ अर्ब राजश्व संकलन भएको छ । यो लक्ष्यको २८ प्रतिशत मात्र हो। त्यस्तै ३ खर्ब ५२ अर्बको पुँजीगत बजेटमा मात्र ४० अर्ब ८० करोड (११.५८ प्रतिशत) खर्च भएको छ । व्यापार घाटा पनि चिन्ताजनक छ । भन्सार विभागका अनुसार साउन-कार्तिक अवधिमा मात्रै ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा भएको छ । आयात-निर्यात अनुपात ३.८७ प्रतिशतले घटेको छ । यद्यपि विदेशी मुद्रा सञ्चिति भने २२ खर्ब ५५ अर्ब पुगेको छ । निजी क्षेत्रको लगानी पनि निकै कम छ । बैंकहरूमा ६ खर्बभन्दा बढी रकम तरलताको रूपमा थन्किएको छ । नेपाल उद्योग परिसंघका अ...