Tuesday, August 11News That Matters

Breaking News 1

मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १६ ।  सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । सडक विभागले तयार पारेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको र यसै साताभित्र पारित गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए । प्रतिवेदन अनुसार ९ अर्ब ४७ करोड लागत अनुमान गरिएको यो आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७२ किलोमिटर लामो यस सडक खण्डको स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका २ वटा र कटारी नगरपालिकाका ७ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । तीन दशकअघि निर्माण भएको यो सडक जीर्ण अवस्थामा पुगेकाले दैनिक पाँच सयभन्दा बढी सवारी साधनले समस्या भोग्दै आएका छन् । प्रतिवेदनमा सहरी क्षेत्रमा १३ मिटर, पहाडी क्षेत्रमा ८.५ मिटर र तराईमा १० मिटर चौडा बनाउने योजना छ । आयोजन...
उदयपुरमा ५४ केजी गाँजा बोकेर हिडेँका एक जना पक्राउ

उदयपुरमा ५४ केजी गाँजा बोकेर हिडेँका एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ धेप्चेबाट ५४ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका १ का बर्ष ३६ का चित्र बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार दिउँसो विशेष सुचनाको आधारमा बिक्रिको लागी गाँजा बोकेर हिडिरहेको मगरलाई पक्राउ गरिएको हो । मगर गाँजाको कारोवारी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मगरको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    ...
दुर्गम गाउँमा शिक्षा अझै असहज : उपराष्ट्रपति यादव

दुर्गम गाउँमा शिक्षा अझै असहज : उपराष्ट्रपति यादव

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १५ पुष । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुर्गम गाउँहरुमा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको जनाए । शहरी क्षेत्रमा शिक्षाको पहुँच सहज भएपनि दुर्गममा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको यादवले जनाए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो । जसले मानिसलाई शसक्त आत्मनिर्भर र सेचेत बनाउँछ । ज्ञान, सहि व्यवहार र सिप एवम विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले जिवनको कठिन समयमा चुनौतिहरुको सामना गर्न सहयोग गर्छ, “यादवले भने” । यो सँगै शिक्षाले देशको विकास र समृद्धिमा पनि सहयोग पुराउने यादवको भनाई थियो । खासगरी छोरीचेलीहरुलाई कम उमेरमै शिक्षाबाट बन्चित गरिने भएको हुँदा यस प्रति सबै पक्षहरुको ध्यान जानु पर्ने पनि उनको भनाई छ । यादव उदयपुरको चौदण्डीगढी नगरपालिका ८ स्थित स्वरस्वती माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्तीको उद्घाटन गर्न उदयपुर आएका थिए...
आज तमु ‘तमु ल्होसार’ मनाउँदै गुरुङ समुदाय

आज तमु ‘तमु ल्होसार’ मनाउँदै गुरुङ समुदाय

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ पुष । नेपालमा वसोवास आदिवासी जनजाति समुदायहरुमा पर्ने गुरुङ समुदाय पनि एक हो । गुरुङ समुदायले बिषेशगरी आफ्नो चाँडको रुपमा तमु ल्होसार मनाउने गरेको छ । अंग्रेजी नयाँ बर्षको नजिक पर्ने यो चाँड गुरुङ समुदायले आज मनाउँदैछ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको...
उदयपुरमा मिनि ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

उदयपुरमा मिनि ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १४ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेँरी झर्ना नजिकै शनिबार मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा सह–चालक इटहरी उप–महानगरपालिका–२ बस्ने २४ बर्षीय सुदिप राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार बिहान ११:५० बजेको समयमा काठमाण्डौँबाट सुनसरी तर्फ जादैँ गरेको बागमती प्रदेश ०१–००६ ख ५७४९ नम्बरको ट्रक आफै अनियन्त्रित हुँदा सह–चालक राईको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त ट्रक र चालक सोहि ठाउँ बस्ने विज्ञान तामाङलाई नियन्त्रणमा लिईसकेको डिएसपी चापागाईले जनाए । मृतक राईको जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम भईरहेको प्रहरीले जनाएको छ ।...
बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ पुष । त्रियुगाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित बोक्से स्थित सचेतना टोल विकास संस्थाले आफ्नै भवनबाट काम सुरु गरेको छ । शनिवार संस्थाको पाँचौ साधारण सभा सँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले साधारण सभा तथा भवनको उद्घाटन गरिन् । त्रियुगाको १६ ओटा वडामा झण्डै ३ सय ओटा टोल विकास संस्था रहेका छन् । यस मध्ये उत्कृष्ट ५ मा पर्न सफल सचेतना टोल विकासले कार्य प्रगतिमा फड्को मारेको छ । साढे ६ लाख हाराहरीमा निर्माण भएको उक्त टोल विकास संस्थाको स्टोर रुम सहितको एक तले भवन व्यवस्थित रुपमा निर्माण गरिएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए । राईका अनुसार आर्थिक स्रोत साधनको अभावकै बिच ३ लाख ९० हजारमा जग्गा खरिद गर्दै तत्काल भवन निर्माणको कामलाई अघि सारिएको थियो । उनले उक्त भवनका लागि श्रमदानको ठुलो योगदान रहेको राईले जनाए । १३५ ज...
युक्रेनका युद्धबन्दी नेपालीद्वारा सिधै स्वदेश फर्कन अस्वीकार

युक्रेनका युद्धबन्दी नेपालीद्वारा सिधै स्वदेश फर्कन अस्वीकार

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ११ । एक वर्षदेखि युक्रेनमा युद्धबन्दी बनाइएका सात नेपालीले सिधै स्वदेश फर्कन अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूले युक्रेनी अधिकारीसँगको बयानमा पहिले रुस गएर मात्र नेपाल फर्कने इच्छा व्यक्त गरेका हुन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार युद्धबन्दी नेपालीहरूले सिधै स्वदेश फर्किए रुसी सरकारले दिनुपर्ने सेवा र सुविधाबाट वञ्चित हुने भएकाले रुस हुँदै फर्कन चाहेको बताएका छन् । रुसी सरकारले एक वर्षको सेवा अवधिपछि स्थायी आवासीय अनुमति र राहदानीका लागि आवेदन दिन पाइने सुविधा दिने गरेको छ । हाल युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीहरूमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने, चितवनका सुजन सुवेदी र गोरखाका मदन कुमाल छन् । यी सबैलाई युक्रेनको राजधानी किभमा राखिएको छ र युक्रे...
कोशी प्रदेशको लगानीमा कटारीमा दुई पक्की पुल निर्माण हुने

कोशी प्रदेशको लगानीमा कटारीमा दुई पक्की पुल निर्माण हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ११ । कोशी प्रदेश सरकारले उदयपुरको कटारी नगरपालिकामा दुई वटा पक्की पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा मरुवा खोलामा ११ करोड र तावाखोलामा १७ करोड लागतमा पुल निर्माण हुन लागेको हो । पहिलो पुल कटारी वडा नम्बर ४ को जहडी र तित्रिबोट जोड्ने मरुवाखोलामा निर्माण हुनेछ । दोस्रो पुल कटारी वडा नम्बर ५ को तीनतले र वडा नम्बर ६ को चुहाड जोड्ने तावा खोलामा बन्नेछ । यी दुवै पुलहरू नगरपालिकाको सबैभन्दा पुरानो सडक मार्गमा पर्दछन् । प्रदेश सरकारका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीका अनुसार लागत स्टिमेट तयार भई वातावरणीय अध्ययन प्रतिवेदनको काम भइरहेको छ । उहाँले यस क्षेत्रको सबैभन्दा समस्याग्रस्त क्षेत्रमा पुल निर्माणको काम थालिएको जानकारी दिनुभयो । कटारी वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङका अनुसार वर्षायाममा विद्यार्थ...
उदयपुरको पहाडी क्षेत्रमा खानोपानीको समस्या बढ्दो

उदयपुरको पहाडी क्षेत्रमा खानोपानीको समस्या बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा खानेपानीको गम्भीर समस्या देखिएको छ । जिल्लाको ताप्ली, लिम्चुङबुङ्ग र रौतामाई गाउँपालिकाको पहाडी क्षेत्रका बासिन्दाले पर्याप्त पिउने पानी पाउन सकेका छैनन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क अनुसार स्थानिय खोलानाला, कुवा पँधेराहरुबाट खानेपानी उपभोग गर्दै आएका नागरिकहरुले २०७२ सालको भुकम्पपछि पानीका मुहान सुक्न थालेपछि खानेपानीको समस्या यो बर्षको अन्त्य सम्म झनै जटिल बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार खानेपानीकै कारण उदयपुरमा १३.९ प्रतिशत बसाइँसराइ भएको छ । स्थानीयले बिहान ५ बजेदेखि नै पानीको जोहो गर्न डेढ घण्टा टाढाको कुवामा जानुपर्ने बाध्यता छ । दैनिक तीन घण्टा खानेपानी संकलनमै बिताउनुपर्ने अवस्थाले विद्यार्थीहरूको पढाइमा समेत असर परेको छ । उर्भर भुमी पानी अभावले मरुभुमिमा परिणत हुन थालेको इन्सेकको तथ्याङ्ले देखाएको छ । ...
उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दै गएको छ । जिल्लामा ३३३ आधारभूत र ११५ माध्यमिक विद्यालय रहेका छन्, जसमध्ये ९ वटा मात्र अपाङ्गतामैत्री विद्यालय छन् । यस वर्ष ताप्ली गाउँपालिका र त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय पाठ्यक्रममा धार्मिकस्थल, कला, संस्कृति, कृषिलगायत आठ विषयवस्तु समावेश छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कका अनुसार जिल्लाका पहाडी क्षेत्रका विद्यालयहरूमा स्वच्छ खानेपानी, बालमैत्री शौचालय, विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता आधारभूत सुविधाको अभाव देखिएको छ । विद्यार्थीहरू १–२ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । यसका कारण विद्यार्थी बीचैमा पढाई छाड्ने समस्या गम्भीर बन्दै गएको छ । रौतामाई, ताप्ली, लिम्चुङबुङ्ग, उदयपुरगढी गाउँपालिका र कटारी, बेलका तथा चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्...