Thursday, July 2News That Matters

Breaking News 2

बजेटमा बुँदा नं १२७ नसमेटेको भन्दै उदयपुरको सामुदायिक विद्यालयका कर्मचारी उत्रिए धर्नामा

बजेटमा बुँदा नं १२७ नसमेटेको भन्दै उदयपुरको सामुदायिक विद्यालयका कर्मचारी उत्रिए धर्नामा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ २५ । उदयपुर जिल्ला भरीका सामुदायिक विद्यालयका कर्मचारीहरु धर्नामा उत्रिएका छन् । उदयपुर शिक्षा विकास तथा समन्वय इकाइमा जेष्ठ २० शनिबारदेखी धर्नामा उत्रिएको कर्मचारीहरु जेष्ठ २६ गते शुक्रबारसम्म धर्नामा बस्ने नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिए । नेपाल शिक्षक महासंघले मिति २०८०÷०२÷१८ गते निकालेको विज्ञप्ती र नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको २०८०÷०२÷१७ गतेको पत्र अनुसार पहिलो चरणको अन्दोलन सकिएपछि पुष २७ देखी माघ १ गतेसम्म काठमाण्डौँ स्थित भद्रकालिमा रिले अनसन बस्ने अध्यक्ष कार्कीले बताए । विद्यालय कर्मचारीहरु न्युन वेतनमा कार्यरत रहेकोमा पुर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषयमा सरकारले निति तथा कार्यक्रममा बुदा नं १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटेपछि धर्नामा उत्रनु परेको उनले बताए । सर...
चौदण्डीगढीमा ३१ कृषकलाई च्याप कटर वितरण

चौदण्डीगढीमा ३१ कृषकलाई च्याप कटर वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.५, शिवाईका ३१ जना स्थानीय कृषकहरुलाई च्याप कटर वितरण गरिएको छ । कृषकलाई प्रविधि मैत्री बनाउँने उद्देश्य सहित समृद्धि आयोजना व्यवस्थापन कार्यालय इटहरीको ३० प्रतिशत सहयोग र कृषकको ७० प्रतिशत लगानीमा स्थानीय प्रगतिशीत पशुपालन कृषक समुहका २१ कृषकहरुलाई च्याप कटर वितरण गरिएको हो । बुधवार सानाकिसान कृषि सहकारी भवनको कार्यक्रमहलमा एक कार्यक्रमबिच नगर उप–प्रमुख मणिकादेवी दुलाल र वडा अध्यक्ष तुलसी ढकाल, कार्यपालिका सदस्य जानकिदेवी चौधरी, शुश्मा राइ मार्फत किषानलाइ च्याप कटर हस्तान्तरण गरिएको हो । च्याप कटर वितरण कार्यक्रममा किसाननहरुलाइ घास तथा पशु आहार ब्यबस्थापन, प्रविधी परामर्श लगायतको बिषयमा तालिम समेत दिइएको समृद्धि आयोजनाका रामविलास चौधरीले जानकारी दिनु भयो । समृद्धि आयोजनाको सहयोगमा किसानले च्याप कटर प्राप्त गरेपछी स्थानीय कृषक ...
आज विश्व आद्य स्वच्छता दिवस

आज विश्व आद्य स्वच्छता दिवस

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ । आज जुन ७ अर्थात विश्व खाद्य स्वच्छचा दिवस । संयुक्त राष्ट्र संघले २०२३ को अन्तर्राष्ट्रिय नारा ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने तय गरेको छ भने नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित दिवस मनाईदैछ । नेपालमा जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाईनेछ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले खाद्य स्वच्छता दिवसमाको अवसरमा शुभकामना दिदैँ किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्नु भएको छ । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी छ ‘उनले भने’ देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु । अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पाद...
कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ २३ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरने निर्णय गरेको हो । बैठकले नेकपा एमाले नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । आजकै मितिबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई बोलाउने निर्णय भएको र माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाईएको उनले बताए । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीबाट निर्णय भईसकेको र अब संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फ...
उदयपुरमा तिन दिने मल्टिमिडिया तालिम सम्पन्न

उदयपुरमा तिन दिने मल्टिमिडिया तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । उदयपुरको बेलका नगरपालिका ८ सोमबारे स्थित बेलका बिच रिसोर्टमा भएको तिन दिने मल्टिमिडिया तालिम आईतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना र आन्तरीक मामिला तथा सुरक्षा मन्त्रालयको सहयोगमा शुक्रबारबाट पत्रकारहरुलाई क्षमता अभिवृद्धिको लागी दिईएको तिन दिने मल्टिमिडिया तालिम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य भिषण राईले प्रशिक्षण गर्नुभएको तालिममा कोशी प्रदेशको सात जिल्लाको २९ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत नारायण भन्डारीले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागी सक्ने जति सहयोग गर्दै आएको र आगामी दिनमा मन्त्रालयबाट सकिने जति सहयोग गर्ने बताउनुभयो । उहाँले यस तालिमले पत्रकारहरुको क्षमता विकास हुनेमा बिस्वास व्यक्त गर्नुभयो । नेपाल पत्र...
हुलास चौधरीको अध्यक्षतामा पूर्व पश्चिम बरुवा बसपार्क समिति गठन

हुलास चौधरीको अध्यक्षतामा पूर्व पश्चिम बरुवा बसपार्क समिति गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ १९ । गाईघाटको त्रियुगा नगरपालिका वडा नं.१३मा पूर्व पश्चिम बरुवा बसपार्क सञ्चालनका लागि कार्य समिति गठन भएको छ । हुलास चौधरीको अध्यक्षतामा १२ सदस्य चयन भएको कार्य समितिका सचिव राजेन्द्र राईले जनाए । समितिमा उपाध्यक्ष दिपेस खत्री, कोषाध्यक्षमा लिल विश्वकर्मा चयन गरिको छ । यता सचिव पदमा राजेन्द्र राई, सह–सचिवमा राज विशाल खड्का चयन भएको छ । त्यस्तै सदस्यहरुमा राजु थापा,चन्दृका कुमारी मगर, गोपाल सिंह दनुवार, श्याम कुमारी राई, चुडा मणि चौधरी, पबित्र पराजुलि, पार्बती दनुवार र हेलेन कुमार राईलाई चयन गरिएको छ । समिति निर्माणका लागि विगत देखिनै बिभिन्न संघर्ष गरिरको सचिव राईले बताए । लामो संघर्ष पश्चात समिति निमार्ण गरी बरुवा वसपार्कलाई वैधानिका रुपमा सञ्चालन गर्ने उनको भनाई छ । आगमी दिनमा समितिको रोहवरमा विधान निमार्ण गरी नियमित रुपमा बसपार्क सञ्चालनमा ल्याउने पनि उनले बता...
त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति सार्वजनिक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ । गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका जनप्रतिनिधिको एकवर्षे कार्यकालको प्रगति आज सार्बजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी वर्षदिने प्रगति सार्बजनिक गरेको हो । नगरप्रमुख बसन्तकुमार बस्नेतले अपर्याप्त बजेटका कारण आवश्यक्ता अनुसार विकास निर्माणका योजनाहरु सञ्चालन हुन नसकेको जनाए । उनले संघिय सरकारले स्थानीय सरकार मार्फत बजेट कार्यन्वयन गराउन पर्नेमा सिमित स्रोत साधनमा बाधेर राख्ने गरेको र स्वीकृत बजेट पनि कटौति गर्ने गरेपछि जनताका अपेक्षित काम गर्न नसकेको उनको भनाई छ । नगरपालिकाको कामलाई चुस्त दुरुस्त बनाउन गुनासो सुन्ने अधिकारीको ब्यावस्था गरिएको, सर्वसाधारणलाई आफ्नो काममा सहजता होस भनेर गेटमै नागरिक बडापत्र राखिएको, सूचनाकेन्द्रको स्थापना गरिएको र भ्रष्टाचार रहित नगर बनाउन जनप्रतिनिधि र कर्मचारीकोे सम्पति विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था गरि...
प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीद्धारा नयाँ दिल्लीमा स्वागत

प्रधानमन्त्री दाहाललाई राज्यमन्त्रीद्धारा नयाँ दिल्लीमा स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,जेष्ठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिनको भारत भ्रमणको भारतको नयाँ दिल्लीमा पुगेका छन् । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री दाहाल भारतको भ्रमणमा निश्किएको हो । प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी जेठ २० गते स्वदेश फर्कने छन्।...
सप्तकोशीमा हामफाल्न खोज्ने महिलाको उद्धार

सप्तकोशीमा हामफाल्न खोज्ने महिलाको उद्धार

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ । उदयपुरको बेलका नगरपालिका ७ सोमबारे स्थित सप्तकोशी नदिमा हामफाल्न खोज्ने एक महिलाको उद्धार गरिएको छ । सोमबार बेलुका साँढे ४ बजेको समयमा नदिमा हाम फाल्न खोज्ने नाम थर नखुलेकी अन्दाजी ६५–६६ बर्षीय एक महिलाको स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरीएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उद्धार गरिएको ती महिलालाई बेलका नगरपालकाको कार्यालय रामपुर (सेफ हाउस) मा राखिएको प्रहरीले जनाएको छ । गोरी बर्णको उचाई अन्दाजी ५ फिट, माथि बाहुला वाले चोलो, रातो निलो लुङ्गि, नाकमा बुलाकी, हातमा घडी, खुट्टमा हाप कोठे जुत्ता र रातो निलो कोठे बुनेको झोला भिरेकी महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान बाट आएको भन्ने ती महिलाले बान्तावा र नेपाली दुवै भाषा बोल्न सक्नेछन् । महिलालाई चिन्नुहुने जो कोहीले उनका आफन्तलाई जानकारी गराई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको...
बजार क्षेत्रको अव्यवस्थित तारहरु व्यवस्थापन गरिने

बजार क्षेत्रको अव्यवस्थित तारहरु व्यवस्थापन गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ १६ । उदयपुरको कटारी नगरपालिकाको बजार क्षेत्रमा रहेको अव्यवस्थित तारहरुलाई व्यवस्थापन गरिने भएको छ । नगरपालिका वडा नं. ३ को पहलमा बजार आसपासको विजुली, इन्टरनेट र डिस होमको तारहरुले दुर्घटनाको जोखिम बढाउनुका साथै बजारको सुन्दरतामा समेत आँच आउँने भएकोर वडाले बजारको तार व्यवस्थापन सुरु गरेको हो । वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले बुधवार कटारी बजारमा संञ्चालित ईन्टरनेत प्रदायक कम्पनीका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण कटारी शाखा र नेपाल टेलिकम, ट्राफिक प्रहरी पोष्ट, टोल विकास संस्था, हाट बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु छलफलको लागि डाकिएको थियो । छलफल पश्चात कटारी बजारका अव्यवस्थित तारहरुलाई एकमहिना भित्रमा व्यवस्थित गर्नेगरी काम थाल्न सम्बन्धित पक्षहरुलाई सहमत गराईएको वडाध्यक्ष खड्काले बताए । प्रयोगमा नआएका पुराना तारहरु त्यतिकै छाड्ने, बजारमा भुईतिर नै त...