Wednesday, July 1News That Matters

Breaking News 2

कटारीमा प्रहरी चौकीलाई विपद उद्धार सामाग्री वितरण

कटारीमा प्रहरी चौकीलाई विपद उद्धार सामाग्री वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ८ । उदयपुरको कटारी नगरपालिकाद्धारा कटारी आसपासका ट वटा प्रहरी चौकीलाई विपदको समयमा आवश्यक उद्धार सामाग्री वितरण गरिएको छ । नगरपालिकाका उप–प्रमुख गिता खड्काले प्रहरी चौकी प्रमुखहरुलाई मंलवार उद्धा सामाग्री हस्तान्तरण गर्नुभएको हो । नगरका बिभिन्न ६ वटा प्रहरी चौकीहर मध्य प्रहरी चौकी वडा नम्बर १ को वेलसोत , ७ को प्रहरी चौकी रिस्कू , १२ को प्रहरी चौकी वसेरी , १४ को प्रहरी चौकी घुर्मी , १० को प्रहरी चौकी सोरुङ्ग छविसे , र ११ को अस्थायी प्रहरी पोष्ट वेतेनीलाई सामाग्री वितरण गरेको हो । प्रत्यक प्रहरी चौकीहरुलाई उद्धार गर्ने डोरी प्रति चौकी सय मिटर एक एक थान , मल्ट्रप्रपोज हम्मर , भर्याँङ्ग , लाईफ ज्याकेट चार चार थान , हेडलाईट दुई दुई थान , पञ्जा चार चार थान , सेप्mटी ज्याकेट चार चार थान , हेल्मेट चार चार थान , स्ट्रेचर , साबेल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो । ...
आज विश्व पानी दिवस मुलुकभर बिभिन्न कार्यक्रम गर्दै मनाइँदै

आज विश्व पानी दिवस मुलुकभर बिभिन्न कार्यक्रम गर्दै मनाइँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ८ । आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो । नेपालमा पनि राष्ट्रिय गैर तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पानीको स्रोत संरक्षणको लागि जनचेतना जगाउन कार्यक्रम गरी मनाउँदै छ । सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि ‘जल सप्ताह’ अन्तर्गत सञ्चालन भइरहेका छन् । ‘नेपालमा दिगो विकासका लागि पानी’ नाराका साथ सञ्चालित ती कार्यक्रममा उपभोक्ताका साथै सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको उत्साहजनक सहभागिता छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शर...
पहिचानको नाममा भोट मागेर गैर पहिचानको नामाकरण भयो : मन्त्री किराती

पहिचानको नाममा भोट मागेर गैर पहिचानको नामाकरण भयो : मन्त्री किराती

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण भएको बताएका छन् । सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण सांसदहरूले गरेको बताएका हुन् । कोसी प्रदेश नामको विषयमा बोल्दै मन्त्री किरातीले झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने बताएका छन् । पहिचानवादी आन्दाचेलन अति जातिवादमा समेत जान सक्ने विषयमा समेत किरातीले सजक गराए । खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्ने र समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ ‘किरातीले भने’ हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको ...
कटारीमा फोहोर वर्गीकरण कार्यान्वयनमा ल्याउन सरोकारवालाहरु संग छलफल

कटारीमा फोहोर वर्गीकरण कार्यान्वयनमा ल्याउन सरोकारवालाहरु संग छलफल

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ७ । उदयपुरको कटारी नगरपालिकामा फोहोर व्यवस्थापलाई कार्यान्वयनमा ल्याउन टोल विकास समितिहरुसँग थप छलफल गर्ने भएको छ । कटारी क्षेत्रका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आज सरोकारवालाहरुसँग छलफल गर्ने भएको हो । नगरले गत माघ १९ गते फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना जाहेर गरेको थियो । सुचना जाहेर गरेपनि बजारबाट फोहोर उठाउँदा फोहोरको वर्गीकरण नभएपछी नगरपालिकाले आज सरोकारवालाहरुलाई छलफलमा वोलाएको हो । नगरपालिकाका उप–प्रमुख गिता खडुकाका अनुसार अस्पतालजन्य फोहोरलाई अझ व्यवस्थ्ति र प्रभावकारी गर्ने विषयमा छलफल भएको बताउँदै क्रमश छलफल गर्दै जाने बताउनुभयो । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले भोलि फेरी वडा नम्बर ३ र ४ का वडा समितिहरुसँग यहि विषयमा छलफल गर्ने बताउनुभयो । उदयपुर उद्योग वाणीज्य संघ, होटल व्यवसायी, सरकारी तथा नीजि स्वास्थ्य ...
प्रथम कोहलपुर गोल्ड कप : नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी

प्रथम कोहलपुर गोल्ड कप : नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र ७ । बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३–२)ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो । हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए । दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रह...
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ । रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्दै अनुदानलाई यथावत राख्ने सरकारले निर्णय गरेको छ । आज (सोमबार) बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले अनुदानलाई थतावत राख्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयपनि गरेको बताईन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।...
रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । कञ्चनपुरमाको बेलौरीमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलको छ । अखिल (क्रान्तिकारी)को तर्पबाट रामपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो । तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत मात्र ल्याएकी थिइन् । त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् । सदस्यहरूमा अख...
कोशी प्रदेश : विराटनगरमा निषेधाज्ञाबीच विरोध प्रदर्शन

कोशी प्रदेश : विराटनगरमा निषेधाज्ञाबीच विरोध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ५ । आज (आईतबार) विराटनगरमा कोशी प्रदेश नामको विरोधमा प्रदर्शन भईरहेको छ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन : नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन् । निषेधाज्ञाबीच प्रदर्शन हुन थालेपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।...
प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाली काग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए । पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । प्रधानमन्त्री (पचण्ड) नेत्तत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले यहि चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।...
कटारी नगरपालिकाद्धारा मेयर कप बिजेता खेलाडीलाई सम्मान

कटारी नगरपालिकाद्धारा मेयर कप बिजेता खेलाडीलाई सम्मान

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको कटारी नगरपाकिलाले चौथौ मेयर कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । शनिवार गुराँस हरियाली पार्कमा एक कार्यक्रमको बीच खेलाडीहरुलाई नगर रु १ लाख सहित सम्मान गरेको हो । गत फागुनमा सम्पन्न प्रतियोगिताको बिजेता बनेका कटारी वडा नम्बर २का खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको वडाअध्यक्ष प्रेम थापाले बताउनुभयो । उक्त प्रतियोगितामा वडा ५लाई ट्राइव्रेकरमा हराउँदै वडा नम्बर २ले मेयर कप उचालेका थिए । सम्मान कार्यक्रममा वडाध्यक्ष थापा सहित वडाका सरोकारवालाहरुले खेलाडीहरुलाई सम्मान गरेको हो ।...