Wednesday, July 1News That Matters

Breaking News 2

आज मौसम सफा रहने

आज मौसम सफा रहने

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम सफा रहने जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि गण्डकी प्रदेशकापहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ।...
पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई तत्काल कार्वाहीको माग

पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई तत्काल कार्वाहीको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २९ गते । पत्रकार संग आबद्ध बिभिन्न संघ संगठनहरुले उदयपुरका पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्ष माथी तत्काल कार्वाहीको माग गरेको छ । अबैध खोला उत्खननको समचार संकलनको क्रममा चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाअध्यक्षले पत्रकार राईमाथी अमानवीय दुव्र्यवहार गरेको भन्दै घटनामा संलग्न अध्यक्ष प्रकाश राउतलाई तत्काल कार्वाहीको माग गर्दै प्रेस बिज्ञाप्तीहरु निकालीएको छ । शनिवार आदिवासी जनजाति पत्रकार माहासंघ ९फोनिज०, किरात राई पत्रकार संघ र तामाङ्ग पत्रकार संघले संयुक्त प्रेस बिज्ञाप्ती मार्फत कार्वाहीको माग गरेका हुन् । उदयपुरको चौदण्डिगढी नगरपालिका प्रवक्ता तथा वडा न. ९ का वडा अध्यक्ष प्रकाशकुमार राउतले मिति २०७९ माघ २४ गते स्थानीय खोलामा अबैध रुपमा नदि दोहन भैरहेको विषयमा समाचार संकलनका लागि पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न. १ का ...
सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २७ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको हो । नेपाली बजारका आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।...
अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

अखिल (क्रान्तिकारी) विघटन भएको हल्ला निराधारः महासचिव देव गुरुङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्न सबै साथीहरुबीच छलफल गरेर सहमतिमा ल्याउन प्रयास गर्ने बताए । “अध्यक्ष, फ्याक्सन इन्चार्जसहित सबैलाई साथीहरुलाई एक ठाउँमा बोलाउने कोसिस गर्ने भन्ने हो । सबैलाई एकढिका बनाएर लैजाउ भनेर प्रस्ताव गर्ने, त्यसको लागि तयारी समिति बनाउने, सहमतिमा साथीहरु आउने भए तदर्थ समिति बन्छ । यदि तदर्थ समिति बनेपछि अहिले कमिटी विघटन हुन्छ तर अहिले नै कमिटी विघटन भन्ने गलत हो” गुरुङले भने । त्यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले पार्टी निर्णयको गलत अर्थ लगाएर कमिटी विघटन भएको भनेर गरिएको हल्लाप्रति आपत्ति जनाएका छन् । उनले भने, “असन्तुष्ट साथीह...
विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

विवेकशील साझाको आज प्रथम राष्ट्रिय महाधिवेशन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २७ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शुक्रबार) बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम हुने भएको हो । महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए । यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए । महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्‍याउने तयारी रहेको उनले बताए । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार नेताहरूले दाबी गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.ब...
उदयपुरमा किरात पत्रकार संघ र अग्रज पत्रकार बिच छलफल

उदयपुरमा किरात पत्रकार संघ र अग्रज पत्रकार बिच छलफल

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २६ गते । उदयपुरमा किरात राई पत्रकार संघ र अग्रज पत्रकारहरु बिच छलफल भएको छ । बिहिबार गाईघाट स्थित ड्रिमल्याण्ड होटलमा किरात पत्रकार केन्द्रीय कार्यालयका अध्यक्ष अवतार राई सहित उपाध्यक्ष रिता राई (राराहाङ) उपाध्यक्ष बिशाल राई लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा हो । उक्त कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई लगायत अन्य किराती पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात संस्कार संस्कृतिमा पत्रकारको भुमिका बिषयक छलफल भएका थिए । त्यस बारे बरिष्ठ पत्रकार कौशल चेम्जोङ, महेश्वर चाम्लीङ सहित भोटराज राईले प्रष्टाएका थिए । यसैगरी केन्द्रीय अध्यक्ष अबतार राईले किरात पत्रकार संघलाई क्रियाशिल बनाउ आफ्नो कार्यकालमा पूर्ण रुपमा लागि परिरहेको जनाए । राईले सोही उदे...
रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

रास्वपाको आधिकारितामाथि प्रश्न गर्दै निर्वाचन आयोगमा तीन उजुरी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोगबाट भएका सबै कामको वैधानिकतामाथि चौतर्फी रूपमा प्रश्न उठ्न थालेको हो । सोही प्रमाणपत्र प्रयोग गरेर लामिछानेले नेपाली राहदानी, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०, कम्पनी दर्ता, स्थायी लेखा नम्बर ९पान नम्बर० लगायत प्रमाणपत्र बनाएका छन् । यी सबैको आधिकारितामाथि अनेकन् प्रश्न उठिरहेका छन् । यीबाहेक लामिछानेले सोही नागरिकता प्रयोग गरेर उपभोग गरेको ‘राजनीतिक अधिकार’माथि गम्भीर प्रश्नचिन्ह उठेको छ । त्यही नागरिकता प्रयोग गरेर उनले मतदाता नामावलीमा नाम समावेश गरेका छन्, राजनीतिक दल खोलेका छन्, उम्मे...
अग्नी पिडित परिवारलाई रौतामाईका पालिका अध्यक्ष मगरको निरन्तर सहयोग

अग्नी पिडित परिवारलाई रौतामाईका पालिका अध्यक्ष मगरको निरन्तर सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २५ गते । रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आज पनि अर्का अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । मगरले पालिकावासी ५ नं वडा फोक्सीन्टारकी अग्नी पिडित तिलमाया राईलाई आफ्नो सेवा सुविधाबाट आर्थिक सहयोग गरेका हुन् । राईको माघ २० गते घरमा आगलागी हुँदा सबै आवश्यक सामान, खाद्यन्न, लत्ता कपडा जस्ता घरायसी वस्तुहरु जलेर नष्ट भएको थियो । पालिकाकी कर्मचारी कोपिला मगरका अनुसार राईलाई अध्यक्षको तलबबाट रु १० हजार आर्थिक सहयोग भएको बताईन् । मगरका अनुसार अध्यक्षले ४ नं वडा नचने बतासेका अग्नी पिडित बम बहादुर मगरलाई पनि नगद २६ हजार बराबरको आर्थिक सहयोग मंगलबार मात्रै गरेका थिए । फेरी बुधबार अर्का अग्नी पिडितलाई तिलमायालाई पनि अध्यक्षले सहयोग गरेको मगरले जनाईन् । अध्यक्ष मगरले पालिकामै अग्नी पिडित तिलमाया राईको लागि ख्यामाशेर राईलाई १० हजार बराबरको चेक प्रदान गरेका थिए ।...
उदयपुरमा बालिका करणी आरोपमा अहेव पक्राउ

उदयपुरमा बालिका करणी आरोपमा अहेव पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २५ । उदयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक लाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा जिल्ला सिरहा सुखीपुरनगरपालिका १ घर भई त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा बस्दै आएका २६ वर्षिय अहेव राजीव कुमार यादव रहेका छन् । खोटाङकी अन्दाजी १४ वर्षिय बालिकालाई माघ २ गते दिउँसो त्रियुगा नगरपालिका ११ गाईघाट न्यूक्रिस होटल एण्ड लजमा जबरजस्ती करणी गरेको आरोपमा अहेव यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए । उदयपुरमा डेरा गरि कक्षा ८मा अध्यायन गर्दै गरेकी बालिकालाई ललाई फकाई गरी होटलमा लगि जबरजस्ती करणी गरेको बताएको छ । बालिका अहिले सेफ हाउसमा राखिएको छ र बालिकाको आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको डिएपी पोदारले बताए । यस्तै अहेव यादव सहित त्रियुगा नगरपालिका ३ पुल चौक बस्ने ४८ वर्षकी...
साफ यु २० महिला च्याम्पियनसिप : भारतमाथि सानदार जित निकाल्दै नेपाल फाईनल प्रवेश

साफ यु २० महिला च्याम्पियनसिप : भारतमाथि सानदार जित निकाल्दै नेपाल फाईनल प्रवेश

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २४ गते । साफ यू २० महिला च्याम्पियनसिप लिगको अन्तिम चरणको खेलमा आज भारतमाथि नेपालले सानदार जित निकालेको छ । उपाधि दाबेदार मानिएको भारतमाथि नेपालले १–३ गोलको अन्तरमा जित निकालेको हो । जारी च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । आज भारतमाथि जित निकालेसँगै नेपालले फाईनलमा स्थान पक्का गरिसकेको छ । बंगलादेशको ढाकास्थित मोस्तफा कमल स्टेडियममा भएको खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ५२ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यस्तै ६९ औं मिनेटमा भारतीय डिफेन्डरले पेनाल्टी एरियामा फल गर्दा नेपालले पेनाल्टी पाएको थियो भने पेनाल्टीमा कप्तान प्रीति राईले गोल गर्दै न...