Wednesday, July 1News That Matters

Breaking News 2

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो । सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।...
सरकारमा रास्वपालाई फर्काउने तयारी

सरकारमा रास्वपालाई फर्काउने तयारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएपछि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेको छ । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको हो । आइतवार संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारबाट रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अ...
पार्टी बैठक अघि प्रचण्डलाई भेटे रविले

पार्टी बैठक अघि प्रचण्डलाई भेटे रविले

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको बैठक अगाबै प्रधानमन्त्री प्रचण्ड सँग भेट गरेको छ । सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न बस्न लागेको पार्टी बैठकअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका हुन्। स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका स्रोतको भनाई छ । प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्दैछ। प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । नागरिक...
उदयपुरमा काठसहित युवक पक्राउ

उदयपुरमा काठसहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २२ गते । उदयपुरमा काठसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी नगरपालिका–१० हडिया बस्ने २० बर्षीय मन्जित सदा रहेका छन् । शनिबार राती ९ बजेको समयमा चौदण्डिगढी नगरपालिका–१० खैराझोडा स्थित कुन्तिमाई सामुदायिक बन उपभोक्ता समितिको जंगलबाट सदा पक्राउ परेका हुन् । अबैध रुपमा सखुवाको काठ तस्करी भई रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले उनलाई काठ सहित पक्राउ गरेको हो । उनलाई स ७ प १५३ नम्बरको मोटरसाईकलमा सखुवा जातको एक थान काठको टुना लोड गरीरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोहि स्थानमा लुकाई राखेको चार टुना गरी जम्मा पाँच टुना सखुवा जातको काठ (जम्मा २८.५ क्यू फिट) बरामद भएको छ । पक्राउ परेका सदा र काठ आवश्यक कार्वाहिको लागि डिभिजन बन कार्यालय उदयपुर...
सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यान बिरुद्ध प्रदर्शन

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यान बिरुद्ध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ २१ । बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै बिरोध प्रदर्शन भएको छ । शनिवार दिउँसो माईतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको हो । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो । गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगा...
आज विश्व क्यान्सर दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व क्यान्सर दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि,माघ २१ । आज विश्व क्यान्सर दिवस (अबुर्द रोग), संसारभरिका सबै जना एक्यवद्धरुपमा क्यान्सरसँग लडनका लागि चेतना स्वर भर्ने दिन Uniting our voices and taking action भन्ने नाराका साथ मनाइदैछ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन् । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा वर्सेनि १५ हजारको क्यान्सर रोग...
मानव बेचबिखनको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ

मानव बेचबिखनको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि,माघ १९ । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ परेका छन् । कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला उदयपुर घर भई टोखा नगरपालिका–३, स्थित डेराबाट ४४ वर्षीय रवि थापा मगर र इलाम घर भई काठमाडौं–९, शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए। पीडितलाई कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसको काममा मासिक पारिश्रमिक १२० कुवेती दिनार हुने प्रलोभन देखाएका थिए । रेष्टुरेन्टमा काम सकाएर पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा पनि पठाइदिने प्रलोभन देखाएको एसपी मल्लले बताए । उनका अनुसार पीडितलाई २०७१ मंसिर २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै ...
रास्वपाले गृहमन्त्री पाउने सहमति छ : एमाले अध्यक्ष ओली

रास्वपाले गृहमन्त्री पाउने सहमति छ : एमाले अध्यक्ष ओली

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १९ गते । रास्वपाले गृहमन्त्री पाउने सहमति रहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन् । ओलीले रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताएका छन् । अध्यक्ष ओली आज नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुग्नु भएको छ । प्रधानमन्त्रीले गृहमन्त्रालय रास्वपालाई नदिने पक्षमा रहेको भन्ने प्रश्नमा सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको ओलीको भनाई छ । सहमतिमा गृहमन्त्रालय रास्वपाको भागमा परेको र रविजी गृहमन्त्री बन्नुभयो । अब रास्वपाले कसलाई गृहमन्त्री बनाउछ भन्ने कुरामा उनिहरुको निर्णय रहेको ओलीले बताए । माओवादी केन्द्रका नेताहरुले राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, काग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि ? भन्ने प्रश्नमा जवाफ दिदै ओलिले भने कांग्रेस त गृह ...
मोटर साईकलमा डबल हेल्मेटको छलफल स्थगित

मोटर साईकलमा डबल हेल्मेटको छलफल स्थगित

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १९ गते । मोटर साईकल र स्कुटरमा डबल हेल्मेट बारे छलफल हाललाई स्थगित भएको छ । उक्त प्रस्तावको चौतर्फी आलोचना भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा थप छलफल नबढाएको हो। यसअघि मंगलबार उक्त प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठे हेल्मेटको महत्वबारे व्यापक जनचेतना जगाएपछि मात्र थप छलफल गर्नुपर्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारीले बताएको छ । ‘हिजो प्रारम्भिक छलफल मात्रै भएको हो। चौतर्फी विरोधपछि थप छलफल नगर्ने कुरा भएको छ,’ उनले भने । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटरमा पछाडि बस्नेका लागि पनि हेल्मेट अनिवार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो। सवारी तथा यातायात व्यवस्था ऐनमा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख भएअनुसार कार्यान्वयनका लागि छलफल ग...
उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवक पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १८ गते । उदयपुरमा प्रतिबन्धित औषधीसहित तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ बस्ने २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय बर्षीय उमेश खत्री रहेका छन् । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ स्थितमा चेकजाँचको क्रममा उनिहरुलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नाइट्राभेट ३२ ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।...