उदयपुरको कटारीमा शिव मन्दिरको शिलान्यास
पूर्णपुष्टि, भदौ २५भदौ शुक्ल तृतिया अर्थात हरितालिका तिज व्रतको अवसरमा उदयपुरको कटारी नगरपालिका–६ मा शिव मन्दिरको शिलान्यास गरिएको छ ।साझा धर्मसंस्कृति र पर्यटन क्षेत्रकोरुपमा विकास गर्ने गरी नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले बिहीबार मन्दिरको शिलान्यास गरेकी हुन् । जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत नगरपालिकाको ५ लाख बजेटमा उपभोक्ता समितिमार्फत मन्दिर निर्माण सुरु गरिएको हो ।मन्दिरको शिलान्यास गर्दै उपमेयर राउतले शिव भगवान हिन्दुधर्मालम्बिहरुको आश्थाको केन्द्र भए पनि सबैका लागि साझा धरोहर र त्यस क्षेत्रको पर्यटन पर्वद्धनमा टेवा पुग्ने गरी शिवमन्दिरको स्थापना गरिएको बताए ।उनले स्थानीय सरकारको दायित्व सबै धर्मसंस्कृतिको समान विकास र संरक्षण गर्नु भएकाले सबै धर्मलाई संस्थागतरुपमा विकास गर्दै लैजाने नगर सरकारको योजना रहेको बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थ...









