रामपुर सुरक्षा बेसमा सशस्त्र प्रहरीको मनसुन पूर्व तयारी निरीक्षण
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन निर्देशन
पूर्णपुष्टि /उदयपुर, वैशाख २९ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापाले उदयपुरको रामपुरस्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसको स्थलगत अनुगमन तथा निरीक्षण आज गर्नुभयो ।
रामपुर सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी नीरिक्षक राजविक्रम खडकाले दिनुभएको जानकारी अनुसार निरीक्षणका क्रममा डिआइजी थापाले मनसुन पूर्व तयारी, विपद् व्यवस्थापन तथा सम्भावित प्राकृतिक तथा मानवीय जोखिम न्यूनीकरणका लागि गरिएको तयारी अवस्थाबारे विस्तृत जानकारी लिनुभयो ।
अनुगमनका क्रममा विशेषगरी आगलागी, चट्याङ, वन डढेलो, सडक दुर्घटना तथा बाढी, पहिरो र डुबानजस्ता पानीजन्य विपद्का घटनामा तत्काल उद्धार तथा प्रतिकार्य गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोत-साधन...









