Saturday, July 4News That Matters

Breaking News 2

लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ कार्तिक उदयपुरको त्रियुगा नगरपालिका(६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र।१(०५(००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा(३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा(११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।...
गाईघाट ब्याडमिन्टन प्रतियाेगिता सञ्चालन

गाईघाट ब्याडमिन्टन प्रतियाेगिता सञ्चालन

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ९ । मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटमा आज सञ्चालन भएकाे छ । ब्याडमिन्टनप्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित प्रतियाेगिता गरेकाे हाे । प्रतियाेगितासंगै पिकनिक आयाेजना गरिएकाे छ । ब्याडमिन्टनका सिनियर तथा जुनियर दुबैलाई मिलाएर मैत्रीपूर्ण खेल प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक बलबहादुर कार्कीले बताउनुभयाे । प्रतियाेगितामा ३२  टिमले भाग लिएकाे अफिसियल रेफ्री दिपक राईले जानकारी दिनुभयाे । खेल उद्घाटन त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले गर्नुभयाे । मैत्रिपूर्ण खेलका लागि स्थानीय खेलप्रेमी ब्यक्तित्वहरुले ब्यक्तिगतरुपमा सहयाेग गरेका छन् । प्रतियाेगिताकाे फाईनल खेल भाेली हुने र पिकनिकसंगै विजयी टिमलाई पुरस्कृत गरिने जनाईएकाे छ । कार्यक्रममा उपमेयर महेश्वरी राई, जिल्ला न्यायधिस हरिसचन्द्र ईङनाम, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगि, सशस्त...
खोटाङमाथि उदयपुरको शानदार जित

खोटाङमाथि उदयपुरको शानदार जित

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि कार्तिक ९ । बडादशै तथा शुभ दिपावलीको अबसर पारेर खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी त्रियुगा नगरपालिका, उदयपुरले जितेको छ । कातिक ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल खेलमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेले ३–१ को सेटमा जितेको हो । खाँबुको कुभिण्डेले खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान टिमलाई पहिलो सेट २५–१३, तेस्रो सेट २५–२१ चौथो सेट २५–२३ ले जितेको हो । प्रतियोगितामा उदयपुर खोटाङ जिल्लाको बिभिन्न १८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उप बिजेता खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान भयो भने तेस्रो खोटेहाङ गाउँपालिकाको वडा नम्बर २ बाप्लुखा भलिबल टिम भएको थियो । जन्तेढुङ्गा गाउँपालिकाका पूर्ब अध्यक्ष...
यात्रु दुर्ब्यवहार र बढि भाडा असुलीमा बस ट्राफिक नियन्त्रणमा

यात्रु दुर्ब्यवहार र बढि भाडा असुलीमा बस ट्राफिक नियन्त्रणमा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ । यात्रु दुब्र्यवहार तथा भाडा बढी लिएको उजुरीपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरले एक यात्रुवाहक बस नियन्त्रणमा लिएको छ । मदनभण्डारी राजमार्ग हुदै विराटनगर–गाईघाट सञ्चालन हुने को १ ख ७१९९ नम्बरको सिमोन यातायात बस नियन्त्रणमा परेको हो । घरानदेखि बेल्टारसम्म सरकारले तोकेको भाडा १५६ रुपैया रहेकोमा २५० रुपैया भन्दा बढी असुल गरेको र भाडाको विषयमा विवाद हुँदा यात्रुहरुलाई दुब्र्यवहार गरेको उजुरी परेको छ । बसका मालिक स्वयम् पुष्पराज तिम्सिनाले बढि भाडा असुल गर्न खटिएको र यात्रुहरुलाई गालीबेइजती र दुब्र्यवहार गरेको आरोप छ । उजुरीपछि जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बसलाई नियन्त्रणमा लिएको बताउनुभयो । सो बसको मालिक र स्टापहरुलाई भोली बोलाइ आवश्यक कारवाही अगाढि बढाउने उहाँले बताउनुभयो । “बडि भाडा असुल तथा यात्रु दुब्र्यवहार गरेकोमा ट्राफिकले गर्ने...
कृषककाे धान नफलेपछि दशैतिहार खल्लाे

कृषककाे धान नफलेपछि दशैतिहार खल्लाे

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ जोगिदहका कृषकहरुको धानबाली नफल्दा दशैंतिहार खल्लो भएको छ । कृषकहरु केशब अधिकारी, भुपाल दाहाल, कृष्णबहादुर अधिकारी, सुवास कार्की, मिश्र विक लगायतको दुईविगाहा बढि खेतमा धान नफल्दा दशैंतिहार मात्र खल्लो भएन अव वर्षदिनभर के खाने भन्ने चिन्ता छाएको छ । “गतवर्ष पाँच कठ्ठामा २५ मन धान फलेकोमा यसपटक २५ माना पनि फलेन ।” कृषक केशब अधिकारीले भन्नुभयो । सबैभन्दा धेरै कृष्णबहादुर अधिकारीको १८ कठ्ठामा धान फलेन । कृषकहरु परालको लागिमात्र काट्न थालेका छन् । कृषकहरुले गाईघाटबजार स्थित स्थानीय सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेटबाट सम्बासद कटर्नी नामको बिउ लगेर रोपाइ गरेको बताएका छन् । फल नलागेपछि धानको बोट घाँसका लागि मात्र काट्ने काम भएको स्थानीय रुद्र अधिकारीले बताउनुभयो । विउ र बोट राम्रै देखिएपनि फल नलागेको कृषकको भनाइ छ । बोटमा कि...
धानको बिउमा ठगिए त्रिनपा १ जोगिदहका कृषकहरु, क्षतिपूर्तिको माग 

धानको बिउमा ठगिए त्रिनपा १ जोगिदहका कृषकहरु, क्षतिपूर्तिको माग 

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ७ कार्तिक ।  त्रियुगा नगरपालिका १ जोगिदहका कृषकहरु धानको बिउबाट ठगिएको छ । करिब ३३ कठ्ठा खेती जग्गामा लगाईएको धानको बालामा दाना नलाग्दा कृषकहरु मार्कामा परेको हो । कृषक गोपाल दाहालका अनुसार गाईघाटको सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेट बाट लगिएको उक्त धानको बिउको नाम समासद (एक) रहेको छ । यसरी पहिलो पटक धानवालीमा भुँस मात्रै फलेपछि किसानहरु आक्रोसित बनेको छ । यी दुई एग्रोभेटबाट केजीको ११० र एक सय रुपयाँको दरले ३६ केजी धानको बिउ कृषकले लगेका थिए । ति सबै धानको बिउ आज आएर घाँस मात्रै बन्न पुगेको गुणासो गरेकृषकहरुको गुणासो छ । कृषकहरुले बताए अनुसार सोही खाले धानको बिउ एग्रोभेटले सयकेजी भन्दा माथी अन्य कृषकहरुलाई पनि बेचेको भन्ने सुनेको जनाए । जोगिदह बाहेक अन्य ठाउँमा पनि धानको बिउ बेचेको र सबै भुँसमात्रै फलेको गुणासो आएको अर्का कृषक केशव अधिकारीको भनाई छ । अधिकारीले आफुले पनि...
६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ कार्तिक नेपाल रेडक्रस सोसाईटी उदयपुर (नेरेसो) हाल दुई समूहमा बिभाजित बनेको छ । लामो समय बिनोद कुमार बस्नेतले नेतृत्व गरेको नेपाल रेडक्रस सोसाईटीलाई अपार्दशि ढंगले तहस नहस बनाएको आरोप लागेपछि बिवादित बन्यो । हाल उदयपुरमा मदनराज कटुवाल र शम्भु पौडेको छुट्टाछुट्टै समिति छ । यी दुवै समूहले आफ्नै आफ्नै तरिकाले काम गरिरहेको छ । रेडक्रस सोसाईटी उदयपुर यो अवस्था सम्म आईपुग्दा एक पटक ६९ सालको नेतृत्वलाई फर्केर हेर्नु पर्ने अवस्था आएको छ । उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भन्दै ब्लड बैँकको रुपमा अक्षय कोष खडा गर्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले उठाएर दिएको पैसाको बेखबर छ । उक्त रकम यतिवेला मलेसियामा बसेर पसिना बगाईरहेका नेपालीहरुले सोधी खोजी गर्न थालेको छ । २०६८ सालमा मलेसिया बस्ने एक सय दश जना नेपालीहरुले उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भनेपछि र...
उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ६ । उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेको छ । स्थानिय ४८ बर्षीय दान बहादुर राईले आफ्नै श्रीमती ४० बर्षीय पुर्ण कुमारी राईमाथि आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत असोज २२ गते समान्य घरायसी विवादका कारण श्रीमानले घरको भान्सा कोठामा श्रीमतीको शरीरमा मट्टितेल खनाई आगो लगाएका थिए । आगलागीबाट दुबै खुट्टा, छातिको भाग जलेको पुर्ण कुमारी राईलाई उपचारको लागी पारस अस्पताल बिराटनगर पु¥याईएको थियो । उनको उपचारको क्रममा गत कार्तिक ४ गते साझँ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राईलाई नियन्त्रण्मा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सिन्धुलीलाई हराउँदै बेल्टार सेमिफाईनलमा

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सिन्धुलीलाई हराउँदै बेल्टार सेमिफाईनलमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिता २०८१ को तेस्रो खेलमा बेल्टार एकता युवा क्लब बिजयी भएको छ । बगाहाको खेल मैदानमा सोमबार दिउँसो भएको खेलमा बेल्टार एकता युवा क्लबले दुुधौली स्पोर्टस (सिन्धुली) लाई २–१ गोलले हराएको हो । खेलको ६ औं मिनेटमा जर्सि नं. १० का निश्चल विश्वकर्माले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए भने खेलको १५ औं मिनेटमा जर्सि नंं १७ का सुनिल दनुवारले गोल गर्दै दुधौलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफको २२ औँ मिनेटमा जर्सि नं. २३ का जेबी राईले बेल्टारका लागी बिजयी गोल गरे । यस खेलको म्यान अफ द म्याच बेल्टारको जर्सि नं. २३ का खेलाडी जेबी राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स, मेडल प्राप्त गरे । यस जित सँगै बेल्टार सेमिफाईनलमा प्रवेश ...
त्रियुगा नगर अस्पतालमा निशुल्क स्वास्थ्य सिविर हुँदै

त्रियुगा नगर अस्पतालमा निशुल्क स्वास्थ्य सिविर हुँदै

Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । त्रियुगा नगर अस्पताल देउरीमा बुधबार निशुल्क स्वास्थ्य सिविर संञ्चालन गरिने भएको छ । त्रियुगा गरपालिकाको आयोजना तथा नेपाल मेडिसिटी अस्पताल ललितपुर र फुलकुमारी महत्तो मेमोरियल हस्पिटल कर्जन्हा सिराहाको प्राविधिक सहयोगमा सिविर संञ्चालन हुन लागेको हो । सिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, बाजोपना लगायत अन्य बिशेषज्ञ सहितको सेवा रहेको जनाईएको छ । सँगै स्त्रि तथा प्रसुति रोग सेवा, जेनेरल फिजिसियन, क्रिटिकल केयर, मुटु रोग, मानसिक रोग, यौैन तथा छाला रोग, प्रयोगशाला, दन्त परिक्षण र रेडियोलोजी लगायतको सेवा पनि सिविरमा उपलब्ध हुने छ । शिविर ९ बजे देखी ४ बजे सम्म हुने जनाईएको छ ।...