सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन
पूर्णपुष्टि / गाईघाट / माघ, १६ गते ।
गाईघाटमा पनि जेनजी युवाहरुले सहिद दिवस मनाएको छ । शुक्रबार गाईघाट मेनचोक स्थित जेनजी उदयपुर सचेत युवा समूहको आयोजनामा दिप प्रज्वलन गरी सहिद दिवस मनाईएको हो । बीर सहिदहरु अमर रहुन भन्ने नाराका साथ सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बिषेशगरी युवा पुस्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । जेनजी अगुवा सुरेन्द्र राई र निमेश राई लगायत युवाहरुले दिवसमा सहिदहरुलाई सम्झिए । कार्यक्रममा सहिदहरुको सम्मान स्वरुप मौन धारण र राष्ट्रिय गान गरिएको थियो ।...









