बिपन्नको छानो टाल्दै सरस्वती सामुदायीक वन उपभोक्ता समिति
पूर्णपुष्टि, गाईघाट/ असार २० गते ।
त्रियुगा नगरपालिका वडा नं १५ र १६ मा रहेको सरस्वती समुदायीक वन उपभोक्ता समितिले बिपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । समितिको गरिवी निवारण कार्यक्रम मार्फत करिब ३५ विपन्न घर परिवारलाई ३ बन्डलको दरले जस्तापाता वितरण गरेको हो । शनिवार जाँते स्वास्थ्य केन्द्रको प्राङगणमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख (डिएफओ) गजेन्द्र कुमार श्रेष्ठ, वन अधिकृत जागेश्वर शाह, त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राई, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थितिमा जस्तापाता वितरण गरिएको हो ।
समितिले पटक पटकको कार्यक्रम गरी करिब १७० घर परिवारको हाराहारीमा जस्तापाता वितरण गरिसकेको समितिका अध्यक्ष टोप बहादुर मगरले जानाए । मगरका अनुसार अब ६ देखी ७ घरलाई भने अर्को कार्यक्रममा वितरण गर्ने जनाए । जस्तापाताले गरिब विपन्नको छानो फेरीएको छ । आर्थिक अभावले छान...









