Monday, July 13News That Matters

Breaking News 3

त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

त्रियुगा बाढीमा पसेका बृद्धलाई सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ भदौ । त्रियुगाको बाढीमा फसेका एक बृद्धलाई सशस्त्र प्रहरी वल नं ५ गण हेक्वाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका १२ का ५८ बर्षिय महेन्द्र शर्मालाई शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । बिहिबार बिहान त्रियुगा पुल मुनी बसिरको अवस्थामा एक्कासी बाढी आएपछि बृद्ध बाढीमै फसेका थिए । बाढीमा फसेको भन्ने सूचना पछि सशस्त्र प्रहरी बल ५ नं हेडक्वाटरका शसस्त्र प्रहरी निरिक्षक राज विक्रम खड्काको टोली तत्काल घटना स्थल तर्फ पुगेका थिए । वरी परि बाढी बिचमा फसिरहेका शर्माको डोरी बाट सकुशल उद्धार गरेको खड्काले जनाए । तत्काल उदद्धारले शर्मालाई जोखिमबाट मुक्त गर्दै ज्यान बचाउन सकेको निरिक्षक खड्कोका भनाई छ ।...
शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ भदौ । जिल्ला प्रशासन कार्यालय उदयपुरले पछिल्लो देशको परिघटनालाई लिएर शान्ति सुरक्षा कायम गर्न आवश्यक रहेको जनाएको छ । विसम परिस्थितिलाई निर्मल गर्ण सेनाको सुरक्षालाई पालना गर्न आह्वान गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य काम कार्वाहीमा तत्काल नलाग्न प्रशासनको आग्रह छ । निषेधञा र कर्फ्युलाई समय सम्मै पालना गरी शान्ति कायम गर्न भनिएको छ । अब उप्रन्त आन्दोलनको नाममा चोरी डकैती, लुटपाट तोडफोड र आगजानी जस्ता कार्य गर्न गराउन नपाईने भनिएको छ ।...
चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

चौदण्डीका मेयर उपमेयरको राजिनामा माग्दै जेन्जी आन्दोलन

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेन्जीहरुले धर्ना सहित आन्दोलन गरिरहेको छ । मेयर कालु लामा र उपमेयर मणिका देवी दुलालको राजीनामा माग्दै आन्दोलन सुरु भएको हो । जेन्जी आन्दोलनले दुई दिमै केन्द्रीय सरकार च्युत बनाईसकेको छ । आन्दालेनमा प्रधानमन्त्री मन्त्रीहरुको निवासलाई तार्गेटमा राखेर जलाउने र तोडफोड गर्ने काम पनि भैरहेको छ । उदयपुरमा पनि ठुलो भौतिक संरचनाहरुको क्षत्री पुगेको छ । तिन ओटा पार्टी कार्यालय सहित नगरपालिका लगायत बिभिन्न भौतिक संरचनाहरु आगजानि गरिएको छन् । गाईघाट जेन्जीले दुई दिनको फोहोर सफा गर्दै गर्दा चौदण्डीमा भने आन्दोलन सुरु भएको हो ।...
त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २५ । त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित गरिएको छ । मंगलबार जेन्जी प्रदर्शनकारीले नगरपालिका तोडफोड र आगजनी गरेपछि आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुमार खड्काले एक सुचना जारी गर्दै कार्य सम्पादन स्थगित भएको जानकारी दिएका हुन् । आन्दोलनकारीहरुले नगरपालिकाको अधिकांश दस्तावेजहरु, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा, झ्याल–ढोका र कार्यकक्ष समेत तोडफोड गरी सबै सामानहरुमा आगजनी गरेका थिए । जारी सुचनामा अर्को सुचना प्रकाशन नभएसम्म नगरकार्य सम्पादन स्थगित भएको जनाईएको छ ।...
मेनचोकमा मोटरसाईकलमा आगजनी

मेनचोकमा मोटरसाईकलमा आगजनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । गाईघाटको मेनचोकमा एक मोटरसाईकलमा आगजनी भएको छ । गाईघाटमा दिउँसो देखी उग्ररुप लिएको जेन्जी प्रदर्शनकारीहरुले मोटरसाईकलमा आगजनी गरेको हो । प्रदर्शनकारीहरुले सबै सरकारी कार्यालयदेखी मेयर, उपमेयर र पूर्व मेयरको घरमा समेत आगजनी गरेको छ ।
गाईघाटको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट

गाईघाटको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । गाईघाटमा तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडद्धारा संचालिच गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर तोडफोड गरी लुटपाट भएको छ । जेन्जी प्रदर्शनकारीले नाराजुलुस गर्दै जाने क्रममा हिमालीटोलस्थित गार्डेन मार्ट स्टोरमा तोडफोड गरेपछि लुटपाट भएको हो । लुटपाट भएपछि जेन्जी प्रदर्शनकारी बीच नै केही समय तनाव सिर्जना भएको थियो । जेन्जी प्रदर्शनकारीको एक समुहले लुटपाट गर्न नहुने भन्दै लुटपाट गर्नेहरुलाई कुटपिट समेत गरेका थिए । प्रदर्शनकारीद्धारा लुटपाट गरिएको तुलसी सहकारी संस्थाको संचालकले केही बर्ष अघि बचत कर्ताको पैँसा खाएर फरार भएको थियो ।...
मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

मेयर, उपमेयर र पूर्व मेयरको घरमा तोडफोड तथा आगजानी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । गाईघाटमा मेयर, उपमेयर र पूर्व मेयरको घरमा आगजानी तथा तोडफोड गरिएको छ । मंगलबार जेन्जी आन्दोलनले त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घर तोडफोड गरेको छ भने उपमेयर महेश्वरी राईको घर अगाडी आगजानी गरेको छ । यता पूर्व मेयर बलदेव चौरधीको घरमा तोडफोड सहित आगजानी गरेको छ । जेन्जीहरु बिहानीपख अक्रोस रहित आन्दोलन गरिरहेका थिए । तर अचानक दिउँसोदेखी भौतिक संरचनामा समेत उनिहरुले तोडफोड गरेको हो । जेन्जीले कांग्रेस, माओवादी र एमालेको पार्टी कार्यालय सहित त्रियुगा नगरपालिकाको कार्यालय र सरकारी कार्यालयहरु सबै तोडफोड गरेको छ ।...
लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ भदौ । नेकपा एमाले लिम्चुङबुङका नेता केशरमनि राईले एमाले पार्टी त्यागेको घोषणा गरेको छ । उनले जेन्जी पुस्ता प्रतिको जायज माग सम्बोधनका साटो एमालेकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गोली प्रहार गरेको भन्दै पार्टी त्याग्ने निर्णय गरेको हो । उनले फेसबुकमा लेखेका छन्,“, म २०५१ साल देखि नेकपा एमाले पाटिमा गौरवका साथ समर्थन गर्दै पाटिको विभिन्न जिम्मेवारी र पदमा रहि पाटिको काम गर्दै आईरहेकोमा आजबाट पाटिको कुनै पनि पद जिम्मेवारीमा नरहने र एमाले पाटि त्यागेको घोषणा गर्दछु ।...
माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा आन्दोलित जेन्जी प्रदर्शनकारीले गाईघाटको त्रियुगा बसपार्क नजिकै रहेको नेकपा माओवादी पार्टिको कार्यालयमा आगजनी गरेको छ । दिउँसो देखी उग्ररुप लिएको आन्दोलनले अहिले सम्म त्रियुगा नगरपालिकामा रहेको सबै सरकारी कार्यालय, नगरपालिका र अन्य पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको हो ।...
लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

लिम्चुङबुङको केशरमननि राईले त्यागे एमाले

Breaking News 1, Breaking News 3, Breaking News Video, समाचार