प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने
पूर्णपुष्टि, असोज २ । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले संविधान रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने तयारी गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा दलहरू छन् ।
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर दिवस मनाउन सर्कुलर गरिसकेको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमता र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शीरमा राखेर दिवस मनाउने जानकारी दिए ।
नेकपा एमालेले काठमाडौंमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले च्या...









