पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा आन्दोलित जेन्जी प्रदर्शनकारीले गाईघाटको त्रियुगा बसपार्क नजिकै रहेको नेकपा माओवादी पार्टिको कार्यालयमा आगजनी गरेको छ ।
दिउँसो देखी उग्ररुप लिएको आन्दोलनले अहिले सम्म त्रियुगा नगरपालिकामा रहेको सबै सरकारी कार्यालय, नगरपालिका र अन्य पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको हो ।...
पूर्णपुष्टि, २४ भदौ ।
नेकपा एमाले लिम्चुङबुङका नेता केशरमनि राईले एमाले पार्टी त्यागेको घोषणा गरेको छ । उनले जेन्जी पुस्ता प्रतिको जायज माग सम्बोधनका साटो एमालेकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गोली प्रहार गरेको भन्दै पार्टी त्याग्ने निर्णय गरेको हो । उनले फेसबुकमा लेखेका छन्,“, म २०५१ साल देखि नेकपा एमाले पाटिमा गौरवका साथ समर्थन गर्दै पाटिको विभिन्न जिम्मेवारी र पदमा रहि पाटिको काम गर्दै आईरहेकोमा आजबाट पाटिको कुनै पनि पद जिम्मेवारीमा नरहने र एमाले पाटि त्यागेको घोषणा गर्दछु ।...
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको सदरमुकाम गाईघाटमा भैरहेको जेन्जीको आन्दोलनलाई त्रियुगा उद्योग वाणिज्य संघले साथ दिएको छ । संघले आन्दोलनलाई मध्यनजर गर्दै गाईघाट बजारको व्यापारी र व्यवसायीहरुलाई पसल बन्द गर्न निर्देशन दिएको हो ।
संघको निर्देशन अनुसार गाईघाट बजारका व्यापारी र व्यवसायीहरुले आ–आफ्नो पसल बन्द गरेका छन् भने हाल सम्म उदयपुरमा शान्तिपूर्ण आन्दोलन भईरहेको छ । प्रदर्शनकारीहरुले युवा मार्न पाईदैन, केपी ओली राजिनामा दे भन्ने नाराका साथ आन्दोलन गरिरहेको छ । सामाजिक संञ्जाल बन्द गरेको र भ्रष्टचार बढी भएको भन्दै हिजोदेखी देश भरी नै जेन्जी पुस्ताले आन्दोलन गरिरहेको छ ।...
पूर्णपुष्टि, २४ भदौ ।
अभिनेत्री करिश्मा मानन्त्ररले पनि एमाले त्यागेको घोषाणा गेकिछिन् । उनले आफु अब जनताको कलकार बन्न भन्दै पार्टी त्यागेकी जनाएकी हुन् । उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’ करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन् ।...
पूर्णपुष्टि, २४ भदौ ।
जेन्जी आन्दोलनमा उदयपुरका एक युवा ज्यान गुमाएको छ । उदयपुरको बेलका नगरपालिका वडा नं ४ हरिपुरका सन्तोष लुहारको प्रहरी गोलीबाट ज्यान गएको हो । काठमाडौंमा बसोबास गर्दै आएका लुहार आन्दोलनमा सहभागी रहेका बेला गोली लाग्दा घटनास्थलमै गम्भीर घाइते भई अस्पतालमा उपचारको क्रममा निधन भएको जनाईएको छ। यस बारे प्रहरीलाई भने थाहा नभएको हेडक्वाटर बाट सूचना नआएको जनाएको छ । उदयपुरका युवाहरु आन्दोलनमा के कति घाईते वा मृत्यु भए भन्ने बारे प्रहरी जानकार छैन । सामाजिक संञ्जालहरुमा अर्का एक युवा पनि गम्भीर घाईते भएको भन्ने पोष्टहरु आईरहेको छ ।...
पूर्णपुष्टि, २४ भदौ ।
सरकारको कदमले आफुलाई अपराधबोध गराएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै हिजो, भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताएका हुन्। सरकारको कदम ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिएका छन्।
मन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।”
उनले ‘देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस...
पूर्णपुष्टि, २४ भदौ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
पूर्णपुष्टि, २४ भदौ ।
एमाले उदयपुरका नेता विमल कार्कीले आफ्नै अध्यक्ष माथी कडा आक्रोस पोखेका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रति चर्को स्वरमा उत्रेका पूर्व प्रदेश सांसद तथा एमाले नेता कार्कीले ओलीलाई राजिनामाले मात्रै नपुग्ने बताएको छ । कार्कीले मंगलबार बिहान फेसबुक पोष्ट गर्दै भनेका छन्,“, भदौ २३ को हत्याकाण्ड नेपाल कै इतिहासमा राजधानिको मुटु बानेश्वर र देशका ठुला शहरहरुमा राज्यले एकसाथ मच्याएको मध्ययुगिन वर्वरतापुर्ण नर संहार हो । यस घटनालाइ जति भर्त्सना गरे पनि अपर्याप्त छ ।
यो परिस्थितिमा प्रधानमन्त्री केपि ओलिको राजिनामा माग्ने हैन । यिनलाइ तत्काल बर्खास्त गरि न्यायिक हिरासतमा राखेर हिजो भएको निर्मम आमहत्याको आरोपमा केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख र काठमाडौ सिडियो लगाएतलाइ राज्य र मानवता बिरुद्धको अपराधमा मुद्धा दायर गरि सुनुवाइ शुरु गर्नु पर्...
पूर्णपुष्टि, २४ भदौ ।
सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छ । सोमवार भएको जेन्जीका आन्दोलनमा युवाहरुको मागलाई सम्वोधन गर्नुका सट्टा उल्टै जेन्जी युवाहरुमा माथी गोली चलाएर १९ जनाको ज्यान लिएको भन्दै एमाले भित्रका युवाहरुले असन्तुष्टी जनाउँदै पार्टी त्याग्न थालेका छन् । एमाले त्याग्ने एमाले युवाहरुको जमात देशव्यापी रुपमा छन् । केहि युवाहरुले पार्टी त्याग्ने आँट गरेपनि केहिले भने पार्टी भित्रै बाट पनि विरोधका आवाजहरु निकाल्न सुरु गरेको छ । अनेरास्ववियुको निवर्तमान विदेश बिभाग प्रमुख तथा नेतृ स्मृति वरालले हिजै पार्टी त्यागेको घोषणा गरिन् । उनले आउँदो समय कुनै पनि जिम्मेवारीबाट आफु अलग हुँदै एमाले त्यागेको उनले घोषणा गरिन् ।
यता एनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्दर्शन पराजुलीले पनि पार्टी परित्याग गरेको छ । मेरो पार्टी र मरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्त...
पूर्णपुष्टि, २४ भदौ ।
त्रियुगा नमुना माविका विद्यार्थीहरु बिहानै र्यालीमा उत्रिएको छ । सोमवार भएको जेन्जी आन्दोलनमा सरकारले दमन गरी युवा र विद्यार्थी मारेको विरोधमा उनिहरुले प्रदर्शन गरेको छ । ओली, देवा, प्रचण्ड प्रति आक्रोस पोख्दै विद्यार्थीहरुले विद्यार्थी र युवा मार्न पाईँदैनाको नारा घन्काएका छन् । जेन्जी आन्दोलनका १९ जना प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाएर ज्यान लिएको छ । यसको चौतर्फी आलोचना र विरोध भैरहेको छ । यसै गरी जेन्जीले आज पनि गाईघाटमा प्रदर्शन गर्ने भएको छ ।...