Wednesday, August 5News That Matters

Breaking News 3

यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । सुनसरीका रामधुनी नगरपालिका ३ पिप्रहाका २० बर्षिय विनोद भट्टराई (बाल कवि) यतिवेला विना पैसा देश दौडाहामा छन् । उनि २१ दिन देखी देश दौडहामा व्यस्त छन् । भट्टराईले जेष्ठ १० गतेबाट सुनसरीबाटै यात्रा सुरु गरेका हुन् । हाल भट्टराईले उदयपुर सहित ११ ओटा जिल्ला डुलिसकेका छन् । भट्टराईले यसरी बिना पैसा देश दौडहाका लागि महत्वपूर्ण उदेश्य राखेका छन् । कवि समेत रहेका भट्राईले देशका लागि महत्वपूर्ण उदेश्य समेत राखेका छन् । भट्टराईको देश दौडाहको मुख्य दुई उदेश्य छन् । जसमा एउटा उदेश्य भनेको सुनसरी जिल्ला रामधुनी नगरपालिका स्थित रहेका रामधुनी मन्दीरको प्रचार प्रसार र अर्को ८४ मा युवा नेतृत्वका सन्देश रहेका छन् । देश पुराना विचार र पुराना नेताहरुले ध्वस्ता पार्दा नेपाली जनता र युवाहरु बिचल्लीत र असन्तुष्ट बनेको भन्दै अब ८४ मा युवा नेतृत्व अघि बढ्नु पर्ने भट्टराईको भनाई छ । उनले ...
त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास संस्था गाउँ सरसफाई अभियानमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नाराका साथ आज शनिवार त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास टोल स्थित कुसुम गाछीका स्थानिय बासिन्दाहरूले टोलको सरसफाई तथा सगरमाथा दिक्तेल सडक खण्ड अन्तर्गत कुसुमगाछी सडकको आसपास सरसफाई गरेका छन । पर्यावरणीय बातावरणलाई सरसफाई गर्दा गाउलाई हरियालि र सुन्दर बनाउनु मुख्य उदेश्य रहेको सरसफाई अभियानको संयोजक तारा कट्वालले जानकारि दिनुभयो । कटुवालका अनुसार उक्त अभियानको लागि वडा कार्यालयलाई डष्टविनको व्यवस्था गरिदिन अनुरोध गर्दा पनि वडा अध्यक्षले वेवास्ता गरेको स्थानीयहरुले गुणसो गरेका छन । अभियान प्रत्येक महनाको २ पटक गरिने टोल विकास संस्थाले जनाए ।...
गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता यहि जेष्ठ ३१ गते अर्थात भोली शनिवारको दिन गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ ।...
निःशुल्क शिक्षामा शुल्कको विडम्बना

निःशुल्क शिक्षामा शुल्कको विडम्बना

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको भए पनि विद्यार्थीहरूले भने परीक्षा नियन्त्रण कार्यालयदेखि विद्यालयसम्म हरेक ठाउँमा शुल्क तिर्न बाध्य छन् । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा प्रतिदिन लामो लाइनमा बसेका विद्यार्थीहरूले प्रमाणपत्र बनाउनदेखि प्रतिलिपि लिनसम्म सयौं रुपैयाँ शुल्क तिरिरहेका छन् । बाराबाट आएका सुरेश सुनारले एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन ५०० रुपैयाँ शुल्क तिरे । काठमाडौं कपनकी निरुमाया श्रेष्ठले प्रमाणपत्र प्रमाणीकरणका लागि १ हजार रुपैयाँ राजस्व बुझाइन् । सल्यानबाट आएका कमल चन्दले प्रमाणपत्र सच्याउन ५०० रुपैयाँ तिरे । यी विद्यार्थीहरूको भनाइ एउटै थियो, ‘निःशुल्क त कागजमा मात्र रहेछ।’ परीक्षा नियन्त्रण कार्यालयले विभिन्न शीर्षकमा विद्यार्थीबाट शुल्क लिइरहेको छ । सक्कल प्रमाणपत्र सत्यापन, प्रतिलिपि सत्यापन, हरा...
त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा स्तरीय अन्तरक्रिया तथा समिक्षा गरिएको छ । बिहिबार प्रधानमन्त्री कार्यक्रम त्रियुगा नगरपालिकाका संयोजक निशा घले, वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिको टोली, वडा सचिव महेश खनाल नेतृत्वको कर्मचारी टोली सँगै स्थानीय र रोजगार कार्यक्रममा सहभागी मजदुरहरु सहितको उपस्थितिमा समिक्षा गरिएको हो । वडामा आर्थिक बर्ष २०८१/०८२ मा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बिषयमा समिक्षा गरिएको अध्यक्ष मान वहादुर राईले जनाए । यस बर्ष उक्त वडामा ४ ओटा प्रधानमन्त्री कार्यक्रम सम्पन्न भएको छ । वडा सचिव महेश खनालका अनुसार अम्वोके डिहिटार कृषि सडक, बरुवा अक्तर सिम्ले कृषि सडक, धौरी कृषि सडक र काभ्रै सिरुवानी सडक सहित ४ ओटा सडकहरुको स्तरउन्नती र नयाँ ट्«याक खोल्ने काम भएको सचिव खनालले जनाए । कामहरु सबै सकरा...
कफि खेतीका लागि कृषकलाई हिलटेक, जाली र टनेल

कफि खेतीका लागि कृषकलाई हिलटेक, जाली र टनेल

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ ले कफि खेती कृषकलाई हिलटेक वितरण गरेको छ । कफि खेती प्रवद्र्धनको लागि आर्थिक बर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम अन्तर्गत कृषकलाई ३ थान हिलटेक वितरण गरिएको वडा सचिव महेश खनालले जनाए । खनालका अनुसार २ हजार लिटर बरावरको ३ हिलटेक, ३ थान टनेल र ३ थान नेट जाली प्रदान गरिएको हो ।  ...
चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ जेष्ठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा संञ्चालित दुई दिने विकास पत्रकारिता एंव अभिमुखीकरण तालिमको समापन भएको छ । चौदण्डीगढीको सभाहलमा बिहिबारबाट सुरु भएको तालिमको समापन शुक्रबार गरिएको हो । तालिममा चौदण्डीगढीका नव पत्रकारहरु सहभागी थिए । पत्रकारिताको फिल्डमा उदाउँदै गरेका र पत्रकारितामा भविष्य खोज्नेहरुले तालिममा सहभागी जनाएका थिए । इन्द्रवती संञ्चार प्रा.लि को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संञ्चालन भएको थियो । तालिमको उद्घाटन नगर प्रमुख कालुमान लामाले गरेका थिए भने समापन पनि लामाकै उपस्थितिमा गरिएको थियो । तालिमको अन्तिम दिनको आधा घण्टाको समय पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी गराईएको थियो । मिडिया र सोसल मिडियाकोमा फरक रहेको भन्दै यस विषयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत सचेत गराईएको थियो । पछिल्लो समय मिडिया तथा पत्रकारहरु भन्दा...
बेलकामा साकेला उभौलीको भव्य समापन

बेलकामा साकेला उभौलीको भव्य समापन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ जेष्ठ । उदयपुरको बेलका नगरपालिकामा साकेला उभौलीको भव्य समापन गरिएको छ । बुधबार बेलका नगरपालिका वडा नं ६ को किरात चोक साकेला पार्क स्थित साकेला नाचगान र औपचारिक कार्यक्रमका बिच साकेला उभौली समापन भएको हो । किरात समुदायहरुको महान चाँड साकेला यो बर्षको लागि धमाधम समापन हुँदैछ । प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आथित्यतामा साकेला समापन गरिएको छ । किरात राई यायोख्खा बेलका नगर समितिको आयोजना तथा वडा कार्यसमिति ३ र ६ को सह आयोजनामा साकेला सिल्ली नाचगान सँगै यलेदोङ ५०८५ को शुभकामना आदान प्रदान सहित कार्यक्रम समापन गरिएको हो । साकेलामा पालिका भरी रहेका सबै वडामा वसोवास गर्ने किरात समुदायहरुले सहभागी जनाएका थिए ।...
कोशीमा प्रवेश गरेको मनसुन पूर्वी एसिया तर्फ सर्यो

कोशीमा प्रवेश गरेको मनसुन पूर्वी एसिया तर्फ सर्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालमा सामान्य मितिभन्दा १५ दिन अगावै अर्थात जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको मनसुन अप्रत्याशित रूपमा पूर्वी एसियातर्फ फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा निर्माण भएको बलियो न्यूनचापीय प्रणालीले मनसुनी वायुलाई नेपालको कोशी क्षेत्रबाट आकर्षित गरेको मौसमविद्हरूले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् गोविन्द झाका अनुसार मनसुनी वायु मुख्यतः फिलिपिन्स क्षेत्रतर्फ आकर्षित भएर गएकाले कोशीबाट अन्य प्रदेशहरूमा फैलिन सकेको छैन । मनसुन देशभर विस्तार हुने सम्भावना न्यून देखिएको छ । मनसुन प्रवेशको दुई दिनपछि जेठ १७ गते पूर्वी नेपालमा अप्रत्याशित मात्रामा वर्षा भएको थियो धरान–धनकुटा सडकखण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाको बाढीले १०० मिटर सडक बगाएको थियो । त्यस्तै झापाको माइखोलामा आएको बाढीले २२ घ...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २७ । उदयपुरमा लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोते रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार सोमबार बेलुका साढेँ ६ बजे त्रियुगा नगरपालिका वडा नं. ११ स्थितबाट ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागुऔषध बरामद गरेसँगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।    ...