Monday, July 13News That Matters

Breaking News 3

ढुसी परेको पाउरोटी उद्योगलाई १० हजार जरिवाना, ७ दिन भित्र सुधार नगरे शिल्ड गर्ने कडा चेतावनी

ढुसी परेको पाउरोटी उद्योगलाई १० हजार जरिवाना, ७ दिन भित्र सुधार नगरे शिल्ड गर्ने कडा चेतावनी

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, २२ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ५ देउरीमा संञ्चालित उदयपुर पाउरोटी बेकरीमा अनुगमन गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण प्राविधिक कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुर, कर कार्यालय उदयपुर र पत्रकारहरु सहितको टोलीले उक्त उद्योगमा अनुगमन गरेको हो । अनुगमनका क्रममा फ्याक्ट्रीमा उत्पादन भएका सामाग्रीहरु गुणस्तरहिन र सरसफाई नभएको पाईएको छ । फ्याक्ट्री संञ्चालन गर्दा आवश्यक पर्ने सामान्य मापदण्ड समेत पुरा नगरी फ्याक्ट्री संञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले १० हजार जरिवाना समेत गराएको छ । कार्यालयले अबको ७ दिन भित्र आवश्यक सुधार गर्न कडा दिर्नेशन समेत दिए । यदि ७ दिन भित्र सुधार नगरे शिल्ड गर्ने चेतावनी समेत दिएको छ । कार्यालयले सरसफाई, सामानको अबधि, उत्पादित वस्त...
संघीयतामाथि एकै दिन केन्द्र सरकारको दोहोरो हमला

संघीयतामाथि एकै दिन केन्द्र सरकारको दोहोरो हमला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २२ । मंगलबार दुई महत्वपूर्ण घटनाले संघीयताको वास्तविकतालाई प्रश्नमा राखेको छ । गण्डकी प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गरेर ल्याएको राइड सेयरिङ नियमावली केन्द्र सरकारको दबाबमा स्थगित गर्न बाध्य भयो भने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखलाई प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गरे । यी दुवै घटनाले संघीयताको शासकीय संरचनामा केन्द्र सरकारको बढ्दो दबदबा र प्रदेश तथा स्थानीय तहको जनप्रतिनिधिमूलक संस्थाहरूको कमजोर अवस्थालाई उजागर गरेको छ । गण्डकी प्रदेश सरकारले केही दिनअघि राइड सेयरिङ नियमावली जारी गरेको थियो। नेपालको संविधानले दिएको अधिकार र सर्वोच्च अदालतको आदेशका आधारमा प्रदेश मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा प्रकाशन भएको यो नियमावली लागू पनि भइसकेको थियो । तर उक्त नियमावली खारेज गर्नुपर्ने माग गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिए । गण्डकी प्रदेश सरकारल...
सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण

सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २१ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ का श्री सरस्वती सामुदायीक वन उपभोक्ता समूहले विपन्न घर परिवारलाई जस्ता वितरण गरेको छ । समूहको आर्थिक बर्ष २०८१÷०८२ को कार्य योजना अनुसार फुसको छानो विस्थापित गर्ने उदेश्य सहित समूहको ६८ विपन्न घर परिवारलाई आईतबार जस्ता वितरण गरेको हो । समूहका अध्यक्ष टोप बहादुर मगरका अनुसार आईतबार जाँते स्वास्थ्य चौकी परिसरमा जस्ता वितरण गरेको हो । मगरले बर्षेनी सामुदायीक वनको आम्दानीबाट उपभोक्ताहरुलाई आवश्यक कुराहरुमा सहयोग गर्दै आएको बताउनुभयो । वडाअध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधि र कर्मचारी टोली सँगै संञ्चारकर्मीहरु समेतको बृहत उपस्थितिमा जस्ता वितरण गरिएको अध्यक्ष मगर बताउनुभयो । समूहका सचिव कोपिला राउत (कार्की) ले ६८ घर परिवारलाई ४० एमएम को ३ बन्डलको दरले २०४ बन्डल हरियो रंगको जस्ता वितरण गरिएको बताउनुभयो । समूहमा रहेका १७०...
ढुसी पाउरोटी काण्ड : कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञाप्ती

ढुसी पाउरोटी काण्ड : कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञाप्ती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । ढुसी परेको पाउरोटीबारे सचेत गराउन गएका एकीकृत समाजवादी युवा संघ त्रियुगा नगरका अध्यक्ष समेत रहेका सुभनारायण ठाकुर बेनी माथी भएको निर्घात कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ । मंगलबार ठाकुर आफै अध्यक्ष रहेका संघले प्रेस बिज्ञाप्ती जारी गर्दै कुटपिटमा संलग्न पसल संञ्चालक दिनेश चौधरीको भतिज प्रसान्त चौधरी लगायत कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन बिज्ञाप्तीमा माग गरिएको छ । ठाकुरलाई गुणासो गर्ने क्रममा पत्रकार लिएर गएको भन्दै पछाडीबाट आक्रमण गरी कुटपिट गरेको थियो । मुनाफाको नाममा गुणस्तरहिन पाउरोटी बेच्दै स्वास्थ्यमा खेलबाँड गर्ने व्यपारी र उद्योगलाई पनि कानुनी दायरामा ल्याउने र कार्वाही गर्न माग गरिएको छ । यता प्रहरीले भने अझै पनि फरार व्यक्तिहरुलाई पक्राउ नगरेको पिडितले जनाएको छ ।...
लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

लिम्चुङबुङ गाउँपालिकामा अमेरिकी पर्यटक, पालिकाले गर्यो स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, पर्यटन, समाचार
पूर्णपुष्टि, २० जेष्ठ । उदयपुरकै पहाडी पालिका लिम्चुङबुङमा गाउँपालिकामा विदेशी पर्यटक पुगेको छ । सोमवार काठमाण्डौँ हुँदै लिम्चुम्वुङ पुगेका अमेरिकी विदेशी पर्यटकहरुलाई पालिकाले भव्य स्वागत गरेको छ । करिब १० जनाको टोली रहेका उनिहरुलाई पालिकाले स्वागत तथा न्यानो मायाँ देखाएको छ । लिम्चुङबुङ गाउँपालिकाको बारेमा उनिहरुले थाहा पाएपछि त्यस ठाउँमा आउने निधो गरेका थिए । पालिका स्थित एभरेष्ट भ्यु टप, राई चोक र छाँगे झर्नामा उनिहरु रमाएका छन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णशेर राईको समन्वय र सहजीकरणमा उनिहरुलाई स्वागत गरिएको थियो । उनिहरुलाई रमणीय स्थानहरुमा घुमाउन पनि अधिकृत राईले नै सहजीकरण गरेका छन् । उनिहरु बिषेशतया त्यहाँका वातावरण र भुगोल सँग रमाईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । खानपान र हावापानी बिषेश रुचाएका उनिहरु ३ दिन सम्म त्यस ठाउँमा रहने अध्यक्ष...
गाईघाटमा ढुसी परेको पाउरोटीको गुणासो गर्न गएका ग्राहकमाथी निर्घात कुटपिट

गाईघाटमा ढुसी परेको पाउरोटीको गुणासो गर्न गएका ग्राहकमाथी निर्घात कुटपिट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ जेष्ठ । गाईघाटका एक पसलमा ग्राहाक कुटिएको छ । त्रियुगा नगरपालिका वडा नं ११ पुरानो गाईघाट निवासी सुभनारायण ठाकुर ९वेनी० लाई सोमवार पसलमै कुटपिट गरिएको हो । ठाकुरलाई छिमेकी रमितलाल चौधरीका छोरा २१ बर्षिय प्रसान्त चौधरी र त्रियुगा नगरपालिका वडा नं १२ बुद्ध चोकका अन्दाजी ३० बर्षिय सन्जु चौधरीले समेत गरी दुईजनाले कुटपिट गरेको हो । कुटाई खाने ठाकुर नानीका लागि भनेर बिहानपख पाउरोटी लिन पसल गएका थिए । पसलमा जाँदा ढुसी परेको पाउरोटी फेला पारेपछि पत्रकारलाई फोटो खिचेर पठाएका थिए । उक्त फोटो सँगै पसलमा पत्रकार सहित पुगेका ठाकुरले यस्तो गुनस्तरहिन सामाग्री बेच्न नहुने भन्दे सुझाएका थिए । पसले र ठाकुरबीच सामान्य छलफल पछि फ्याक्ट्रीलाई कार्वाही गर्नु पर्छ भन्दै हिड्न लाग्दा पछाडीबाट प्रशान्त चौधरी लगायतका व्यक्तिहरुले अचानक कुटपिट गरेका थिए । उनले पसलमाथी उति ठुलो आरोप नलगाएको भए...
रिपोर्टिङमा  अन्तर विविधता क्षमता अभिबृद्धिका लागि एक दिने कार्याशाला

रिपोर्टिङमा अन्तर विविधता क्षमता अभिबृद्धिका लागि एक दिने कार्याशाला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ जेष्ठ । उदयपुरमा पत्रकारहरुलाई अन्तर विविधता रिपोर्टिङका लागि एक दिने कार्याशला तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र, फोनिज, उदयपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा एक दिने कार्यशाला तथा छलफल कार्यक्रमको आयोजना गरिएको हो । सोमवार राजावास स्थित ओरेक नेपालको भवनमा गरिएको कार्यशालामा बिभिन्न पत्रकारहरुले अन्तर विविधताको बिषयमा जिज्ञासा राखेका थिए । ओरेक नेपाल उदयपुरकी कार्यकारी निर्देशक सुनिता मैनालीले महिलाहरुको बिषयलाई बिभिन्न तरिकाले बिषय उठान गरी समचार बनाउँदा प्रभावकारी हुने जनाईन् । अन्तर विविधताको रिपोर्टिङले गहिराई सम्म पुगेर समचारको वास्ताविकता पत्ता लगाउने र पिडितलाई न्याय दिने उनको भनाई थियो ।...
कमल थापा सहित ५ जना प्रहरी नियन्त्रणमा

कमल थापा सहित ५ जना प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित पाँच जना राजावादी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर प्रवेश गर्न खोजेपछि उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । नारायणचौरबाट सुरु भएको राजावादीहरूको प्रदर्शन बालुवाटारतर्फ अघि बढ्दै जाँदा प्रहरीले राखेको सुरक्षा घेरा तोड्न खोजेपछि यो कारबाही भएको हो । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । राजसंस्था पुनस्थापना र हिन्दु राज्य घोषणाको मागसहित गत जेठ १५ गतेदेखि निरन्तर रूपमा राजावादीले प्रदर्शन गरिरहेको छ । हिजो पनि राजावादीहरूको प्रदर्शन बालुवाटार नजिकै पुगेको थियो तर प्रहरीको सुरक्षा व्यवस्थाका कारण उनीहरू निषेधित क्षेत्रभित्र प्रवेश गर्न सकेका थिएनन् ...
कोशी प्रदेशमा बाढीले क्षति गरेको सडकबारे एमाले सचिव भट्टराईले गराए सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशमा बाढीले क्षति गरेको सडकबारे एमाले सचिव भट्टराईले गराए सरकारलाई ध्यानाकर्षण

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १७ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गएराति परेको अविरल वर्षाका कारण कोशी लोकमार्गलगायत पूर्वी नेपालका मुख्य सडकहरूमा भएको व्यापक क्षतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव भट्टराईले भनेका छन्, ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोरलगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’...
२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १६ जेष्ठ । एसियन लाईफ गाईघाट शाखाले बैदेशिक रोजगार श्रम विमा अन्तरर्गत मृतककी परिवारलाई १३ लाख मृत्यु दावी भुक्तानी प्रदान गरिएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ निवासी स्व. शर्मिला मगरकी आमा नैना कुमारी मगरलाई एसियन लाईफ गाईघाट शाखाले बुधबार कार्यालयमै बोलाएर मृत्यु दावी भुक्तानी प्रदान गरेको हो । गाईघाट शाखाकी प्रवन्धक मेनुका खत्रीका अनुसार स्व. शर्मिलाले २०८०÷०२­÷२१ गते बैदेशिक रोजगारको श्रम बिमा गरेका थिए । १० लाख बरावरको विमा गरेका मगरको बैदेशिक रोजगारको क्रममा साईप्रसमा बिरामी भई नेपाल आएर उपचार गराउने क्रममा २०८१÷१२÷०३ गतेका दिन मृत्यु भएको थियो । स्व. मगरकी आमा नैन कलालाई किरिया खर्च सहित १३ लाख बराबरको चेक हस्तान्तरण गरिएको छ । उनले श्रम विमाको लागि २५ सय बुझाएका थिए ।...