Sunday, May 31News That Matters

Breaking News 3

नृत्यु निर्देशक संघ उदयपुरको अध्यक्षमा प्रेमजंङ्ग किराती

नृत्यु निर्देशक संघ उदयपुरको अध्यक्षमा प्रेमजंङ्ग किराती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ चैत्र । नृत्य निर्देशक संघ उदयपुरका अध्यक्षमा प्रेम जंङ्ग किराती चयन भएको छ । शनिवार बेल्टारमा भएको प्रथम अधिवेशनले किरातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिनेश लामा, सचिवमा निमेश राई, सहसचिवमा तुलसा श्रेष्ठ, कोषाध्यक्षमा गरिमा तामाङ्ग चयन भएको छ भने सदस्यहरुमा अमित राउत, पेमु तामाङ्ग, राजन रसाईली, रितु राई, सपन राई र रोशन राई रहेको छ । नृत्य निर्देशक संघ कोशी प्रदेश सह सचिब मिथुन ठाकुरको अध्यक्षतामा निर्देशक सघ नेपाल उदयपुरको प्रथम अधिबेशमा बसेको बैठकले किरातीलाई सर्वसहमत चयन गरेको हो ।...
होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरमा दोहोरीए डेविट बस्नेत

होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरमा दोहोरीए डेविट बस्नेत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ चैत्र । होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको अध्यक्षमा डेविट बस्नेत दोहोरिएका छन् । उनि दोस्रो पट संघको अध्यक्षमा चयन भएको हो । शनिवार संघको पहिलो साधारण सभा तथा अधिवेशनले बस्नेतको नेतृत्वमा २१ जना कार्यसमिति चयन गरेको हो । अधिवेशनमा १९ जना कार्य समिति बनेको र बाँकी दुई जना मनोनयन गरी जम्मा २१ जना समिति निर्माण भएको हो । यता महासचिवमा पनि इश्वरमान इश्वरमान राई दोहोरीएको छ । अध्यक्षमा बस्ने र महासविवमा राई दोहोरीदा वरिष्ठ उपाध्यक्षमा सुनिता रेग्मी, उपाध्यक्षमा प्रतापसिंह राई, सचिवमा श्रवणकुमार चौधरी, सुमन कोइराला र कोषाध्यक्षमा सुरज साह चयन भएको छ ।        ...
गाईघाटको फार्मेसि तथा औषधी पसलमा अनुगमन, ६ ओटालाई सचेत गराईयो

गाईघाटको फार्मेसि तथा औषधी पसलमा अनुगमन, ६ ओटालाई सचेत गराईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २१ चैत्र । गाईघाटमा नियमविपरित संञ्चालित बिभिन्न ६ ओटा औषधी पसल तथा फोर्मेसिलाई सचेत गराईएको छ । बिहिबार जिल्ला प्रशान कार्यालय उदयपुरको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डे र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईको सक्रियतामा गरिएको अनुगमन टोलीले ६ ओटा फार्मेसि तथा औषधी पसलहरुलाई सुधारका लागि सचेत गराएको हो । १२ ओटा फोर्मेसिहरुलाई गरिएको अनुगममा ६ ओटाले नियमविपरिद संञ्चालन गरेको पाईएपछि पहिलो पटक सुधार गर्ने मौका अनुरुप सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए । पाण्डेकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला प्रहरी कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, करदाता सेवा कार्यालय गाईघाट, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल उदयपुर, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, त्रियुगा नगरपालिका, उद्योग बाणिज्य संघ र संञ्चारकर्मीहरु स...
उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ चैत्र । उदयपुरमा लैँङ्गिक हिंसा घटना व्यवस्थापनको काम कार्वाही थप प्रभावकारी बन्ने आशा गरिएको छ । लैँङ्गिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिले काम प्रभावकारी बनाउनेबारे कार्यविधि पास गरे सँगै यो अपेक्षा गरिएको हो । समितिको कामलाई प्रभावकारी ढँगले अघि बढाउन र कामलाई कुशलतापूर्वक सम्वोधन गर्न कार्यविधिको मुख्य आवश्यक रहेको बताईएको छ । सोमवार जिल्लाको सदरमुकाम गाईघाट स्थित लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिको पहिलो बैठकले उत्साहका साथ कार्यविधि पास गर्न सफल भयो । (ओसिएमसी) नेपाल उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको सहजीकरणमा आयोजित बैठकले कार्यविधि पास बारे बिषेश छलफल र कुराकानी गरेका थिए । बैठकमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका उपलब्धि प्रस्तुतिकरण सँगै एक द्वार संकट ब्यवस्थापन केन्द्रको स्रोत ब्यवस्थापन सम्...
पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ चैत्र । पत्रकारको हत्या र आक्रमण गर्नेमाथी कडा कानुनी कार्वाही र उचित क्षतीपूर्तिको माग सहित पत्रकार महासंघ उदयपुरले तिन दिन देखी विरोध गरिरहेको छ । बिरोधको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनको नाममा पत्रकारलाई निसाना बनाएर हिंसात्मक घटना गराईएको भन्दै प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । सोमवार महासंघका अध्यक्ष बक्ति विलाश पोखरेललको पत्रकार टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेलाई  पत्र बुझाएको हो । महासंघले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यारालाई गहिरो अनुसन्धान गरी mौजदारी मुद्धामा कानुनी कार्वाही र उचित क्षेतिपूर्तिका माग राखेको छ यता हिमालयन टिभीको सवारी साधन फोड्ने, अन्नपूर्ण पोष्ट दैनिकको भवनमा आगो लगाउने तथा तोडफोड गर्ने, कान्तिपुर ...
संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ चैत्र । उदयपुरमा संगिता खड्काको संयोजकत्वमा राष्ट्रिय महिला उद्यमी समिति गठन भएको छ । नेपाल कपडा तथा सिलाई उद्योग संघ अन्तर्गतको महिला उद्यमी समितिको उदयपुर संयोजकमा खड्का नेतृत्वको १३ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको सचिवमा श्याम कुमार राई, कोषाध्यक्षमा सरिता गेलाल रहेकी छिन । यता सदस्यहरुमा लिला कटुवाल, सर्मिला राई, मित्र माया श्रेष्ठ, विमला मगर, सिता माया श्रेष्ठ, कविता सुवेदी, महोन कुमारी खत्री, रमा दर्जी सदा, अमृता श्रेष्ठ र प्रमिला कार्की रहेकी छिन् । आईतबार केन्द्रीय संयोजक ज्ञानु प्रदानको उपस्थितिमा जिल्लामा उद्यमी संघ गठन भएको हो । घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी संयोजक, संघका जिल्ला अध्यक्ष मधुकर थापा सदस्य र महिला उद्यमी विना राईको सदस्य रहेको निर्वाचन टोलीले महिला उद्यमी समिति चयन गरेका थिए । समिति चयन हुन अ...
राजावादी आन्दोलनका ‘नाईके’ सुवेदी घरमै नजरबन्दमा

राजावादी आन्दोलनका ‘नाईके’ सुवेदी घरमै नजरबन्दमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १७ । 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक नवराज सुवेदी विगत दुई दिनदेखि आफ्नै घरमा नजरबन्दमा रहेका छन् । 'नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५' अन्तर्गत प्रमुख जिल्ला अधिकारीको आदेशमा उनलाई नजरबन्दमा राखिएको हो । उक्त ऐनको दफा ३ को उपदफा ३.१ अनुसार सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्न सक्ने कार्य रोक्न स्थानीय अधिकारीले कुनै व्यक्तिलाई निश्चित अवधिसम्म निश्चित स्थानमा नजरबन्द राख्न सक्ने व्यवस्था छ । प्रशासनले सुवेदीलाई घरभित्र मात्र बस्न आदेश दिएको छ । प्रहरी स्रोतका अनुसार सुवेदीको गुह्येश्वरीस्थित निवासमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन् । उनलाई घरबाहिर निस्कन र नजिकका आफन्तबाहेक अन्य व्यक्तिहरूलाई भेटघाट गर्न बन्देज लगाइएको छ । प्रहरी अधिकारीका अनुसार, "उहाँको घरको गेटमा जुनियर अफिसरको कमाण्डमा ४-५ जना प्रहरी खटिएका छन्। ...
उदयपुरमा युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरमा एक युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ बर्षीय युवतीमाथी जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ५६ बर्षीय शिबराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीमाथी जबरजस्ती गरेको आरोप लागेका उनलाई ईलाका प्रहरी कार्यालय बेलटारले शुक्रबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईका अनुसार बिहिवारको घटना पछी किशोरीको परिवारले जाहेरी दिएकोले उनलाई पक्राउ गरिएको हो । किशोरीले दिएको बयानको आधारमा राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । पक्राउ परेको राई विरुद्ध अदालतबाट म्याद थप गरेर कारबाही अघि बढाईएको निरीक्षक राईले बताए ।...
उदयपुरमा शसस्त्र प्रहरीले बरामद गर्यो ८९१ केजी गाँजा

उदयपुरमा शसस्त्र प्रहरीले बरामद गर्यो ८९१ केजी गाँजा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ चैत्र । जिल्ला उदयपुरको बेलका नगरपालिका वडा नं ६ मुर्ति खोलामा शसस्त्र प्रहरीले ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ । शनिवार करिब ७ बजेको समयमा शसस्त्र प्रहरी बल ५ न. हेक्वा त्रियुगा उदयपुरको माताहत सुरक्षा बेस रामपुरले उक्त गाँजा बरामद गरेको हो । शसस्त्र प्रहरी निरिक्षक नरेश चौधरीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले मुर्तिखोला छेउको झाडीमा बाट गाँजा बरामद गरेका थिए । गाँजा झाडिमा लुकाई छिपाई अवस्था राखिएको जनाईएको छ । शसस्त्र प्रहरी बल ५ नं हेक्वा त्रियुगा उदयपुरका शसस्त्र प्रहरी उपरिक्षक शुसिल कुमार शाहीका अनुसार बरामद भएको गाँजा सुरक्षा बेस रामपुरमा राखिएको र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाईएको छ ।...
ताप्लीमाको मादलेमा सात दिवसीय नि.शुल्क स्वास्थ्य सिविर सुरु

ताप्लीमाको मादलेमा सात दिवसीय नि.शुल्क स्वास्थ्य सिविर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
समिप राई .(सुवास) पूर्णपुष्टि, १६ चैत्र । ताप्ली  ताप्ली गाउँपाििलका १ मादलेमा सात दिवसीय निःशुल्क स्वास्थ्य सिविर शनिवारदेखी सुरु भएको छ । उक्त सिविर आईतबार मादलेको एक विद्यालयमा औपचारिक रुपमा सुरु भएको हो । सात दिवसीय सिविरलाई (आ.म.श) सिविरको रुपमा संञ्चालन गरिएको छ । जसलाई आत्म मन शरिर यी सबैलाई स्वास्थ्य राख्न मदत गर्दछ । हेभेन्ली निर्माणा पाथ इकाई समिति ताप्लीको आयोजनामा सुरु भएको सिविर आउँदो सनिवार सम्म संञ्चालन हुने छ । सिविरका लागि आवश्यक जनशक्ति र सामाग्रीहरु व्यवस्थापन गरिएको छ । मानव शरिरको सबै अंगहरु स्वास्थ्य र सुरक्षित हुन पर्छ भन्ने हिसावले सविर संञ्चालन गरिएको आयोजकको भनाई छ । मान्छेको शरिर भन्दा पनि आत्मा र मन अझै स्वास्थ्य हुन जरुरी रहेको भन्दै (आ.म.श.) सात दिवसीय सविरको आयोजना गरिएको आयोजकको भनाई छ । यो सँगै सिविरमा प्यारालाईसिस, ग्याँस्ट्रिक, माईग्रेन, कव्जिय...