Tuesday, July 14News That Matters

Breaking News 3

नेपाली विद्यार्थीको शव लण्डनको थेम्स नदी किनारमा फेला

नेपाली विद्यार्थीको शव लण्डनको थेम्स नदी किनारमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २० । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षणद्वारा उक्त शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिएका छन् । गत मंगलबार फेला परेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा नेपाली राहदानी विभागबाट मगाइएको औँठा छाप परीक्षण गरिएको थियो । परीक्षणले शव र पहिचान भिडेको लन्डन प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । दुवाडीका अनुसार मृत्यु शंकास्पद नरहेको प्रहरीले जनाएको छ, तर थप अनुसन्धान जारी रहेको छ । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीहरूले लन्डन प्रहरी र नेपाली दूताव...
चौदण्डीको लामा खोला आसपासका उत्खनन्  तत्काललाई रोक्न सिडियोको निर्देशन

चौदण्डीको लामा खोला आसपासका उत्खनन् तत्काललाई रोक्न सिडियोको निर्देशन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० बैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नियमविपरिद भैरहेको ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न निर्देशन भएको छ । पालिकाको वडा नं ४ र २ लामा खोला आसपासका ऐलानी जग्गा उत्खनन् तत्कालका लागि रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला समन्वय समिति उदयपुरले निर्देशन दिएको हो । उत्खनन्को निगरानी स्थानीयवासीहरुले बिगत देखीनै गर्दै आएको भएपनि ठेकेदारले अटेर गरिरहेका थिए । त्यस क्षेत्रमा श्री साङ्गे छोयलिङ कन्ट्रक्नस नामक कम्पनीले उत्खनन गरिरहेका थिए । कुनै पनि मापदण्ड र प्राविधिक बिनै लापर्वाही तरिकाले उत्खनन गरिरहेको भन्दै स्थानीयहरुको चर्को बिरोध पछि उक्त कार्य रोक्न जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल र जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर वहादुर विश्वकर्माले निर्देशन दिईएको हो । शुक्रबार लुईटेल र विश्वकर्मा आफै उत्खनन् क्षेत्रको ...
चाम्लीङ्ग खाम्वात्तिम त्रियुगा नगरको प्रथम सम्मेलन सम्पन्न

चाम्लीङ्ग खाम्वात्तिम त्रियुगा नगरको प्रथम सम्मेलन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, १९ बैशाख । चाम्लीङ् खाम्वात्तिम त्रियुगा नगरले पहिलो साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं ११ को साकेला थानमा भएको सम्मेलनमा संस्थाको आर्थिक प्रतिवेदन, प्रगति प्रदिवेन सार्वजानिक गरिएको थियो । चाम्लीङ् खाम्वात्तिमको त्रियुगा नगर अध्यक्ष पर्शराज राईले ४ बर्ष भित्र संस्थाले भए गरेका काम कार्वाही बारे प्रष्ट पारेका थिए भने संस्थाकी कोषाध्यक्ष गिता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । कोषाध्यक्ष राईले संस्थामा भए गरेका गतिविधिमा आर्थिक पार्दशिताबारे जवाफ समेत दिईन् । हाल संस्था आर्थिक स्रोतले नाफामै रहेको पनि प्रतिवेदनले प्रष्ट पारेको छ । अध्यक्ष पर्शराज राईले खाम्वात्तिम त्रियुगा नगर कमिटीलाई चलायमान बनाउन बिभिन्न कार्यक्रमहरु गरिएको जनाए । शसक्त टिम परिचालन गरी चाम्लीङ समुदायको संस्कार संस्कृति, भाषा र इतिहाँसलाई बचाउन संस्था लागि...
प्रभातफेरी र्याली सहित उदयपुरमा मनाईयो सूचना तथा प्रविधि दिवस

प्रभातफेरी र्याली सहित उदयपुरमा मनाईयो सूचना तथा प्रविधि दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ बैशाख । आज राष्ट्रिय सूचना तथा प्रविधि दिवस । उक्त दिवस मे २ का दिन देशैभरी मनाईने गरिन्छ । सूचना तथा प्रविधि सँग सम्बन्धीत ब्यक्ति संघ संस्थाहरुले यस दिवसलाई बिषेश रुपमा मनाउँछ । यसै सन्दर्भमा उदयपुरको गाईघाटमा पनि क्यान महासंघले भव्य दिवस मनाएको छ । शुक्रबार गाईघाट बजारमा प्रभातफेरी र्याली सहित कोणसभा गरेर यो दिवस मनाईएको हो । बिभिन्न विद्यालय, इन्सिटट्युच, प्राविधिक कलेज लगायतको सहभागीतामा उक्त दिवस सम्पन्न गरिएको क्यान महासंघ उदयपुरका सचिव पेशल राईले जानकारी दिए । राईका अनुसार यो बर्ष अन्य गतिविधि भने गर्न नसकिएको जनाए । सूचना प्रविधि जस्तो क्षेत्रमा सरकारले बजेट नछुटाउँदा सोचे जस्तो कार्यक्रमहरुलाई अघि बढाउन नसकिएको सचिव राईको गुणासो छ । गत बर्ष भने र्याली तथा कोण सभा सहित बक्तित्वकला लगायत अन्य कार्यक्रमहरु पनि गरिएको थियो । यस बर्ष स्रोत अभाककै कारण गत बर्ष झ...
कटारी दुर्घटनामा अधिकृतको मृत्यु, ६ घाइते

कटारी दुर्घटनामा अधिकृतको मृत्यु, ६ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्ण पुष्टि १८ वैशाख उदयपुरको कटारी नगरपालिका ६ सोमबारेमा  भएको स्कर्पियो दुर्घटनामा परी एकजना अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिकाका अधिकृत  ५५ वर्षे माधव बस्नेत रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि  दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठसहित ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।...
लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईलाई पितृ सोक

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर राईलाई पितृ सोक

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ बैशाख । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईलाई पितृ सोक परेको छ । लामो समयदेखी बिरामी बुवा सहलमान राईको बिहिबार निधन भएको थियो । पितृ सोक परेपछि राईको परिवारलाई आफन्तजन, पालिकावासी र सुभचिन्तकहरुले परिवारप्रति धैरधारण र सोक हार्दिक श्रदान्जली व्यक्त गरिरहेको छ ।  ...
नक्कली नोट सहित एक महिला पक्राउ

नक्कली नोट सहित एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १८ । मोरङको विराटनगर महानगरपालिका–१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार एक किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेको थियो । खबर प्राप्त भएसँगै तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र ३ हजार १ सय नेपाली रुपैँया सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्हरीले जनाएको छ ।...
त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

त्रियुगा रोजगार केन्द्रद्धारा उत्कृष्ट रोजगारदाता र श्रमिकलाई सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ बैशाख । त्रियुगा नगरपालिका रोजगार सेवा केन्द्रले उत्कृष्ट रोजगारदाता तथा श्रमिकहरुलाई सम्मान गरेको छ । १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा त्रियुगाको २४ जना रोजगारदाता र २३ जना श्रमीक गरी जम्मा ४७ जनालाई बुधबार सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको सभा हलमा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा आन्तरिक रोजगार प्रवद्र्धन अभियान अन्तर्गत श्रम तथा रोजगारी क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने रोजगारदाता तथा श्रमिकहरुको उत्कृष्ट मुल्याङ्कन गर्दै सम्मान गरिएको हो । यस सम्मानले रोजगारदाता र श्रमिकहरुमा उच्चमनोवल र आउने समयमा थप रोजगार बढाउने उत्साह मिल्ने त्रियुगा नगर प्रधानमन्त्री रोजगार शाखाकी संयोजक निशा घलेले बताईन् । घलेकी अनुसार संञ्चार उद्यमी, उद्योगी, फर्म, होटल, कन्ट्रक्सन, मोवाईल ब्यवसायी, ग्यारेज, डेरी, यातायात व्यवसायी लगायत बिभिन्न रोजगारदाताल...
आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

आज १३६ औँ अन्तराष्ट्रिय श्रमीक दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ बैशाख । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमीक दिवस मनाईन्छ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोल...
गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ बैशाख । उदयपुरको गाईघाटमा ४५ दिने गार्मेन्ट सिलाई तालिम सुरु भएको छ । गाईघाट बैँकलाईनको सम्राट आयुर्वेद सँगै रहेको कोशेली गार्मेन्ट उद्योगमा सोमवारदेखी तालिम सुरु भएको हो । तालिममा १० जना सहभागी रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा सिलाई व्यवसायी संघ उदयपर र नेपाल घरेलु तथा सना उद्योग महासंघ उदयपुरको संयुक्त समन्वयमा तालिम सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । गार्मेन्ट सिलाई तालिम उच्चस्तरीय कपडा निर्माण गर्ने तालिम पनि हो । यसमा ट्रयाक सुट तथा टिसट बनाउने सिप निर्माण गरिन्छ । उद्घाटन तालिममा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बिना राई लगायतका पदाधिकारी र घरेलु उद्योग कार्यालयका प्रमुख अर्जुन घिमिरे लगायत कर...