Tuesday, July 14News That Matters

Breaking News 3

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीको ममतामय माता घुरन वती चौधरीको ८३ बर्षको उमेरमा बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई निमोनिया र दमको बिरामी रहेको परिवारले जनाएको छ । गएराति ८ बजे उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।...
उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । उदयपुरमा हुने उपनिर्वाचनका लागि तिन ठुला दलले उम्मेदवार तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकापा माओवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तयार गरेको हो । उदयपुरमा त्रियुगाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा उपनिर्वाचन हुँदैछ । यी दुवै वडाका वडाअध्यक्षको दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । त्रियुगाको १२ मा नेपाली कांग्रेसको तर्फबाट सञ्जीव काफ्ले उम्मेदवार बनेको छ भने एमालेबाट लक्ष्मी नारायण चौधरी र माओवादी बाट नविन राईलाई उम्मेदवार बनाईएको छ । यस्तै बेलका नगरको ९ नं वडामा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का र माओवादीबाट भरत घिमिरे उम्मेदवार छन् । यस बाहेक अन्य पार्टीहरुले भने उम्मेदवार टुँगाएको अवस्था छैन् । तिन ठुला दलले भने दुई ओटा वडाका लागि ६ जना उम्मेदवार तयार पारिसकेको अवस्था छ ।...
काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक २५ । नेपाली काङ्ग्रेसले उदयपुरको दुई वडा निर्वाचनमा उम्मेद्वार छनौट गरेको छ । आगामि मङ्सिर १६ गते उपनिर्वाचन हुने त्रियुगा नगरपालिका, वडा नं। १२ मा सञ्जिव काफ्ले र बेलमा नपा ( ९ मा नवराज बस्नेत छनौट भएका छन् । पार्टिको क्षेत्र नं। १, क्षेत्रिय कमिटिको कार्तिक २० गते बैठकबाट उम्मेद्वार छनौट निर्णय गरेको हो । दुबै वडाका निर्वाचित वडाध्यक्षहरुको निधन भएको हो । काफ्ले, विमारका कारण निधन भएका वडा नं। १२ वडाध्यक्ष चुडाराज काफ्लेका छोरो हुन् भने दुर्घटनामा निधन भएका बेनपा ९ का पदम खड्काको ठाउँमा नवराज उठ्दैछन् ।...
निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ । उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए...
उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, बिचार
पूर्णपुष्टि, २३ कार्तिक । गाईघाटमा उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको विदाई गरिएको छ । शुक्रबार त्रिगायुगा नदी लगायतका विभिन्न नदिहरुमा भक्तजनहरुले उदाउँदो सुर्यलाई फलफुल, दुध, र जल चढाएर अर्घ दिईएको थियो ।  त्रियुगा नदीमा सबैभन्दा बढी भक्तजनहरूको उपस्थित रहेको थियो । ब्रतालु र भक्तालु बाहेक पनि छैठ अनुगमन गर्न त्रियुगा नदीमा हजारौं मानिसहरूको उपस्थित रहेको थियो । त्रियुगा छैठ पूजा त्रियुगा समितिका अध्यक्ष चन्दन शाहले सफलतापूर्वक छैठ पर्व सम्पन्न भएको जनाए । त्रियुगा बाहेक फारसेट खोला र बरुवा खोलाम समेत छैठको लागि भक्तालुहरूलाई ब्यबस्थापन गरिएको थियो । बिहिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छैठ सुरुवात गरिएको थियो ।...
गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिका छैठ पूजा समितिका अध्यक्ष चन्दन शाहका अनुसार भोलिदेखि सुरु हुने पर्वको करिब ९० प्रतिशत काम तयारी सम्पन्न भइसकेको छ । नदी किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले जनाए । स्टेज र पुलको काम पनि सम्पन्न हुन लागेको छ । बिहिबार दिउँसो देखि संञ्चालन हुने छैठ पुजा भोली १२ बजे सम्म सबै कामको फिनिसिङ हुने जनाए । नदि वारपार गर्न सहजताका लागि दुईवटा बाँसको पुल निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणाधीन रहेको छ । साथै व्रतालुहरूको बसाइका लागि नदि किनारमा बाँसको टहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भक्तालुहरुलाई आजै घाट बाड्ने तयारी रहेको पनि समितिले जनाएको छ ।...
त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा वडा स्तरीय भलिवल प्रतियोगिता सँगै खेलकुद सामाग्रि वितरण गरिएको छ । युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत वडाको आ.व.२०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट प्रतियोगिता र सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा तिहारको र छैठको अवसर पारेर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार एक दिवशिय वडास्तरीय भलिवल प्रतियोगिता र वडाभित्रका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । प्रतियोगितामा वडाभित्रका जम्मा ११ ओटा खेलाडी टिमहरु दर्ता भएको थिए । जसमा प्रतियोगिताको उपाधि सुनौलो टोल विकास संस्था सुकौरा भए । सिरुवानी टोल विकास संस्था दोस्रो र लालिगुँरास टोल विकास संस्था आहाले तेस्रो भने । बिजेता पहिलो दोस्रो र तेस्रोले क्रमश : १० हजार ७ हजार र ५ हजार नगद सहित प्रम...
उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

उदयपुरमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारमा दोस्रो चौदण्डीगढी प्रदेश स्तरिय ब्याडमिनटन प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजक बेल्टार ब्याडमिनटन क्लबले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन गरिने जनाएको छ । आयोजकका अनुसार प्रदेश नं. १ स्तरीय मेन्स डबल्स उपाधि विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार र तेस्रो पुरस्कार १५ हजार रहेको छ भने भेट्रान्स तर्फ प्रथम पुरस्कार प्रथमलाई २५ दोस्रोलाई १५ र तेस्रोलाई १० हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स मिक्स डबल तर्फ भने प्रथम पुरस्कार २० हजार, दोस्रो १२ र तेस्रो ८ हजार रहेको छ । त्यस्तै उदयपुर जिल्ला स्तरिय मेन्स डवल्स तर्फ प्रथमलाई ३० हजार दोस्रोलाई १२ र तेस्रोलाई ८ हजार रहेको छ ।...
तिहारले भरिभराउ गाईघाट बजार

तिहारले भरिभराउ गाईघाट बजार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । गाईघाट बजारमा तिहारको प्रभाव देखिएको छ । तिहार लागे सँगै बजार पसलहरु भरिभराउ अवस्थामा छ । बजारको सबै क्षत्रमा सबैखाले चहलपलहल देखिन्छ । किनमेल, सवारी साधन, यात्रु, होटल सबैखाले ब्यपारीक क्षेत्र भरिभराउ छ । माईतिलाई चेलिहरुले पुज्नु पर्ने भएकाले किनमेलमा बढी महिलाहरु देखिन्छ । तिहारको सामाग्रीहरु ब्यपारिहरुले छरपस्टै फिजाएर राखेको छ । बिषेशगरी प्लाष्टिकको माला लगायत तिहारको सामाग्रीहरुको किनमेल बढी देखिन्छ । त्यस पश्चात खाद्यन्न, तरल पदार्थ, लत्ता कपडा, उपहार जस्ता कुराहरु पनि किनमेल भैरहेको छ । दशैँमा भन्दा पनि तिहारमा यो पटक गाईघाटमा भिँडभाँड देखिएको छ । बिगतमा कोरोनाले थलिएर संकट ग्रस्त भएको चाँडबाँड फेरी पुरानै अवस्थामा फर्किदैँछ । तिहारको दोस्रो दिन बजारमा भिँडभाँडले सिमा नाघेको छ । सवारी साधनहरुको आवत जावत र यात्रुको घुँईचो बढेको अवस्था छ । नेपालमा मनाईने...
फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको  फुटवल खेल मैदान

फेरियो त्रिनपा १५ हुवास स्यालगैरीको फुटवल खेल मैदान

Breaking News 1, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । त्रियुगा नगरपालिका १५ हुवास स्यालगैरीमा रहेको पुरानो फुटवल खेल मैदानलाई मर्मत संभार गरिएको छ । लामो समयदेखी बजेट अभावले अलपत्र परेको उक्त खेल मैदानलाई वडा सरकारको पहलमा मर्मत संभार गरिएको हो । वडा सदस्य डम्वर बहादुर राईका अनुसार खेल मैदानका लागि ६८ सालमै जग्गा खरिद गरिएको थियो । त्यो बेला खाँवु गाविस हुँदा गाउँ परिषदको सर्व दलिय बैठक बाट फुटवलका लागि खेल मैदान भनेर बजेट छुटाएर जग्गा खरिद गएिको थियो । त्यस यता फेरी ६९ सालमा ३० हजार बजेट बिनियोजन गरी मैदान सम्म आउने बाटो ल्याईयो र फेरी अर्को पटक थोरै बजेटले मैदानलाई सम्माउने काम भयो । त्यस पछि संघियता आयो संघियताले तिन तहको सरकार खडा गर्यो, त्यस पश्चात त मैदानले पूनर्जिवन पाउनेमा स्थानियहरु निकै आशावादी भए तर सोचे जस्तो काहाँ हुदोरहे छ र तिन तहको सरकार पछि त झनै बजेट बिहिन बन्यो खेल मैदान । १३ बर्ष देखी अलपत्...