Wednesday, July 15News That Matters

Breaking News 3

ब्याडमिन्टन पुरस्कार वितरण तथा पिकनिक पछि कार्यक्रम स्थलकाे सरसफाइ

ब्याडमिन्टन पुरस्कार वितरण तथा पिकनिक पछि कार्यक्रम स्थलकाे सरसफाइ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक १० । ब्याडमिन्टनप्रेमी प्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित आयोजना गरिएको ब्याड्मिन्टन प्रतियोगिताको पुरस्कार वितरण तथा पिकनिक कार्यक्रम स्थलमा पिकनिक सहभागिहरु स्वयम्ले सरसफाई गरेका छन् । आयोजकको आग्रहमा पिकिनिक सहभागिहरुले आफुले पिकनिक खाँदा निस्केका फोहोर मैलाको सरसफाई गरेका हुन् । चप्पण सामुदायिक वन अन्तर्गतको पिकिनिक स्पोर्टमा आयोजना भएको पिकनिकपछि त्यहाँ निस्केका फोहोरलाई सहभागि सबै मिलेर संकलन गरी जलाएका थिए । यसो गरिएपछि पिकनिक खाएको चौरी पुनः सफा भएको छ । यस कार्यले आफुले गरेको फोहोर आफैले सरसफाई गरेमा कसैले पनि फोहोरमा पिकिनिक खान नपर्ने सन्देश दिइएको छ । कार्यक्रम संयोजक बलबहादुर कार्कीले यो सरसफाईको संस्कार मात्र नभइ सभ्य समाजको अभ्यास पनि भएको बताउनुभयो । जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक सम...
लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ कार्तिक उदयपुरको त्रियुगा नगरपालिका(६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र।१(०५(००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा(३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा(११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।...
एमाले आस्थाका तिन जना एकीकृत समाजवादीमा प्रवेश

एमाले आस्थाका तिन जना एकीकृत समाजवादीमा प्रवेश

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ कार्तिक । गाईघाटमा एमाले परित्याग गरी ३ जनाले एकीकृत समाजवादी रोजेको छ । एकीकृत समाजवादी त्रियुगा नगर कमिटीको छलफल कार्यक्रममा उनिहरुलाई पार्टी प्रवेश गराईएको हो । एमालेमा मत दिईरहेका त्रियुगा नगरपालिका १३ दनुवारी चोकका समाजसेवी चिरञ्जीवी राई १२ का कमला राई र पुष्प कार्कीले एमाले त्यागेर समाजवादी रोजेको हो । उनिहरु तिनै जनालाई एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा पूर्व मेयर बलदेभ चौधरीले खादा लगाएर पार्टी प्रवेश गराएको हो । एमालेको बिक्रिति र बिसंगतीका बावजुद देशमा जनताले सुख नपाउने र देशले निकास नपानउ भन्दै पार्टी परिवर्तन गरेको उनिहरुले जनाए ।...
खोटाङमाथि उदयपुरको शानदार जित

खोटाङमाथि उदयपुरको शानदार जित

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि कार्तिक ९ । बडादशै तथा शुभ दिपावलीको अबसर पारेर खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी त्रियुगा नगरपालिका, उदयपुरले जितेको छ । कातिक ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल खेलमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेले ३–१ को सेटमा जितेको हो । खाँबुको कुभिण्डेले खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान टिमलाई पहिलो सेट २५–१३, तेस्रो सेट २५–२१ चौथो सेट २५–२३ ले जितेको हो । प्रतियोगितामा उदयपुर खोटाङ जिल्लाको बिभिन्न १८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उप बिजेता खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान भयो भने तेस्रो खोटेहाङ गाउँपालिकाको वडा नम्बर २ बाप्लुखा भलिबल टिम भएको थियो । जन्तेढुङ्गा गाउँपालिकाका पूर्ब अध्यक्ष...
मदन भण्डारी आँखा अस्पताल गाईघाटमा र्याम्प, स्तनपान र चमेना गृह निर्माण

मदन भण्डारी आँखा अस्पताल गाईघाटमा र्याम्प, स्तनपान र चमेना गृह निर्माण

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ८ कार्तिक । गाईघाटको मदन भण्डारी आँखा अस्पतालले चेमनागृह, स्तनपान कक्ष र र्याम्प स्थापना गरेको छ । जेष्ठ नागरिक र शारिरक अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्डुल सहजका लागि र्याम्प, सेवा लिन आउने विरामी र कुरुवा, कर्मचारीहरुका लागि चमेना गृह र अस्पतालमा आउने साना नानिवावुहरुका लागि स्तनपान कक्ष निर्माण गरिएको हो । उक्त संरचनाहरु स्थापना गर्न सानिमा बैँक गाईघाट र सानिमा लाईफ इन्स्योरेन्स गाईघाटले ३० लाख आर्थिक सहयोग गरेको हो । बँैक र इन्स्योरेन्सको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सानिमा बैँकले १५ र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबाट १५ गरी ३० लाख सहयोग गरेको हो । उक्त सहयोगले अस्पताललाई थप सहज र सेवा थपेको अस्पताल संञ्चालक समितिका सभापति भागवत राउतले जनाए । नेत्र ज्योति संघ मदन भण्डारी आँखा अस्पताल, सानिमा बैँक र सानिमा लाईफ इन्स्योरेन्स सँग सँगै भन्ने नाराका साथ यो कार...
६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ कार्तिक नेपाल रेडक्रस सोसाईटी उदयपुर (नेरेसो) हाल दुई समूहमा बिभाजित बनेको छ । लामो समय बिनोद कुमार बस्नेतले नेतृत्व गरेको नेपाल रेडक्रस सोसाईटीलाई अपार्दशि ढंगले तहस नहस बनाएको आरोप लागेपछि बिवादित बन्यो । हाल उदयपुरमा मदनराज कटुवाल र शम्भु पौडेको छुट्टाछुट्टै समिति छ । यी दुवै समूहले आफ्नै आफ्नै तरिकाले काम गरिरहेको छ । रेडक्रस सोसाईटी उदयपुर यो अवस्था सम्म आईपुग्दा एक पटक ६९ सालको नेतृत्वलाई फर्केर हेर्नु पर्ने अवस्था आएको छ । उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भन्दै ब्लड बैँकको रुपमा अक्षय कोष खडा गर्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले उठाएर दिएको पैसाको बेखबर छ । उक्त रकम यतिवेला मलेसियामा बसेर पसिना बगाईरहेका नेपालीहरुले सोधी खोजी गर्न थालेको छ । २०६८ सालमा मलेसिया बस्ने एक सय दश जना नेपालीहरुले उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भनेपछि र...
त्रियुगा नगर अस्पतालमा निशुल्क स्वास्थ्य सिविर हुँदै

त्रियुगा नगर अस्पतालमा निशुल्क स्वास्थ्य सिविर हुँदै

Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ कार्तिक । त्रियुगा नगर अस्पताल देउरीमा बुधबार निशुल्क स्वास्थ्य सिविर संञ्चालन गरिने भएको छ । त्रियुगा गरपालिकाको आयोजना तथा नेपाल मेडिसिटी अस्पताल ललितपुर र फुलकुमारी महत्तो मेमोरियल हस्पिटल कर्जन्हा सिराहाको प्राविधिक सहयोगमा सिविर संञ्चालन हुन लागेको हो । सिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, बाजोपना लगायत अन्य बिशेषज्ञ सहितको सेवा रहेको जनाईएको छ । सँगै स्त्रि तथा प्रसुति रोग सेवा, जेनेरल फिजिसियन, क्रिटिकल केयर, मुटु रोग, मानसिक रोग, यौैन तथा छाला रोग, प्रयोगशाला, दन्त परिक्षण र रेडियोलोजी लगायतको सेवा पनि सिविरमा उपलब्ध हुने छ । शिविर ९ बजे देखी ४ बजे सम्म हुने जनाईएको छ ।...
गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न

गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, ३ कार्तिक । उदयपुरमा गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न भएको छ । शनिवार गाईघाट पिपलचोक देखी सुरु भएको छैँठौ संस्करणको कोरा च्यालेन्ज ढिम्की रत्न रिसोर्टमा आएर सम्पन्न भएको हो । असोज १२ गते सनिवारका दिन गर्ने भनिएको उक्त च्यालेन्ज बर्षा र प्राविधिक समस्याले रोकिएको थियो । सोही कार्यक्रमलाई कार्तिक ३ गते शनिवार सम्पन्न गरिएको आयोजक जिल्ला साईकलिङ संघ उदयपुरले जनाएको छ । संघका अध्यक्ष माधव बानियाका अनुसार साईकलिङ संस्कृतिको बिकास र महत्व दर्साउँदै जिल्लाको पर्यटकीय स्थानहरुलाई प्रवद्र्धन गर्ने उदेश्य सहित गाईघाट कोरा च्यालेन्जको आयोजना गर्दै आएको हो । उदयपपुरमा सन २०१९ देखी सुरु गरिएको कोरा च्यालेन्ज हरेक बर्ष गर्दै आईरहेको छ । यस पटक गाईघाट परिक्रमा सँगै मोतिगडा, बगाहा, जलजले, चुहाडे, खाटमन्दीर, राजावास गैरुन, आँखा हस्पिटल बोक्से हुँदै ढिम्की मन्दिर नजिक रहेको रत्न रिसोर्ट...
गाईघाटको सेल्फी डाँडाँमा अटो दुर्घटना ७ घाईत, चालक फरार

गाईघाटको सेल्फी डाँडाँमा अटो दुर्घटना ७ घाईत, चालक फरार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ कार्तिक । त्रियुगा नगरपालिका १४ साउने बाट गाईघाट तर्फ झर्दै गरेको अटो त्रियुगा नगरपालिका ११ सेल्फी डाँडाँमा दुर्घटना हुँदा ७ जना घाईते भएको छ । स १ ह८८७ न. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते हुनेहरुमा वडा नं १४ का बस्ने बर्ष ३३ की मञ्जु मगर उनको टाउकोमा टुटुल्का उठेको दुवै हातमा सामान्य चोट, ऐ बस्ने बर्ष १० को किस्मन मगर टाउकोमा टुटुल्का उठेको दुवै हातमा सामान्य चोट ढाड चलाउन गार्‍हो भएको, ऐ. बस्ने नारद मगरको छोरी बर्ष १० की शिक्षा मगर अनुहार सामान्य चोट टाउकोमा टुटुल्का उठेको, ऐ. बस्ने बर्ष २४ की रत्न परीयार कम्मर,बाँया हात खुट्टामा सामान्य चोट, ऐ बस्ने बर्ष ३४ की हेमा थापा मगर निधारमा गहिरो चोट अवस्था बोल्न सक्ने, ऐ बस्ने हेमा थापा मगरको छोरा बर्ष ७ को रियाज मगर अनुहार र बाँया कुममा सामान्य चोट र ऐ १४...
खोटाङमा भएको क्षतीको भौतिक संरचना तत्काल पून : निर्माण गर्न सांसद राईको माग

खोटाङमा भएको क्षतीको भौतिक संरचना तत्काल पून : निर्माण गर्न सांसद राईको माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ कार्तिक । खोटाङका बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा माओवादी सांसद राम कुमार राई (पासाङ्) सहितको टोलीले बाढी पहिरोले खोटाङमा गरेको क्षती तत्काल पून : निर्माण गर्न सरकार सँग माग गरेको छ । राईको नेतृत्व टोली खोटाङमा एक अर्ब बढीको क्षती पुगेको भन्दै क्षती विवरण सहित ध्यानाकर्षण पत्र लिएर प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए । उनिहरुले खोटाङको अवस्था सहज बनाउन तत्काल भौतिक संरचनाहरुको निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो । उदयपुर खोटाङ् जोड्ने फोक्सिन्टारको आर्क बृज पुल सहित सडक, सिंचाई र वस्तीहरुमा क्षती पुगाएको छ । अत्यावश्यक भौतिक संरचनाहरु ठप्प हुँदा खोटाङवासीहरुलाई समस्या परेको ध्यानाकर्षणमा उल्लेख गरिएको छ । गएको असोज १२ गतेको वर्षाले जिल्लामा गरेको क्षतिको पुननिर्माण गर्न तथा पीडितलाई आवश्यक राहत उपलब्ध गराउन सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन...