Wednesday, July 15News That Matters

Breaking News 3

बगाहामा कार्तिक ३ देखी स्व. कैलास राई स्मृति फुटवल प्रतियोगिता हुने

बगाहामा कार्तिक ३ देखी स्व. कैलास राई स्मृति फुटवल प्रतियोगिता हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १ कार्तिक । दोस्रो स्वर्गिय युवाराज (कैलाश) राई स्मृति फुटवल प्रतियोगिता यहि कार्तिक ३ गतेबाट सुरु हुने भएको छ । बगाहा युवा समूहको आयोजनामा बगाहा खेलमैदान स्थित शनिवारदेखी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सिराहा सिन्धुली लगायत ख्याति प्राप्त ८ ओटा टिमले सहभागी जनाउने छ । उक्त टिमबारे आयोजकले टाईसिटनै सार्वजानिक गरिसकेको छ । त्रियुगा नगरपालिका ४ बगाहा निवासी स्व. कैलाश राई युवाहरु प्रति लोकप्रिय फुटवल खेलाडी थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । राईको खेल इच्छा र आफ्नो ठाउँमा खेलाडी उत्पादन सँगै फुटवल प्रतिको योगदान स्वरुप गत बर्षबाट प्रतियोगिता सुरु गरिएको थियो । सोही अनुसार प्रतियोगितालाई निरन्तरता दिन दोस्रो प्रतियोगिता तयार भएको छ । प्रतियोगिताको बिजेता टोलीले ५१ हजार र दोस्रोले ३१ हजार नगदसहित सिल्ड र प्रमाण पत्र पाउनेछ ।...
उदयपुर प्रहरीले धुमधामका साथ मनायो ६९ औँ प्रहरी दिवस

उदयपुर प्रहरीले धुमधामका साथ मनायो ६९ औँ प्रहरी दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० असोज । जिल्ला प्रहरी कार्यालयले उदयपुरले बुधबार ६९ औँ प्रहरी दिवस धुमधामले मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आथित्यतामा दिवस मनाईएको हो । प्रहरी कर्मचारी, स्थानीय सरकार, संञ्चारकर्मी, पूर्व प्रहरी अमर प्रहरी, व्यपारी, राजनितिक दल लगायतको उपस्थितिमा दिवस मनाईएको हो । दिवसको अवसरमा ब्याडमिन्टन खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण सँगै अमर प्रहरीको परिवार, पूर्व प्रहरी, प्रहरी परिवारको उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान, पुरस्कार र कदर पत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा त्रियुगा नगर प्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, जिल्ला प्रमुख अधिकारी हरि प्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।  ...
लिम्चुङबुङमा झुुण्डिएको अवस्थामा महिला मृत फेला, माईती पक्षबाट हत्याको दावी

लिम्चुङबुङमा झुुण्डिएको अवस्थामा महिला मृत फेला, माईती पक्षबाट हत्याको दावी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ असोज । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा झुण्डिएको अवस्थामा मिहिला मृत फेला परेको छ । पालिकाको वडा नं ३ स्थित क्षत्र भुजेलको श्रीमती २० बर्षिया निङ्मा यान्जी शेर्पाले कोठा भित्र सलमा झुण्डीएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । आईतबार कोठामा सलमा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । श्रीमान क्षत्र भुजेलले झुन्डिएको अवस्थामा श्रीमतीलाई फेला पारेपछि बचाउन सकिन्छ भन्ने उदेश्येले सलबाट निकालेर खाटमा राखेका थिए । तर श्रीमती भने मृत अवस्थामा थिए । माईती पक्षबाट हत्याको दावी गरेको छ । माईती पक्षले हत्या गरेको आरोप लागाउँदै भुन्डिएको कुरामा बिरोध गरेको छ । मृत महिलाको पोष्ट मार्टम गर्न जिल्ला हस्पिटल उदयपुर ल्याईएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज २४ । सशस्त्र प्रहरी बल नेपाल नं.५ गण हेडक्वाटर त्रियुगा (उदयपुर)ले सर्बसाधारणसमेतका लागि पिङ्ग बनाएकाे छ । त्रियुगा नगरपालिका-९ बाेक्से स्थित हे.क्वा.<span;>को मुख्यगेट अगाडी रहेको खालि जग्गामा पिङ्ग बनाएकाे हाे । बडा दशै तथा शुभ दिपावली २०८१ अवसरमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणलाई लक्षित गरी लिङ्गे पिङ्ग बनाएकाे सशस्त्र प्रहरी उपरिक्षक सराेज बस्नेतले बताउनुभयाे । पिङ्गकाे आज बिधिवत उद्‍घाटन भयाे । पिङ्ग दशैं, तिहारमा खेल्ने चलन छ । यहि चलनलाई जगाउन पिङ्ग बनाईएकाे जनाईएकाे छ ।...
किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असाेज २४ ।  सिलप्याक खानेपानी बोतलमा किरा भएको अर्को भिडियो हामीलाई प्राप्त भएको छ । रौता स्प्रिङ वाटर प्रा.लि. मोतिगडाले उत्पादन गरेको खानेपानीभित्र किरा भएको अर्को बोतल फेला परेको हो । एक उपभोक्ताले केही समय अघि फेला परेको यो बोतलको भिडियो हामीलाई उपलब्ध गराएको हो । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड प्रष्ट हुने भिडियो पूर्णपुष्टिले सार्बजनिक गरेको छ । भिडियो : https://www.youtube.com/shorts/h874ra9B_h4...
उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
उदयपुर, असोज २३ । बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ । पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।...
रौता पानी फ्याक्ट्री : गलत लुकाउन क्यामेरा तोडफोड, पत्रकारमाथी दुव्र्यवहार

रौता पानी फ्याक्ट्री : गलत लुकाउन क्यामेरा तोडफोड, पत्रकारमाथी दुव्र्यवहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ असोज । गाईघाटको रौता पानी फ्याक्ट्रीले आफ्नो गलत लुकाउन पत्रकारमाथी हातपात गर्नुका साथै क्यामेरा तोडफोड गरेको छ । बुधबार बोक्से स्थित कोलेनिका कार्यालयमा रौता पानी फ्याक्ट्रीको शिल्ड प्याक पानी भित्र कुखुराको प्वाँख फेला परेका थिए । सोही अवस्थामा फोहोर पानी बिक्रि वितरण गरिरएको कुराको समचार संकलन गर्न गएका पूर्णपुष्टि मिडियाका बिक्रम राई र सुनिल राईमाथी लछारपछार गर्दै क्यामेरा खोसेर क्यामेरा तोडफोेड भएको थियो । उक्त फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी, र श्रमती छोरा सहितको संलग्नतामा क्यामेरा तोडफोड र मोवाईल कब्जा भएको थियो । क्यामेर फुटाएर बिक्रम राईको मोवाईल समेत फुटाउने प्रयास गरेको चौधरीले अन्तत मोवाईले भने फुटाउन पाएन । श्रीमतीले कन्ट्राल गराउँदै मोवाईले भने कब्जा गर्यो । क्यामेरा फुटाएर मोवाईल फुटाउन तयार रहेको चौधरीलाई श्रीमतीले कन्ट्रोल गर्दै मोवाईल बक्जा ग...
चेन्नईमा वायुसेना प्रदर्शनीमा गर्मी र भीडका कारण ५ जनाको मृत्यु

चेन्नईमा वायुसेना प्रदर्शनीमा गर्मी र भीडका कारण ५ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ । भारतको चेन्नईमा भारतीय वायुसेना (आईएएफ) को ९२ औँ वार्षिकोत्सव समारोहमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । कीर्तिमानी १५ लाख मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा अन्य धेरै व्यक्तिहरू घाइते भई अस्पताल भर्ना गरिएको छ । मरीना बिचमा आयोजित प्रदर्शनीमा तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको थियो । एनडीटीभीका अनुसार दर्शक क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको पाइएको छ । कार्यक्रमस्थलमा पुग्न दर्शकहरूले लामो दूरी पैदल हिँड्नुपरेको थियो। त्यसैगरी, प्रदर्शनीपछि सार्वजनिक यातायात प्रयोग गर्न वा निजी सवारी साधन लिन पनि मानिसहरूलाई जामले भरिएको सडकमा ३ देखि ४ किलोमिटरसम्म हिँड्नुपरेको बताइएको छ । समुद्र तटको वरिपरि भीडले गम्भीर ट्राफिक जाम निम्त्याएको स्थानीय प्रहरीले जनाएको छ ।...
उदयपुरको जलजलेमा श्रीमानले गरे श्रीमतीको हत्या

उदयपुरको जलजलेमा श्रीमानले गरे श्रीमतीको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ असोज । उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेमा करिब ६ बजेको समयमा घटना भएको हो । श्रीमान जंग बहादुर तामाङले आफ्नै श्रीमतीलाई हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार २९ बर्षिय उर्मिला तामाङको हत्या भएको हो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ताप्ली गाउँपालिकाका ठेगाना भएका उर्मिला र जंग बहादुर तामाङ जलजलेमा भाडामा बस्दै आएको खुलेको छ । घटनाबारे बिस्तिृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
प्रसाईं समर्थकद्वारा आगजनी गरिएको ट्रकका चालकको मृत्यु

प्रसाईं समर्थकद्वारा आगजनी गरिएको ट्रकका चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २१ ।  झापाको बिर्तामोडमा दुर्गा प्रसाईं पक्राउको विरोधमा उनका समर्थकले आगजनी गरेको भारतीय ट्रकका चालकको उपचारको क्रममा मृत्यु भएको छ । केही समयअघि बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक प्रसाईं समर्थकहरूले सुनसरीको दुहबीबाट जुट लिएर आउँदै गरेको भारतीय ट्रकमा आगजनी गरेका थिए । ट्रकका चालक भारत इस्लामपुर निवासी ४० वर्षीय प्याड रोयको दाहिने हात र ढाड जलेर गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएकोमा शनिबार मृत्यु भएको हो । मृतकका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल-भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । त्यसपछि नेपाल र भारतीय प्रहरीको समन्वयमा शव नेपाल ल्याइएको छ र हाल मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा नागरिक प्रतिरक्षा बलका झापा संयोजक भ...