Tuesday, July 14News That Matters

Breaking News 3

मुर्कुची नमुनाव माविका विपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक

मुर्कुची नमुनाव माविका विपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक

Breaking News 1, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, ८ मंसिर । मुर्कुची नमुना माविका बिपन्न विद्यार्थीहरुलाई शैक्षिक पोसाक वितरण गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत बिपन्न ३६ विद्यार्थीलाई शैक्षिक पोसाक बितरण गरिएको हो । उक्त पोसाक पूर्व विद्यार्थी समाज उदयपुरको समन्वयमा शुक्रबार ‘प्रकृति प्रेमी समाज उदयपुर’ले १२ छात्रा र २४ छात्रलाई प्रदान गरेका थिए । उनीहरुको आवश्यकता अनुसार पोसाक सर्ट, पाईन्ट, ट्रयाकसुट र जुत्ता बितरण गरिएको आयोजक प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शसीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आमनागरिकको समान दायित्व रहने बताए । उनले भने, ‘बिद्यालयबाट मात्र शैक्षिक सुधार सम्भव नभएकाले, नागरिक तवरबाट हुने यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक गुणस्तर...
त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

त्रियुगा १२ को उपनिर्वाचनमा जसपा नेपाल र विप्लवले माओवादी केन्द्रलाई सघाउने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ७ मंसिर । यहि मंसिर १६ गते त्रियुगा नगरपालिका १२ नं वडामा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । शुक्रबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै दुई पार्टीले माओवादी केन्द्रका उम्मेदवार नविन वान्तावा राईलाई सघाउने निर्णय गरेको जनाए । जसपा पार्टीका नेताहरु सिद्धान्त राई, घनश्याम कटुवाल, छिवाहाङ राई, हस्त शोभा र जिल्ला अध्यक्ष ओसन घिमिरे र विप्लव बाट नगर सेक्रेटरी बिमल सी लगायतको उपस्थितिमा माओवादी केन्द्रलाई सघाउने जानकारी गराएको हो । माओवादी केन्द्रका नगर अध्यक्ष मानवाहदुर राई, जसपा अध्यक्ष ओसन घिमिरे र विप्लका नगर सेक्रेटरी बिमल सी को संयुुक्त हस्ताक्षर बिज्ञाप्तीमा यी तिनै पार्टीहरु उपनिर्वाचनमा एक भएर उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने भनिएको छ । त्रियुगा १२ मा एक स्वतन्त...
सम्पन्न भयो कर सप्ताह, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्यवसायी सम्मानित

सम्पन्न भयो कर सप्ताह, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्यवसायी सम्मानित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ मंसिर । उदयपुरमा मंसिर १ गतेबाट सुरु भएको देशव्यापी कर सप्ताह गाईघाटमा सम्पन्न भएको छ । करदता सेवा कार्यालय गाईघाटले १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा गाईघाट लगायत उदयपुरको बिभिन्न शहरमा एक हप्ते कर सप्ताह कार्यक्रम संञ्चालन गरिएको थियो । करदाता सेवा कार्यालय गाईघाटका सूचना अधिकारी रेख मगरका अनुसार विविध कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया सँगै १३ औँ कर दिवस बिहिबार भव्य रुपमा सम्पन्न गरिएको हो । कर सम्बन्धी अन्तरक्रिया, विद्यार्थीहरुलाई कर शिक्षा, प्रभातफेरी र्याली, व्यवसायी जनप्रतिनिधि तथा सुरक्षा निकायहरु सित कर सम्बन्धित अन्तरक्रिया र खेलकुद लगायत महत्वपूर्ण कार्यक्रमहरु सप्ताहमा गरिएका थिए । सोहि दिवसको अवसर पारी नियमित र इमान्दारी कर तिर्ने व्यवसायीलाई उत्कृष्ट व्यवसायीलाई सम्मान पनि गरिएको छ । कटारीका व्यवसायी नेपाल माईनिङ एण्ड कन्ट्रकसनका संञ्चालक समेत रहेका प्रया...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु, दुई छोरा घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा बाबुको मृत्यु, दुई छोरा घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, ५ मङ्सिर ।  उदयपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका वडा नं. १३ असारी दनुवारी चोकबाट गाईघाट तर्फ आउँदै गरेको स १ त ५७४२ न. को ट्रयाक्टर र विपरीत दिशा तर्फ जादै गरेको प्र १-०५-००१ प ४२७३ न. को मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । सोही मोटरसाईकल पछाडी सवार निजका दुई जना छोराहरु घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने वर्ष अ. ४५ को महादेव चौधरी रहेका छन भने सोही मोटरसाइकल पछाडि बस्ने निजका दुई छोराहरु वर्ष अ. १५ को दिवाकर चौधरी र वर्ष अ. १०  कृष्ण चौधरीलाई उपचार्थ तत्कालै जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ । उपचारका लागि अस्पताल लगिएको बुबाको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो । मृतक महादेव चौधरीका दुबै छोराहरुलाई प्रारम्भिक उपचार पश्चात ...
स्वतन्त्र उम्मेदवार बजरङ्गी कुमार दासले पाए चापाकल चुनाव चिन्ह

स्वतन्त्र उम्मेदवार बजरङ्गी कुमार दासले पाए चापाकल चुनाव चिन्ह

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ मंसिर । त्रियुगा नगरपालिका वडा नं १२ मा यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा एक मात्रै स्वतन्त्र उम्मेदवार परेको छ । डिएमेगट निवासी २६ बर्षिय बजरंङ्गी कुमार दासले वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको हो । दासलाई बुधबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । उनले शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी सँगै विकासका पूर्वधारहरुलाई मुख्य जोड गरेको छ । खोनाला नियन्त्रण, वस्ती व्यवस्थापन, विद्यालय निर्माण जस्ता कुरालाई अघि सारेको छ । दास सँगै अन्य आठ दल पनि चुनावी मैदानमा छन् । कांग्रेस, एमाले, माओवादी लगायत प्रमुख दलहरु सँगै अन्य साना दलहरु पनि प्रतिस्पर्धामा छन । दासले १२ नं वडामा विद्यालय पनि खोल्ने जनाएको छ ।...
पहिचानवादीहरुको निर्णयक आन्दोलन : आम हड्तालदेखी तेस्रो जनआन्दोलन सम्म

पहिचानवादीहरुको निर्णयक आन्दोलन : आम हड्तालदेखी तेस्रो जनआन्दोलन सम्म

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ५ मंसिर । पहिचानवादीहरुले पूर्वको १४ जिल्लामा फेरी आन्दोलन सुरु गरेको छ । पहिलो चरणको आन्दोलन पश्चात नयाँ चरणको आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले आम हड्तालदेखी तेस्रो जनआन्दोलन समेत घोषणा गरेको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले आईबार बिरोध प्रदर्शन गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । सोही दिन देखी समितिले दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । आन्दोलनमा ८२ प्रदेश सांसद सहित एमालेका केपि शर्मा ओली, महेश बस्नेत र योगश भट्टराई सहित थप तिन नेता गरी ८५ जनालाई सार्वजानिक कार्यक्रममा रोक लगाउने र कोशी लेखेको बोर्ड ब्यानर पनि हटाउने संघर्ष समितिले जनाए । प्रदेश नं १ लाई कोशी नामाकरण गरी पहिचानवादीहरुमाथी अन्याय गरेको भन्दै नाम सच्याएर पहिचानकै आधारमा राख्नु माग सहित पहिचानवादीहरुले आन्दोलन चर्काई रहेको अवस्था छ । एमाले कांग्रेस र माओवादी समेतको सहमतिमा राखिएको कोशी ...
माओवादीबाट त्रियुगामा नविन र बेलकामा भरतले गराए मनोनयन दर्ता

माओवादीबाट त्रियुगामा नविन र बेलकामा भरतले गराए मनोनयन दर्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २ मंसिर । आगमी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बेलका नगरपालिका ९ र त्रियगा १२ मा माओवादी उम्मेदवारले मनोनयन दर्ता गराएको छ । बेलका ९ मा भरत घिमिरे र त्रियुगा १२ मा नविन राईले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राई र घिमिरेले मनोनन दर्ता गराएको हो । मनोनयन दर्ता सँगै दुवै उम्मेदवार यतिवेल व्यापक चुनावी प्रचार प्रसार कार्यक्रममा होमिएका छन् । पार्टीका दलगल सहित नेता तथा कार्यकर्ताहरुको बृहत उपस्थितिमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ । माओवादी सँगै कांग्रेस, एमाले, रास्वपा, राप्रमा लगायतका पार्टीहरुले पनि दुवै स्थानमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।...
त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी  दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको छ । एक मात्रै युवा उम्मेदवार बजरंङ्गी कुमार दासले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो । हाल सम्म स्वतन्त्रमा दासले मात्रै मनोनयन दर्ता गराएको छ । बाँकी सबै दलहरुले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा कांग्रेस, एमाले, माओवादी लगायत दलहरुले मनोनयन दर्ता गराएको छ ।...
उदयपुर उपनिर्वाचन : आज मनोनयन दर्ता गराउँदै उम्मेदवारहरु

उदयपुर उपनिर्वाचन : आज मनोनयन दर्ता गराउँदै उम्मेदवारहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ मंसिर यहि मंसिर १६ गते हुने उदयपुर उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । उदयपुरमा पनि दुई ठाउँ निर्वाचन हुने भएको छ । बेलका नगरपालिका ९ र त्रियुगा १२ गरी दुई ठाउँमा उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ काँग्रेस, एमाले, मोवादी, रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्त लगायतका पार्टीहरुले उम्मेदवारी घोषणा गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलगल सहित मनोनयनका लागि उम्मेदवार र पार्टी पंक्तिहरु तयारी अवस्थामा छ । बेलका ९ र त्रियुगा १२ का वडा अध्यक्ष दवै जनाको सवारी दुर्घटना मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । सोही पद पूर्ति गर्न उपनिर्वाचन गर्न लागिएको हो ।...
मंसिर २ गते बिराटनगरमा पहिचान पक्षधहरुले आन्दोलन गर्ने

मंसिर २ गते बिराटनगरमा पहिचान पक्षधहरुले आन्दोलन गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । पहिचान पक्षधरहरुले बिराटनगरमा मंसिर २ गते आन्दोलन गर्ने भएको छ । प्रदेश नं १ पून ः नामाङ्कन संघर्ष समितिले कोशी नाम खारेजी सँगै पहिचानको आधारमा पून ः प्रदेशको नामाङ्कन हुनु पर्ने माग सहित आन्दोलन गर्ने भएको हो । संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले पहिचानवादीहरु उठिसकेको जनाए । मंसिर २ आन्दोलनलाई लक्षित गर्दै गाईघाटमा गरिएको अन्तरक्रियामा बोल्दै थेगिमले आन्दोलनका लागि पहिचान पक्षधरहरु एक भएर भैसको जनाए । आदिवासी जनजातिहरुको पहिचान र अधिकारमाथी सरकारले अन्याय गरेको भन्दै त्यसको लागि आफुहरु संघर्षमा उत्रिएको थेगिमको भनाई छ । मंसिर २ को आन्दोलन सँगै बिभिन्न चरणमा संघर्ष अघि बढाउने पनि थेगिमले जनाए । थेगिमले सरकारले गरेको अत्याचारका कारण आज पहिचान पक्षहरुले सडक र सदन खोजिरहेको जनाए । सरकारले आदिवासी जजातिहरुका पहिचान मेटाउन नखोजेको भए आज पहिचान पक्षधरहरु...