Friday, May 15News That Matters

आर्थिक

उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता वृद्धी, चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन

उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता वृद्धी, चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ६ उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमताममा वृद्धी भएसंगै यो चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन गर्न सफल भएको छ । सरकारी स्वमित्वको देशको एकमात्र ठूलो उदयपुर सिमेन्ट उद्योगले मंसिरमा १५ सय १० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको हो । यो उत्पादन चालु आर्थिक वर्षयताको सबैभन्दा बढि रहेको उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले बताउनुभयो । आ.व.को पहिलो महिना साउनमा ९ हजार ५, भाद्रमा १२ हजार १०, असोजमा ६ हजार ४२०, कार्तिकमा १० हजार १० मेट्रिन टन उत्पादन देखिन्छ । उद्योगले असोजबाहेक सबै महिनामा लक्ष्यबढी क्लिङ्कर उत्पादन दिएको छ । गुणस्तरीय र ठूलो मात्रामा क्लिङ्कर उत्पादन गर्नु उद्योगको मुख्य लक्ष्य हो । क्लिङ्कर उत्पादन बृद्धिसंगै सिमेन्ट उत्पादन र विक्रीमा पनि मंसिरमा अहिलेसम्मकै रेकर्ड ब्रेक भएको छ । उद्योगको रेकर्ड अनुसार मंसिरमा १० हजार ५३४ मेट्रिक टन सिमेन्ट उत्पादन भ...
बाली पशुपन्छी तथा जनवारको बिमा क्षती मुल्याङकन सम्बन्धि ३ दिने तालिम सम्पन्न

बाली पशुपन्छी तथा जनवारको बिमा क्षती मुल्याङकन सम्बन्धि ३ दिने तालिम सम्पन्न

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष ५ उदयपुर गाईघाटमा लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा भएको बिमा क्षती मुल्याङकन कर्ता सम्बन्धि ३ दिने तालिम सोमवार सम्पन्न भएको छ । तालिममा पशुपन्छी, बाली तथा जनवारहरुको बिमा बापतको क्षती बिवरणको सत्यतथ्य पत्ता लगाई कृषकहरुलाई क्षतीपुर्ति दिने सम्बन्धबारे सिकाईएको लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीका उदयपुर शाखा प्रमुख सुदिप चौधरीले बताए । चौधीले हाल २० ओटा बिमा कम्पनीहरुलाई नेपाल सरकारले एरिया तोकेरै बिमाको जिम्मा दिएको बताउँदै उदयपुर खोटाङ र भोजपुरमा लुम्विनी जनरल इन्स्योरेन्सको बिमा कार्यक्षेत्र रहेको जनाए । कम्पनीमा रहेका केहि अभिकर्ता र जिल्लामा रहेका थप नयाँ अपभकर्ताहरुलाई तालिम दिईएको छ । बिभिन्न प्राकृतिक प्रकोप तथा रोग जस्ता समस्याले कृषि बाली, पशुपन्छ तथा जनवारहरुमा क्षती पुग्ने हुँदा कृषकहरु ठुलो मारमा पर्ने गरेको छ । सोही क्षती बापतको रकप उपलब्...
बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल

बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल

Breaking News 1, आर्थिक, संसार
पूर्णपुष्टि, पुष ३ नेपाल सरकार बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई र उदयपुरका पत्रकारहरु बिच शनिवार गाईघाटमा भेटघाट तथा छलफल कार्यक्रम भएको छ । बिभिन्न जिल्लाहरुमा बोर्डले गरेको काम कार्वाही प्रति हुलाक कार्यालय तथा पत्रकारहरु सँग प्रतिक्रिया लिने क्रममा खोटाङ हुँदै उदयपुर आईपुगेका हुमागाईले जिल्ला हुलाक कार्यालयमा पत्रकारहरु बिच आफ्नो धारणा राख्दै भेटघाट तथा छलफल गरेको छ । हुमागाईले पछिल्लो समय बोर्ड स्थापना पश्चात बिज्ञापन सम्बन्धि निति नियमहरुको कामलाई व्यवस्थित गरेको जनाएको छ । बोर्ड आएपछि पत्रकारहरुलाई सहज भयो भएन सहजीकरणको लागि के गर्न सकिन्छ जस्तो प्रश्नहरु लिएर अध्यक्ष हुमागाई बिभिन्न जिल्लाहरुमा गुमिरहेको छ । हुमागाईले बोर्डले हाल सम्म बिज्ञापनको व्यवस्था, बिज्ञापन बजार बढाउने व्यवस्था, बिधुतिय माध्यमहरुको भुक्तानि सम्बन्धि प्रक्रिया सुरु, सरकारको बिज्ञापन एकद्ध्वा...
त्रियुगा उद्योग बाणिज्य संघको आगामी चुनवाको लागि १२ सय बढी व्यवसायीले गरे सदस्यता नविकरण

त्रियुगा उद्योग बाणिज्य संघको आगामी चुनवाको लागि १२ सय बढी व्यवसायीले गरे सदस्यता नविकरण

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर २६ त्रियुगा उद्योग बाणिज्य संघको आगामी पुष ३ गते हुने साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै १२ सय बढी व्यवसायीहरुले सदस्यता नविकरण गरेको छ । संघका पूर्व अध्यक्ष गजेन्द्र भगतको कार्यकालमा कुनै पनि समय साधारण सभा तथा अधिवेशन हुन नसकेको अवस्थामा सदस्यता नविकरणको काम समेत लथालिङग रहेको अवस्थामा थियो । हाल संघमा कार्यवाहक अध्यक्ष रुपमा रमेश रसाईलीको नेतृत्व छ । रसाईली नेतृत्वको समितिले संघलाई चुस्त दुरुस्त र क्रियाशिल राख्न यहि पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने तयारी गरिरहेको छ । सोही तयारी अन्तगरर्गत संघले मंसिर ५ गते सम्म व्यवसायीहरुलाई सदस्यता नविकरणको लागि आह्वान गरेका थिए । बिभिन्न संञ्चार माध्यम तथा आफ्नो अफिसिल संञ्जालहरु बाट गरिएको सूचनाको आधारमा १२३७ जना व्यवसायीहरुले आगामी चुनावलाई सम्बोधन गरेको अध्यक्ष रसाईलीले बताउनुभयो । रसाईलीका अनुसार सदस्यता नविकरण...
त्रियुगा उद्योग वाणिज्य संघमा स्वतन्त्र निर्वाचन समितिको खोजी

त्रियुगा उद्योग वाणिज्य संघमा स्वतन्त्र निर्वाचन समितिको खोजी

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ४ । त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटमा स्वतन्त्र निर्वाचन समितिको खोजी हुन थालेको छ । विगतमा गजेन्द्र भगत नेतृत्वको कार्यसमितिले संघलाई सम्हाल्न नसक्दा पुरै विवादित भएपछि विकल्प खोजी भएको हो । स्वतन्त्र संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै स्वतन्त्र निर्वाचन समितिमार्फत त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको नयाँ कार्यसमिति चयन चाहेको कुरा सार्बजनिक गरेको छ । समितिका संयोजक चुडामणी कार्कीले अध्यक्ष भगतको टिम र बरिष्ठ उपाध्यक्ष रमेश रसाईलीको टिम भन्दा छुट्टै स्वतन्त्र पक्षले निर्वाचन गराउनुपर्ने धारणा राखे । स्थानीय प्रशासनको निगरानीमा स्वतन्त्र निर्वाचन समिति बनाउन उनको अपिल छ । संघको नेतृत्व गतिलो नहुँदा संघमा विवाद र झमेला मात्र चलिरहेको छ । तीनवर्षे कार्यकाल विभिन्न वाहानाबाजीमा म्याद थप्दै पाँचवर्ष कटाइसकिएको छ । संघभित्रको विवाद अदालतसम्म मुद्दामामिला चलि...
कर दिवसमा कर्मचारी रेख मगर पुरस्कृत

कर दिवसमा कर्मचारी रेख मगर पुरस्कृत

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर ३ । दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा उदयपुर जिल्ला स्थित करदाता सेवा कार्यालय गाईघाटका कर्मचारी रेख मगर पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनी पुरस्कृत भएका हुन् । दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा मंसिर १ गते आयोजित कार्यक्रममा मगर पुरस्कृत भएका हुन् । मगरको उत्कृष्ट काम मात्र नभई सेवाग्राहीलाई मैत्री ब्यवहार र नम्र बोली पनि रहेको छ । सो अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने सुचिमा नविन निरौला परेका छन् । उनी पनि पुरस्कृत भए । दिवस मनाएसंगै हाल कर सप्ताह कार्यक्रम चलिरहेको छ ।...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर १ आज सुनको मूल्यमा भारी गिरावट भएको छ । हिजो प्रतितोला सुन ९४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । सुनको मूल्यमा आज प्रतितोला ५ सय रुपैयाँले गिरावट भएर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । हिजो सम्म नेपाली बजारमा चाँदी १ हाजार २ सय ९० रुपैयाँमा कोरोवार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० कायम भएको महासंघले जनाएको छ ।...
लगातार बढ्दै गरेको सुनको भाउ आज ओरालिएयो

लगातार बढ्दै गरेको सुनको भाउ आज ओरालिएयो

आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक २९ केही दिन देखि लगाताररुपमा बढिरहेको सुनको भाउ आज ओरालिएको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।...
१० हजार अनुदान प्राप्त गर्न अति विपन्न परिवारलाई १५ दिनभित्र निवेदन दिन सरकारको आह्वान

१० हजार अनुदान प्राप्त गर्न अति विपन्न परिवारलाई १५ दिनभित्र निवेदन दिन सरकारको आह्वान

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक २५ कोरोना महामारीबाट प्रभावित भएका अति विपन्न घर परिवारलाई नगद अनुदानका लागि सरकारले निवेदन दिन आह्वान गरेको छ । अर्थ मन्त्रालयले सूचनना निकालेर कोरोनाका कारण प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । अति विपन्न परिवारले अबको १५ दिनभित्र १० हजार रुपैयाँ नगद अनुदानका लागि निवेदन दिनुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ । विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएका मजदुर तथा कामदारले अनुदानका लागि निवेदन दिन सक्ने छन् । यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङलो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, रिक्सा चालक, ठेलागाडा मजदुर तथा सार्वजनिक गाडीका मजदुर र पर्यटक भरियाले पनि निवेदन दिन पाउने...
अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, कत्तिक १८ । पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिदै आगामी कात्तिक २२ गतेदेखि सेवा दिने भएको हो । सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एकएक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाई दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । एयरलाइन्सले यो रुटका लागि एकतर्फि हवाइ भाडा छ हजार रुपैयाँ निर्धारण गरेको छ । सौर्य एयरलाइन्सले बिराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ । भैरहवादेखि विराटनगर र विराटनगरदेख...