Tuesday, August 18News That Matters

आर्थिक

सुन तोलाको साढे ३ हजार रुपैयाँले घट्यो

सुन तोलाको साढे ३ हजार रुपैयाँले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २५  आज सुनको भाउ तोलामा साढे ३ हजार रुपैयाँले घटेको छ । तोलामा सुन ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन  ९८ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।...
नेप्से ४ अंकले बढ्यो

नेप्से ४ अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४ आज सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेप्से ४.२२ अंकले बढेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३ सय ७० करोड पुगेको छ । दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४  आज सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ९८ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारदेखि निरन्तर सुनको भाउ बढिरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।...
आज नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आज नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४  नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । त्यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ । बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही कात्तिक १७ गते एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २३  आज सनुको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
आज सुनको भाउ १ हजारले बढ्यो

आज सुनको भाउ १ हजारले बढ्यो

आर्थिक, समाचार
पुर्णपुष्टि, कात्तिक २१ आज सुनको भाउ तोलाको एक हजार रुपैयाँले बढेको छ । सुन बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...
आजको विनिमय दर

आजको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २१  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३ सय ७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ ।  त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय १४ रुपैयाँ ८६ पैसा र बिक्र...
नेप्से करिब साढे ५ अङ्कले बढ्यो

नेप्से करिब साढे ५ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १८ आज शेयर बजार परिसूचक नेप्से साढे ५ अंकले बढेको छ । नेप्से ५.४० अङ्कले बढेर १६ सय ४३.०४ विन्दुमा पुगेको छ । बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ । १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १८ आज सुनको भाउ बढेको छ । सुन तोलाको चार सय रुपैयाँले बढेर सुनको तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेप्से साढे तीन अंकले घट्यो

नेप्से साढे तीन अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक १७  आज शेयर बजार परिसूचक नेप्से साढे तीन अंकले घटेको छ । नेप्से तीन दशमलव ३३ अंकले घटेर १६ सय ३७.६३ विन्दुमा झरेको छ । बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ । व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । आज १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँमा किनबेच भए । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । विशाल बजार कम्पनी, सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र शिवश्री हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । जनरल इन्स्योरेन्स ...