काभा वुमन्स नेसन्स लिग भलिबल: आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल
पूर्णपुष्टि, साउन २३ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतबीच रोमाञ्चक फाइनल खेल हुँदैछ। फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ। नेपाल भलिबल संघका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली फाइनल खेल हेर्न उपस्थित हुने जनाइएको छ।
यस प्रतियोगितामा नेपाल र भारतबीच यो दोस्रो भेट हो। लिग चरणमा नेपालले भारतलाई पाँच सेटको कडा प्रतिस्पर्धामा हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। नेपालले पहिलो पटक महिला भलिबलमा भारतलाई हराएको थियो।
नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा बलियो रहेको बताउँदै, यसलाई रोक्न सके नेपाललाई जित्न सहज हुने धारणा राखेका छन्। उता नेपालकी कप्तान अरुणा शाहीले भारतविरुद्ध खेल्दा टोलीमा छुट्टै उत्साह आउने बताएकी छिन्। नेपालको मुख्य स्पाइकरहरू निरुता ठगुन्ना र उषा भण्डारी हुन्। भारततर्फ मिडल ब्लकर सूर्या, आउटस...









