ब्याड्मिन्टन खेल सकियो, यी खेलाडीहरु भए विजेता : प्रथम त्रियुगा खेल महाेत्सव
पूर्णपुष्टि, फागुन २५ ।
प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ । भेट्रान्सतर्फ दिपक राई र गोविन्द थापाको जोडी प्रथम भयो भने १७ वर्ष मुनिका सिंगल खेलतर्फ सौरभ ठकुरी प्रथम भएको आयोजकले जनाएको छ ।
दोस्रो स्थानमा खुल्लातर्फ दिपक राई र गोविन्द थापाको जोडी भए । भेट्रान्सतर्फ चित्र थापा र कालुप्रसाद उराव भए भने १७ वर्षमुनिका सिंगलमा प्रतिश राई (बुद्ध) दोस्रो भए ।
खुल्ला खेलतर्फ तेस्रो स्थान हाँसिल गर्ने दुईजोडीहरुमा बादल खतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बसन्त कटुवालको जोडी भए । त्यस्तै भेट्रान्सतर्फ दिपक खनाल र लिलाराम पौडेलको जोडी तथा भिमबहादुर दाहाल र सुधिर सुवेदीको जोडी तेस्रो भए । १७ वर्षको मुनिको खेलमा तेस्रो रुमुहाङ राई र अनुप कार्की भए ।
विजय खेलाडीहरुलाई त्रियुगा नगरपा...









