Saturday, August 15News That Matters

खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि,  साउन १ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको ६ औं मिनेटमा सिल्भाले फ्री किकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काए पनि सिटी २–१ ले जित हात पार्यो । घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । यस्तै सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दूरी समेत घटाएको छ । शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ भने सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ । ३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।  यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।...
२०२० मा हुने विश्वकपको मिति सार्वजनिक

२०२० मा हुने विश्वकपको मिति सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन १ सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक भएको छ । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिने भएको हो । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको छ । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो । प्रतियोगिताको समूह चरणका बेला ४ वटा खेल हुनेछन् । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् । जसमा स्थानीय समय अनुसार दिउँसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु स...
प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पार्यो

प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पार्यो

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३१ प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । गतराती घरेलु मैदानमा भएको  खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो । पहिलो हाफको ईन्जुरी समयमा जिराउडले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । २ खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफूलाई थप सुरक्षित गरेको छ । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।...
शुक्रबारदेखि अष्ट्रेलियाको ए लिग फुटबल हुने

शुक्रबारदेखि अष्ट्रेलियाको ए लिग फुटबल हुने

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार ३० कोरोना महामारीले रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ । फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण ४ महिना स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो । सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग हुनेछ । यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ । १४ दिनको क्वरेण्टीनपछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिइने छ । प्रवेश पाउने दर्शकको सङ्ख्या ४५ सय हुने बताइएको छ ।...
अपि हिमालसँगै क्रिकेट मैदान

अपि हिमालसँगै क्रिकेट मैदान

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २९ दार्चुलाको अपि हिमालको काखमा क्रिकेट खेल मैदान बनाईएको छ । खण्डेश्वरी गाउँपालिकामा रहेको अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाइएको हो । प्राकृतिक सौदर्यताले भरिपूर्ण दार्चुलाको अपि हिमालको खण्डेश्वरी खात्ती सदिल चौड खेल मैदानमा क्रिकेट खेल्ने गरिएको छ । जहाँ खेलसँगै प्रकृतिको सौन्दर्यको मनमोहक दृश्य पनि नियाल्न पाइन्छ । प्राकृतिक सौदर्यताले जहाँ खेलाडीहरुले स्वर्गकै आभास गर्ने गरेका छन् । अझ हिमालको काखमा क्रिकेट खेल्नुको मजा अझ आनन्ददायी हुने स्थानीय खेलाडीहरु बताउँछन् । ...
प्रिमियर लिगमा टोटनह्यामको जित

प्रिमियर लिगमा टोटनह्यामको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २९ इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ । गतराति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटनह्यामलाई २–१ को जित दिलाएको हो । जितसँगै टोटनह्याम लिगको ८ औँ स्थानमा छ । टोटनह्यामले ३५ खेलमा ५२ अंक जोडेको छ । ५० अंक जोडेको आर्सनल ९ औँ स्थानमा झरेको छ ।...
साकेलाका युवाहरुलाई जर्सि वितण

साकेलाका युवाहरुलाई जर्सि वितण

खेलकुद, समाचार
पूणर्पुष्टि, असार, २८ त्रियुगा नगरपालिका ११ साकेला टोल स्थित युवाहरुलाई फुटवल जर्सि वितरण गरिएको छ । साकेला टोल विकास संस्थाले युवाहरुलाई सकरात्मक सामाजिक कार्यप्रति प्रोत्सान गर्दै जर्सि वितरण गरेको हो । देशको खम्वाको रुपमा लिइने युवाहरुलाई सकरात्मक तथा सामाजिक कार्यमा अगाडी बढाउन सक्दा मात्र देश र समाज सफल बन्ने भन्दै जर्सि वितरण गरेको साकेला टोल विकास संस्थाका अध्यक्ष तारा श्रेष्ठले बताउनुभयो । देश विकास र शान्तिका लागि प्रमुख भुमिकाको जिम्मेवारीमा मान्न सकिने युवाहरुलाई सामाजिक कार्य प्रतिको जिम्मेवार वहन गराउन प्रोत्साहनको निकै आवश्य पर्ने श्रेष्ठले बताउनुभयो । साकेला टोलमा हुने केहि विक्रिति विसंगतिका घटनाहरुलाई रोकथाम तथा त्यस प्रति युवाहरुलाई सचेत तथा सकरात्मक बनाउनु पर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । संस्थाले खेलमा आबद्ध रहेका १५ जना युवाहरुलाई जर्सि वितरण गरेको ...
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २८ स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । गतराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १ – ० गोललेपछि पार्दै जित हात पारेको हो । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक गोल बन्यो । भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएको छ । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।...
प्रिमियर लिगमा म्यानचेस्टरको जित

प्रिमियर लिगमा म्यानचेस्टरको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २६ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु)ले जित हात पारेको छ । गतराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३–० गोलले पछि पार्दै जित हात पारेको हो । स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रूनो फर्नान्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि म्यानयु ३–० ले अघि बढ्यो । त्यसपछि दुवै तर्फबाट कुनैपनि गोल नभएपछि एस्टोन भिल्ला ३–० ले पराजित भयो । जितसँगै म्यानयु ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २५ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । गतराति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो । खेलको १० औं मिनेटमा जिससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २१ औं मिनेटमा महरेजले गोल गरे । खेलको ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गरे । खेलको ६६ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।...