Tuesday, June 9News That Matters

मनोरञ्जन

मल्टिप्लेक्स हलले अनमोलको फिल्म ‘छड्के’ २.० हटायो

मल्टिप्लेक्स हलले अनमोलको फिल्म ‘छड्के’ २.० हटायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २४ । मल्टिप्लेक्स हलले अभिनेता अनमोल केशीको फिल्म ‘छड्के’ २.० हटाएको छ । यस फिल्मलाई नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले रिलिज भएको छैटौं दिनमा हटाएको छ भने अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक–एक शो उपलब्ध गराएको छ । यस फिल्मसँगै रिलिज भएको ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । फिल्मले निराशाजनक कमाइ गरेको र अनमोलको छैटौं दिनमा हलबाट उतारिएको यो पहिलो फिल्म हो । यो फिल्मको बजेट करिब ३ कोरोड रहेको छ । वितरक सुनिल मानन्धरले ‘छड्के’को अहिलेसम्मको कमाई ३० लाख रुपैयाँ मात्र रहेको बताए । फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएको उनले बताए । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अध...
चलचित्र ‘छक्कापञ्जा ४’ले पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको कमाई

चलचित्र ‘छक्कापञ्जा ४’ले पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको कमाई

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन २१ । नेपला चलचित्र ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त मै कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो । शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोडसहित उछाल कमाइ गर्‍यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रहे । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् । आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोडभन्दा बढी कमाइ गरेको जानकारी दिए । फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च देखियो । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ...
बलिउड अभिनेता रितिक रोशनले प्रेमिका सबा आजादसँग विवाह गर्दै

बलिउड अभिनेता रितिक रोशनले प्रेमिका सबा आजादसँग विवाह गर्दै

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १९ । बलिउड अभिनेता रितिक रोशनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारी गरेका छन् । उनिहरुको विवाह नोभेम्बरमा हुने भारतीय सञ्चार माध्यम बलिउड लाइफले जनाएको छ । ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन् । पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन् । अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको दुई छोरा छन्।...
चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट प्रदर्शनमा

चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट प्रदर्शनमा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १९ । आज शुक्रबाट देखि सिनेमाहलहरुमा एकै दिन दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ आवबाट प्रदर्शनमा आएको हो । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रमा राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। यता चलचित्र ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग...
कुन्ति मुक्तानको स्वरले गुञ्जियो गाईघाट

कुन्ति मुक्तानको स्वरले गुञ्जियो गाईघाट

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १४ । नेपाली सांगितक दुनियाँमा आवाजको माध्यमबाट लाखै श्रोताको मन जिन्त सफल गायिका कुन्ति मुक्तानको सुमधुर स्वरले उदयपुर गाईघाट गुन्जयमान बनेको छ । शनिवार बोक्सेको रत्न होटलमा उपहार एफ.एमले पाचँ वर्ष पुरा गरेको अवसरमा आयोजना गरेको म्युजिक अवार्ड कार्यक्रममा आफ्नो गित प्रस्तुत गर्दा सयैँ दर्शकहरू छमछमी नाचाएको थियो । उदयपुरमा आयोजित जिल्लाकै पहिलो पल्ट म्युजिक अवार्ड कार्यक्रमको मुख्य कलाकारको रुपमा उपस्थित भएका सफल गायक तथा संगितकार शिला बहादुर मुक्तान र आवाजको धनी कन्ति मुक्तानले आफ्नो प्रस्तुती दिदैँ कार्यक्रममा उपस्थित दर्शकलाई झम झम नचाएको थियो । संगितकार शिला बहादुर मुक्तानले आफ्नै संगित रहेको ‘सबै कुरा भन्दा नी पौसै ठुलो छ’ भन्ने गित प्रस्तु गरेका थिए । उक्त गितमा सयौँ दर्शकले मनोरञ्जन लिएका थिए । यता कन्ति मुक्तानले पहिलो र दास्रो गरी दुईवटा गित प्रस्तुत गर्नुभ...
सिसन पछि पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

सिसन पछि पूर्वमिस नेपाल श्रृंखला र सम्भवबीच प्रेम चर्चा

मनोरञ्जन
पूर्णपुष्टि,फागुन १४ । केही समय यता पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सिसन बानियाँबीच प्रेचको चर्चा चलेको थियो । देश–विदेशमा घुम्नदेखि सामाजिक सञ्जालमा मायालाई अभिव्यक्तसम्म गरेका थिए । तर केही महिना यता एकअर्कोले सामाजिक संञ्जाल सम्मेत सम्बन्ध नरहने गरी इन्स्टाग्रामबाट अनफलो गरेपछि यी दुईबीचको सम्बन्ध राम्रो नरहेको चर्चा चल्यो । केही दिनअघि एक लामो फेसबुक स्टाटस लेख्दै सिसनले श्रृंखलासँग ब्रेकअप भइसकेको संकेत गरे । यी दुईले जहिलेदेखि एकअर्कालाई अनफलो गरे, श्रृंखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडियो । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ हल्ला चलिरहेको बेला सम्भवले प्रेमको हल्लालाई पुष्टि हुने गरी शनिबार इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका थिए । जुन तस्वीरलाई श्रृंखलाले खिचेको देख्न सकिन्छ । फोटो खिच्नेको अनुहार पनि झ्यालको सिसामा प्रष्ट देखिएको छ भने सम्भवले हा...
‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचमा सुशान्त केसी

‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचमा सुशान्त केसी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । ‘द भ्वाईस किड्स सिजन–२’ को नयाँ कोचका रुपमा गायक सुशान्त केसी भित्रिएका छन् । अघिल्लो सिजनका कोच प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि छन् । गायन रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन–२ को प्रसारण यही फागुन २६ गतेदेखि सुरू हुने भएको छ। हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । पहिलो सिजनमा जस्तै पहिलो एपिसोडमा ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरु ब्लाईन्ड अडिसनमा प्रवेश गर्नेछन् । ब्लाइन्ड अडिसनमा प्रवेश गर्ने प्रतिभाहरुले कोचको कुर्सी घुमाउनु पर्नेछ । कोचको कुर्सी घुमाउन सफल हुने प्रतिभाहरुको सांगितिक यात्रा त्यहीबाट सुरु हुनेछ । प्रतेक कोचले आफ्नो टिममा १२ जना प्रतिभाहरु छान्नेछन्...
‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक

‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १० गते । ‘बिहे पास’ फिल्मको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्मको टिजर बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको टिजरमा बिहेको प्रसंगलाई देखाइएको छ । प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ । प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । छायांकनमा शिव ढकाल रहेका थिए भने सम्पादन मित्रदेव गुरुङले गरेका हुन् । बिहे पास बैशाख १ गतेदेखी रिलिज हुदैँछ । सोहि मितिमा दया...
फिल्म आफ द इयर ‘आरआरआर’ लाई

फिल्म आफ द इयर ‘आरआरआर’ लाई

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । सोमबार साझँ मुम्बईमा आयोजित ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआर ‘फिल्म आफ द इयर’ घोषित भएको छ । एसएस राजमौलीको फिल्म आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गरेको छ भने ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भएको छ । त्यस्तै ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले अभिनेत्री आलिया भट्टले सर्वक्षेष्ठ अभिनेत्री र ‘ब्रह्मास्त्र’को कारण रनवीर कपुर सर्वश्रेष्ठ अभिनेता चुनिएका हुन् । सो कार्यक्रममा ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी सर्वश्रेष्ठ प्रामिसिङ्ग अभिनेता घोषित भए । वरुण धवनको ‘भेडिया’को लागि क्रिटिक्स बेस्ट एक्टर अवार्ड गरियो । अनुपमखेरको कश्मीर फाइलको लागी मोस्ट भर्र्सटाइल एक्टर छानिएको कार्यक्रममा फिल्म अभिनय योगदानको लागि अभिनेत्री रेखालाई सम्मान समेत प्रदान गरिएको थियो ।...
मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार

मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन ९ गते । मुम्बईको एक कन्सर्टमा गायक सोनु निगम माथि दुव्यवहार भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दैनिक भाष्करका अनुसार सोमबार राति मुम्बईको चेम्बरमा आयोजित कन्सर्टमा सोनुमाथि दुर्व्यवहार भएको हो । कार्यक्रम सकेर फर्किन लाग्दा उनी र उनका साथीमाथि दुव्र्यवहार भएको थियो। सोनुमाथि दुव्यवहार गर्ने शिवसेना विधायक प्रकाश फटरपेकरका छोरा रहेका छन् । यस घटनापछि सोनुले प्रहरीमा उजुरी दिएका छन तर हालसम्म आरोपी प्रक्राउ परेका छैनन् । प्रहरी उजुरीका अनुसार विधायक प्रकाशका छोराले पहिले सोनुका म्यानेजर सायरालाई दुर्व्यवहार गरेका थिए । सोनु स्टेजबाट आउन लाग्दा उनले सोनुको अंगरक्षकलाई धक्का दिएर सोनुमाथि आक्रमण गरेका थिए । भारतीय सञ्चारमाध्यममा उल्लेख भए अनुसार विधायकका छोराले सोनुसँग सेल्फी खिच्न नपाएपछि स्टेजमा आक्रमण गरेका थिए । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाए...