योगेश भट्टराईलाई ताप्लेजुङ्मा प्रवेश निषेश
पूर्णपुष्टि, ३ असार ।
संघिय सांसद समेत रहेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्लामा निषेश गर्ने निर्णय गरेको छ । भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका हुन् ।
ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ ।
‘ताप्लेजुङ जिल्लाबा...









