Saturday, June 20News That Matters

राजनीति

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

Breaking News 2, राजनीति, समाचार
उदयपुर, १० माघ २०८२ । <span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ। <span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् । <span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए । निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। यसअघि...
उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

उदयपुरमा दुई स्वतन्त्र उम्मेदवार, जसले चुनावचिन्ह एकले लिए मुढा, अर्कोले लिए भगेँरा

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर उदयपुरको दुई स्वतन्त्र उम्मेदवार मध्ये क्षेत्र नं. १ का देवराज रोकाले चुनावचिन्ह मुढा लिएका छन् भने क्षेत्र नं. २ का मेजरकुमार राईले चुनावचिन्ह भगेँरा लिएका छन् । चुनावचिन्ह प्राप्त गरेसंगै दुबै क्षेत्रका स्वतन्त्र उम्मेदवारले बलियो दावेदारी देखाएका छन् । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र बाहेकका दलहरुले साविककै चुनावचिन्ह पाएका छन् । क्षेत्र ं. २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदावारी दिएका थिए । अन्य १२ दलले साविककै चुनावचिन्ह पाएका छन् । राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । नेकपा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकाको स्थानीय तहको निर्वाचन दुईपटक जितेका राई कार्यकाल बाँकी हुँदै राजिनामा दिएर चुनावमा होमिएका हुन् ।...
उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्,  दुई स्वतन्त्र कायमै

उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्, दुई स्वतन्त्र कायमै

Breaking News 2, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए । दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ । दुई स्वतन्त्र चुनावी मैदानमा कायम उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

याे चुनाव मैलै जित्नैपर्छ : सुरेशकुमार राइ (हिमाल) – खबरस‍वाद

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/X_MLR95ej3Q?si=KyTkXExVftoXe3am पूर्णपुष्टि/उदयपुर, माघ ८ ।   
टिकट नपाए पनि गाउँपालिका अध्यक्षबाट राजीनामा दिए लिम्चुङबुङ गापा अध्यक्ष मेजर राईले

टिकट नपाए पनि गाउँपालिका अध्यक्षबाट राजीनामा दिए लिम्चुङबुङ गापा अध्यक्ष मेजर राईले

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए । उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् । “पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् । राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन ग...
टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

टिकट पाएनन् तर सामाजिक सञ्जालमै आएर यसरी राजिनामा दिए लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले

Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtube.com/shorts/-riUwSlI3Ys पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
काङ्ग्रेसले उदयपुर १ मा बिदुर बस्नेत र २ मा रामकुमार राई उठायाे

काङ्ग्रेसले उदयपुर १ मा बिदुर बस्नेत र २ मा रामकुमार राई उठायाे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ । बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेद्वार टुङ्गियाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ५ । नेपाली कम्युनिस्ट पार्टीले उदयपुर निर्वाचन क्षेत्र नं. १ मा बलदेव चौधरी र क्षेत्र नं २ बाट सुरे कुमार राई (हिमाल) लाई उम्मेदवार बनाएकाे छ । पार्टीले त्रियुगा नगरपालिकाका निबर्तमान मेयर चाैधरी र पूर्वप्रतिनिधिसभा सदस्य राईलाई उम्मेद्वार बनाएकाे हाे । पार्टीलाई उदयपुरकाे उम्मेद्वार टुङ्ग्याउन लामाे अभ्यास परेकाे हाे । उम्मेद्वार टुङ्गाे लागेसंगै भाेली मनाेनयन दर्ताकाे तयारीमा पार्टी जुटेकाे जनाएकाे छ ।...