Tuesday, September 8News That Matters

राजनीति

सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बिषय अझै निर्णयमा नपुगेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए । सरकारलाई हाम्रो समर्थन भने कायमै रहेको र राष्ट्रिपति निर्वाचनमा कस्लाई सघाउँने भनेर सोहि बिषयलाई लिएर बैठकमा छलफल जारि रहेको बोहराले बताए ।...
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउन बालुवाटार जान लागेको श्रोतले बताएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो । कृषिमन्त्री ज्वाला साहले भन्नु भयो ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ । हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।...
सरकारबाट बाहिरने एमालेको निर्णय

सरकारबाट बाहिरने एमालेको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १५ गते । माओवादी नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरने भएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय लिएको छ । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि यस्तो निर्णयमा पार्टी पुगेको बताए । पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ । उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए ।...
‘मिसन ग्रासरुट अभियानले अस्थिरता अन्त्य गर्न सहयोग पुग्छ : गौतम

‘मिसन ग्रासरुट अभियानले अस्थिरता अन्त्य गर्न सहयोग पुग्छ : गौतम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागनु १४ । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्र्चाज राजेन्द्र गौतमले ‘मिसन ग्रासरुट अभियान अस्थिरता अन्त्यका लागि भएको बताएका छन् । पार्टीले सञ्चालन गरेको दुई महिने ग्रासरुट अभियानको सुरुवात गर्न उदयपु आईपुगेका गौतमले आईतबार प्रेस चौतारी नेपालले आयोजना गरको पत्रकार भेटघाटमा आगामी निर्वाचनमा एमाले बलियो शक्तिको रुपमा स्थापीत हुने बताए । स्थिर सरकार बिना विकास सम्भव नहुने भन्दै उनले सरकारलाई स्थायीत्व दिनका लागि मिसन ग्रासरुट अभियानले सहयोग पुग्ने बताए । उनले भने, ‘यो अभियानमा हामीले सदस्यता विस्तार, नविकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालन सम्बन्धि अनुशिक्षण, विकासका मोडालिटी, महाधिवेशनको कार्यदिसा लगायतका ११ वटा बिषय बस्तु लिएर जनताको घरघरमा पुग्छौ, जसले जनतासँग प्रत्यक्ष संम्बाद हुनेछ । अभियानले पार्टी सँंगठन सुदृढिकरण, वैचारिक स्पष्टता...
काग्रेसबाट पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काग्रेसबाट पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रपति पदका लागी काग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्ठ ठाकुर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन् । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए ।...
प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा पत्र

प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा पत्र

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीक मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका छन् । सरकाबाट बाहिरने निर्णय गरे सँगै शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले पचण्डलाई राजिनामा पत्र बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन् । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकाबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय लिएको थियो । त्यस्तै प्रदेश सरकारबाट पनि बाह...
राष्ट्रपति चुनावमा नेसपाले काग्रेसलाई मत दिने

राष्ट्रपति चुनावमा नेसपाले काग्रेसलाई मत दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । नेपाल समाजवादी पार्टीले राष्ट्रपतिको चुनावमा काग्रेसका उम्मेदवालाई मत दिने भएको छ । यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ । सो निर्वाचनमा डां बाबुराम भट्टराई नेत्तृत्वको पार्टीले काग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । नेसपाको बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो । गत निर्वाचनामा माओवादीको चुनाव चिन्ह लिएर लडेको नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् । राष्ट्रपति चुनावमा नेसपाको मतभार २५४ छ । राष्ट्रपतिका लागी काग्रेसबाट रामचन्द्र पौडेर र एमालेबाट सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।...
सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णय

सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने राप्रपाको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ गते । हालको माओवादी नेत्तृत्वको सरकारबाट बाहिरने र सर्मथन समेत फिर्ता लिने राप्रपाले निर्णय गरेको छ ।प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । उनले भने परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा बसिरहनु उपयुक्त नहुने ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै, प्रदेश सरकारबाट समेत बाहिरने निर्णय गरका छौँ । राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।...
राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज, कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता आज, कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १३ । निर्वाचन प्रक्रिाअन्तरर्गत आज राष्ट्रिपति उम्मेदवारी दर्ता गर्ने भएको छ । कार्यतालिका अनुसार हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । आयोजले उम्मेदवार मनोनयनको लागि बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिको लागि मनोनयन कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ । राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र...
गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १२ गते । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए । पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए । रिक्सा चलाएर पत्रकार सम्मेलनस्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई...