Thursday, June 11News That Matters

राजनीति

१३ नं वडामा थप विकासका लागि मेरो नेतृत्वको आवश्यक जारी : चौधरी

१३ नं वडामा थप विकासका लागि मेरो नेतृत्वको आवश्यक जारी : चौधरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १५ निवर्तमान वडाअध्यक्ष तथा १३ नं वडाका उम्मेदवार पशुपति चौधरीले निरन्तर विकासका लागी अनुभवी नेतृत्वको जरुरी रहने जनाएकी छिन् । चौधरीले ५ बर्ष १३ नं वडाको नेतृत्व सकाएर पून : उम्मेदवारी दिँदै ५ बर्षको कार्याकालले आफुलाई निकै अनुभव सावित गरेको जनाईन् । उनीले आफ्नो एजेण्डाहरुलाई पुरा गरी सफलपूर्वक ५ बर्षे कार्याकाल सम्पन्न गरेको समेत जनाईन् । ७४ सालको चुनाव जित्दै गर्दा जनताहरुलाई दिएको आश्वासन पुरा गरेर मैले वडाको नेतृत्वबाट विदा लिएकी छु, म फेरी वडाको निरन्तर विकासको गति बढाउन र छुटेको योजनाहरु पुरा गर्न उम्मेदवारीका साथ तपाईहरु सामु आउन पूनः उम्मेदवारी दिएकी हुँ, चौधरीले भनिन्” चौधरीले नयाँहरुलाई सिक्न ५ बर्ष लाग्ने र विकासको गतिमा ढिलाई हुने भएको भन्दै वडाको छितो छरितो विकासका लागि नै आफ्नो प्रमुख उम्मेदवारीको कारण समेत जनाईन् । जनताको सबै माग पुरा गर्न कुनै...
उदयपुरमा दलहरु आक्रमक चुनाव प्रचार–प्रसारमा

उदयपुरमा दलहरु आक्रमक चुनाव प्रचार–प्रसारमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १५ गते । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता भएसँगै राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा होमिन थालेका छन् । उदयपुरमा दलहरु जनताको घर–घरमा मतमाग्न जान थालेका छन् । उदयपुरमा कांग्रेस, एमाले तथा कुनै पालिकामा दुई दलिय त कुनै तीन दलीय गठबन्धनको प्रतिस्प्रर्धा छ । राजनितीक दलहरु मतदानसँग आफूलाई मतदान गर्न आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यसरी मतमाग्न जादा राजनीतिक दलका कार्यकर्ताको हुलै जाने गरेको छ । आफूलाई मतदिने कार्यकर्ता तथा मतदाताको घरमा झण्डा राख्ने, चोकमा भण्डा पार्टीका चुनाव चिन्ह राख्नेदेखी आफ्नो घोषणापत्र प्रतिवद्धता पत्र बाड्न व्यस्त हुन थालेका छन् । उदयपुरमा ठूला दल चुना प्रचार–प्रसारमा सक्रिय देखिएपनि साना दलहरु भने चुनाव प्रचार प्रसारमा खासै देखिएका छैनन् ।  ...
म ठुलो सपना देखाउँदिन तर वडावासीको अपेक्षा भन्दा बढी काम गरेर देखाउँछु : उम्मेदवार राई

म ठुलो सपना देखाउँदिन तर वडावासीको अपेक्षा भन्दा बढी काम गरेर देखाउँछु : उम्मेदवार राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १५ त्रियुगा नगरपालिका १२ नं स्थित सिद्धार्थ टोलका युवा नेतृत्व नविन राई यस पटकको स्थानीय चुनावमा वडाअध्यक्षका लागि आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेको छ । राई युवाहरुमाझ निकै लोकप्रिय मानिन्छ । राईले युवाहरुकै पहलमा आफुले चुनाव जित्ने समेत दावी गरेको छ । हाल राई जनताको घरदैलोमा गएर आफ्नो भिजन र ऐजेन्डा प्रस्तुत गर्र्नमा व्यस्त छ । लामो समय सरकारी जागिरमा आवद्ध राईले अब भने प्रत्यक्ष जनता सँग हातेमालो गर्ने र वडालाई विकासमुखी निर्माण गर्दै नमुना १२ नं वडाका लागि आफ्नो प्रमुख उम्मेदवारी रहेको जनाएको छ । राई त्रियुगा नगरापलिका १२ नं मा नेकपा माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट वडाअध्यक्षका लागि उम्मेदवार रहेका छन् । उनले आफ्नो प्रतिद्धन्दीहरुलाई उच्च सम्मन गर्दै १२ नं वडामा सबै भन्दा बढी विकास र खुसी वडावासीको परिकल्पना आफुमा रहेको जनाए । राईले आफ...
पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

Breaking News 1, राजनीति, समाचार
काठमाडौं, वैशाख १५ गते । नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको छ । नेपालमा स्थानीय तहको निर्वाचन २०४९, २०५४ र २०७४ साल गरी तीन पटक सम्पन्न भइसकेका छन् । विगतको निर्वाचनलाई हेर्दा सधँै नै दुई वा तेस्रो चरणमा निर्वाचन भएको देखिन्छ । तर यसपटक भने सरकारले एकै पटक वैशाख ३० गते देशभर निर्वाचन गर्न थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि पहिलो पटक एकै चरणमा निर्वाचन गर्न थालिएको बताउनुभयो । “दुई तीन चरणमा निर्वाचन हुँदा एक ठाउँको मतदाता फेरि अर्को ठाउँमा फर्जी मत खसाल्न जान सक्छन्”, उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बना...
त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा

त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १५ गते । उदयपुरको त्रियुगामा त्रीपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । त्रियुगा नगरपालिकाको प्रमुखका लागि १३ जना र उप–प्रमुखका लागि ११ जनाको मनोनयन परेपनि कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धन बीच तीब्र प्रतिस्पर्धा हुने नेता कार्यक्रर्ताले नै बनाउने गरेका छन् । त्रियुगा नगरको प्रमुखका लागि दुई दलिय गठबन्धनबाट एकिकृत समाजवादीका बलदेव चौधरीले उम्मेदवारी दिएका छन् । उनी निर्वतमान मेयर समेत हुन् । उनले अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका थिए । चौधरी त्रियुगाको मेयर हुँदा आफूले जनताको चाहना बमोजिम काम गरेकोले फेरी पनि बिजय हुनेमा ढुक्क छन् । उझ आफू त्रियुगालाई उपमहानगर बनाउने उद्देश्यका साथ अगाडी बढेकाले जनताले आफूलाई फेरी चुन्नेमा ढुक्क छन् । यस्तै, गठबन्धनको उपमेयरकी उम्मेदवार गिता खड्का कार्की पनि माओवादीको संगठनमा भिजेकी नेतृ हुन् । उनी यसअघिको...
स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, वैशाख १५ गते ।  सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउँन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहागरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ । गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली कांग्रेसका नगरसभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दत्र्ता गराउनुभएको छ । स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्नसक्ने भन्दै दलका नेताहरुले स्वतन्त्...
त्रिनपा ११ मा गठबन्धनका वडाअध्यक्ष उम्मेदवार राईको प्रतिवद्धता : सरकारी सेवा सुविधा नलिने

त्रिनपा ११ मा गठबन्धनका वडाअध्यक्ष उम्मेदवार राईको प्रतिवद्धता : सरकारी सेवा सुविधा नलिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १५ त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका कालिदास राई (किसन) ले आफु वडाअध्यक्षमा जिते सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता जनाएको छ । राईले कुनै लोप लालचका लागि आफुले वडाअध्यक्षको उम्मेदवारी नदिएको प्रष्ट पार्दै वडाको नेतृत्वमा पुगेमा सरकारी कुनै पनि सेवा सुविधा नलिने बाचा गरे । राईले भने,” मलाई सम्पूर्ण खान लाउन पुग्छ । मेरो उम्मेदवारी जनताको निष्पक्ष काम र योजनाको लागि हो, आफ्नो सेवा सुविधाको लागि हैन । राईले आफ्नो सेवा वापतको कुनै पनि आर्थिक तथा भौतिक वस्तुहरु आकस्मीक काममा खर्च गर्ने जनाए । राईले त्यस्तो सेवा लिएर जनताको सेवा गर्न कुनै पनि हालतमा धर्म नहुने भन्दै सेवा सुविधालाई गरिब र दुखीहरुको निम्ती खर्च गर्ने जनाए । राई आफैमा गाईघाटका प्रतिष्ठित व्यपारी र समाज सेवी पनि हो । आफ्नो स्वास्र्थमा डुव्ने कुनै पनि जनप्रतिनिधिहर...
आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ उदयपुरका प्रमुख निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन आचारसंहिता पालना गर्न आनुरोध गरेका छन् । पूर्णपुष्टि खबरसँगै कुरागर्दै उनले जिल्लाका राजनितिक दल, उम्मेदवार, मतदाता लगाएत सबैमा निर्वाचन आचारसंहिता पालना गर्न अपिल गरेका थिए । उनले भने” सबैले आचारसंहिता पालना गरी निर्वाचनलाई सफल पारौं । उदयपुरमा शान्तीपूर्वक मनोनयन भएको र केही पालिकमा उम्मेदवार विरुद्ध उजुरी परेपनि उम्मेदवारी खारेज हुने खालका उजुरी नपरेको समेत बताए ।...
सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १४ मानिसहरु सरकारी जागरि भनेपछि हुरुक्कै हुन्छन् । सरकारी जागिरकै लागि धेरै मेहनत र सपनाले बल्ल तल्ल जागिर खाएका मानिसहरु जिवनभरी खुसी हुने प्रयास गर्छन् । सरकारी जागिर भनेको मानिसहरुको निकै फलदायीक र बाँच्नका लागि सुखदायीक जिवन पनि हो । तर सबै कुराले सम्पन्नता हुँदा हुँदै पनि कुनै व्यक्तिहरुमा भने जनताहरुको प्रत्यक्ष सेवक बन्ने इच्छा हुन्छ । यसै इच्छा बोकेर आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रबाट गोपाल चन्द्र राईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षको लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन् । राईले जागिरबाट तत्कालै राजिनामा दिएर पालिका अध्यक्षको लागि तयारी गरिरहेको छ । राजनितिमा प्रवेश सँगै गाउँपालिकाको अध्यक्षका लागि आफ्नो तयारी हुँदै गर्दा उनले जनतामाझ लोक प्रिय बचनहरु दिँदै आएको छ । राईले गरिब अनि भोको समाजमा आफु धनी हुने कुनै सपना नरहेक...
बागी उम्मेदवारी फिर्ता  लिन कांग्रेस उदयपुरको आग्रह

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस उदयपुरको आग्रह

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १४ गते । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस उदयपुरले आग्रह गरेको छ । जिल्ला सभापति हिमाल कार्कीले एक विज्ञप्ती जारीगर्दै बागी उम्मेदवारी दिएकालाई वैशाख १६ गते सम्म उम्मेदवारी फिर्ता गर्न अग्रह गरेको हो । उदयपुरमा पार्टीले आफूलाई बागी चौदण्डीगढीको टिकट नदिएको भन्दै नेता प्रसान्त कुमार राईले बागी उम्मेदवारी दिएका छन् । सो नगरमा कांग्रेसले खगेन्द्र राईलाई प्रमुखमा टिकट दिएको छ । यस्तै, जिल्लाका अन्य पालिका र वडाहरुमा समेत नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।...