सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार
पूर्णपुष्टि, बैशाख १४
मानिसहरु सरकारी जागरि भनेपछि हुरुक्कै हुन्छन् । सरकारी जागिरकै लागि धेरै मेहनत र सपनाले बल्ल तल्ल जागिर खाएका मानिसहरु जिवनभरी खुसी हुने प्रयास गर्छन् । सरकारी जागिर भनेको मानिसहरुको निकै फलदायीक र बाँच्नका लागि सुखदायीक जिवन पनि हो । तर सबै कुराले सम्पन्नता हुँदा हुँदै पनि कुनै व्यक्तिहरुमा भने जनताहरुको प्रत्यक्ष सेवक बन्ने इच्छा हुन्छ । यसै इच्छा बोकेर आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रबाट गोपाल चन्द्र राईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षको लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन् ।
राईले जागिरबाट तत्कालै राजिनामा दिएर पालिका अध्यक्षको लागि तयारी गरिरहेको छ । राजनितिमा प्रवेश सँगै गाउँपालिकाको अध्यक्षका लागि आफ्नो तयारी हुँदै गर्दा उनले जनतामाझ लोक प्रिय बचनहरु दिँदै आएको छ । राईले गरिब अनि भोको समाजमा आफु धनी हुने कुनै सपना नरहेक...









