त्रियुगा माध्यमिक विद्यालय गाईघाटमा पनि वस सेवा संञ्चालन
पूर्णपुष्टि, असार २२
जिल्लाकै पुरानो विद्यालय त्रियुगा माविमा पनि वस सेवा संञ्चालन भएको छ । सरकारी विद्यालय त्रियुगा नमुना मावि गाईघाटलाई भारतीय दुवासले बस उपलब्ध गराए सँगै वस सेवा संञ्चालन भएको हो । विद्यालयलयलाई मंगलबार नेपाल सरकारको परराष्ट्र मन्त्री डा. नारायण खड्काले बसको साँचो प्रदान गरी सेवा संञ्चालनलाई विस्तार गरेको हो ।
यस विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट पठनपाठ गराईँदै आईएको अवस्था छ ।
सरकारीमै नेपाली तथा अंग्रेजी माध्यमबाट राम्रो पठनपाठन सुरु भएपछि विद्यार्थीहरुको चाप बढेको विद्यालयका प्रध्यापक सुवास बिष्टले बताउनुभयो । यसरी बिद्यार्थीहरुको चाप सँगै टाढा बाट आउने विद्यार्थीहरु समेत रहेको भन्दै यस वस सेवाले त्यस्ता विद्यार्थीहरुलाई सेवा दिने जनाए । नगरपालिकाका बिभिन्न ठाउँ लालपत्ता, कालिखोला, चुहाडे, जलजले लगायत टाढा बाट आउने विद्यार्थीहरुलाई वसले सहज सेवा दि...









