Friday, May 22News That Matters

संसार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ८ हजार १ सय २ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा २ लाख ८५ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये १ लाख ४१ हजार २९ जना उपचारपछि निको भएरका छन् । सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९४ हजार ४१ संक्रमित फेला परेको मध्ये ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८ सय ४१ संक्रमित फेला परेको छ भने ३ सय २६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८ सय १० जनामा संक्रमण भेटिएको मध्ये ९ सय ८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरा...
मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव स्पष्ट छैन : डब्लूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते । मौसम परिवर्तनमा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । पृथ्वीको दक्षिण धु्रवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा बताउनुभएको हो । कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उहाँको भनाइ छ । मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।...
साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

साउदी : २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र संचालन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २८ गते ।  साउदी सरकारले कोरोना जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो । तोकेको ठाउँमा गएर कोरोना जाँच गराउन सकिने भएकाले जाँच गराउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जाँच गराउने ठाउँको तालिक तल हेर्नुस्  :...
उत्तर नाईजेरियामा आक्रमणमा परि  ५९ जनाको मृत्यु

उत्तर नाईजेरियामा आक्रमणमा परि ५९ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  आक्रमणमा परि उत्तरी नाइजेरियामा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । आक्रमणमा जिहादी समूहको संलग्नताको आशङ्का गरिएको छ । बोर्नो प्रान्तको गुबिओ जिल्लास्थित एक दुर्गम गाउँमा बन्दूकधारी समूहले मङ्गलबार दर्जनौँको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । गाउँले विरोधमा उत्रिदा जिहादी समूहले प्रतिकार स्वरुप आक्रमण गरेको सञ्चारमाध्यमले जनाएको छ । अहिलेसम्म क्रमणको कुनै समूहले जिम्मेवारीको लिएको छैन । यद्दपि उत्तरी नाइजेरियामा जिहादी समूह बोको हराम र इस्लामिक स्टेट सक्रिय छन् । बोको हराम इस्लामिक स्टेटकै ब्यानरमुनि आक्रमणका घटनाहरु गर्दै आएको छ । बोर्नो प्रान्तको सिबोकको एक विद्यालयका २ सय ७० बालबालिकालाई बन्धक बनाएपछि बोको हराममाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको थियो । उक्त समूह छिमेकी राष्ट्र चाड, नाइजर र क्यामरुनमा समेत सक्रिय छ । यसै वर्षको मा...
लद्दाखबाट भारत र चिनको सेना पछि हट्यो

लद्दाखबाट भारत र चिनको सेना पछि हट्यो

समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  चिन र भारत विचको विवादित सीमा क्षेत्र लद्दाखबाट दुवै देशका सेना पछि हट्न थालेका छन् । बुधबार पूर्वी लद्दाखको ’हट स्प्रिङ्स’ क्षेत्रमा दुई देशका उच्च सैनिक अधिकारीबीच वार्ता हुनुअघि दुवै देशका सेना नियन्त्रण रेखाबाट पछि हटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सीमा क्षेत्रबाट भारतले भन्दा चीनले धेरै सैनिकलाई पछि हट्न भनेको छ । यसअघि गएको आइतबार पनि दुई देशका जर्नेलस्तरमा वार्ता भएको थियो । वार्ताले सीमा समस्याको लागि सैनिक कुटनीतिक र राजनीतिक तहमा वार्ता सल्टाउने सहमति गरेको थियो । पहिलो चरणको वार्तापछि चीनसँग कुटनीतिक स्तरमा वार्ता भइरहेको र दुई वटै देश सक्षम नेतृत्व रहेकोले सीमाको तनाव लामो समय नरहने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका थिए । लद्दाख क्षेत्रमा भारत–चीनका सेनाबीच बर्सेनि एकरदुई पटक झडप हुने भए पनि यो वर्ष भने महिनैपिच्छे झडप भइ...
चिन : अस्ट्रेलिया पढ्न जानु अघि सचेत हुन आग्रह

चिन : अस्ट्रेलिया पढ्न जानु अघि सचेत हुन आग्रह

शिक्षा, समाचार, संसार
पूर्णपुष्टि, जेठ २८ गते ।  चीनले आफ्ना नागरिकलाई अस्ट्रेलिया अध्ययन गर्न जाने निर्णय गर्नु अघि सतर्क हुन आग्रह गरेको छ । अस्ट्रेलियाका विश्वविद्यालयहरू जुलाईमा फेरि खोल्नु अघि त्यहाँ भएको जोखिमलाई ध्यान दिन चीनको शिक्षा मन्त्रालयले चेतावनी दिएको छ । कोरोनाको खतरा र अस्ट्रेलियामा एसियालीविरुद्ध देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान चीनको शिक्षा मन्त्रालयले भनेको हो । अहिले पनि कोरोनाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएकोले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले जनाएको  छ । अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो । अहिले चीन र अस्ट्रेलिबीच राजनीतिक सङ्घर्ष पनि बढिरहेको छ । अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिको ...
सुलेमानीको जासुसी गर्नेलाई मृत्युदण्डको सजाय

सुलेमानीको जासुसी गर्नेलाई मृत्युदण्डको सजाय

समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते ।  इरानी शीर्ष कमाण्डर कासिम सुलेमानीको जासुसी गर्नेलाई इरानको सर्वाेच्च अदालतले मृत्युदण्ड दिने भएको छ । सुलेमानीको जासुी गर्ने र उनीसँग जोडिएका सूचना अमेरिका र इजरायललाई दिने दोषी महमुद मुसवीलाई चाँडै नै मृत्युदण्डको सजाय दिइने भएको हो । सन् २०१९ जुन ३ तारिखको दिन अमेरिकी ड्रोनको आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानी इरानका एक शीर्ष सैन्यकर्मी, उदयमान् नेता र कुद्स फोर्सका प्रमुख थिए, जसले इजरायल र अमेरिकाविरुद्ध कैयौँ ठूला अभियान चलाएका थिए । महमुद मुसवीलाई सीआईए र मोसादको लागि जासुसी गरेको दोषी पाएको इरानको सर्वाेच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मङ्गलबार एक टीभी कन्फ्रेन्समा भनेको छ । यो अपराधको लागि उनलाई मृत्युदण्ड दिइनेछ । महमुद मुसवीले नै सुलेमानीसँग जोडिएका सबै जानकारी हाम्रा शत्रुलाई दिएका थिए उनले भने । सुलेमानीको मृत्युपछि इरानल...
दक्षिण एसियाली देश मध्ये नेपालको आर्थिक वृद्धिदर उच्च

दक्षिण एसियाली देश मध्ये नेपालको आर्थिक वृद्धिदर उच्च

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते । सन् २०२० मा कोरोनाको महामारीका बीच दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा सबैभन्दा माथि रहने विश्व बैङ्कले अनुमान गरेको छ । यो वृद्धिको प्रक्षेपण आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले प्रक्षेपण गरेको अनुमान भन्दा निकै तल छ । सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेपनि विश्व बैङ्कले सन् २०२०मा १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । विश्व बैङ्कले गरेको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ । कोरोनाको महामारीले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक सबैभन्दा नराम्रोसँग प्रभावित हुने भएको छ । दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । यो मुलुकको आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक देखिने भएको छ । मा...
दोस्रो विश्वयुद्ध यताकै अर्थतन्त्रमा गहिरो प्रभाव

दोस्रो विश्वयुद्ध यताकै अर्थतन्त्रमा गहिरो प्रभाव

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते । सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर –५.२ प्रतिशतको ऋणात्मक रहने अनुमान विश्व बैङ्कले गरेको छ । यो गिरावट दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम भएको विश्व बैङ्कले उल्लेख गरेको छ । विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जानेछ । चीनको आर्थिक वृद्धिदर एक प्रतिशतमा समेटिँदा रुसको अर्थतन्त्र ६ प्रतिशतले गिरावटमा आउने भएको छ ।...
ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । ब्राजिललाई कोरोना सम्बन्धि तथ्याङ्क सार्वजकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न आग्रह गरेको हो । ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्...