Wednesday, September 2News That Matters

संसार

ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । ब्राजिललाई कोरोना सम्बन्धि तथ्याङ्क सार्वजकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न आग्रह गरेको हो । ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्...
पर्यटकलाई श्रीलङ्का प्रवेशमा ३ पटक कोरोना परिक्षण गर्नु पर्ने

पर्यटकलाई श्रीलङ्का प्रवेशमा ३ पटक कोरोना परिक्षण गर्नु पर्ने

समाचार, संसार
पूर्णपुष्टि, जेठ २६ गते ।  श्रीलङ्काले कडा मापदण्ड बनाएर कोरोना भाइरसको परीक्षणपछि मात्रै विदेशी पाहुना श्रीलङ्कामा स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउनेछन् । श्रीलङ्काको पर्यटन मन्त्रालयले अगष्ट एकदेखि विदेशी पाहुनाका लागि भ्रमण खुला गरिने जनाएको छ । श्रीलङ्काका लागि बोर्डिङ गरेको ७२ घण्टाअघि कोरोनामुक्त रहेको स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक हुने मन्त्रालयले जनाएको छ । उक्त कागजातपछि पनि विदेशी पाहुनाले श्रीलङ्काली विमानस्थलमा पुग्नेबित्तिकै कोरोना परीक्षण गराउनुपर्नेछ । वर्षको सुरुवातदेखि नै कोरोना भाइरसको संक्रमणले ठप्प नै हुन पुगेको छ । दोस्रो परीक्षण पाँच दिनपछि र दश दिनभन्दा बढी बसाइ अवधि भए तेस्रो परीक्षण गराउनुपर्ने निर्देशिका तयार गरिएको छ । पछिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २ सय ७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पु...
भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँ खुल्ने

भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँ खुल्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आजदेखि भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँमा किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएको छ । भारत सरकराले लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो । व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू नहुने जनाईएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको मन्त्रालयले जनाएको छ ।...
दक्षिण एसियाली राष्ट्र मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत

दक्षिण एसियाली राष्ट्र मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । दक्षिण एसियाली देशहरु मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत रहेको छ । अहिलेसम्म भारतमा कोरोना भाईरसको संक्रमणबाट २ लाख ५३ हजार ३ सय २९ भन्दा बढी संक्रमित भएका छन् । भारतमा उक्त संक्रमित मध्ये ५ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लो केहि हप्तादेखि दक्षिण एसियाली राष्ट्रहरुमा कोरोना भाईरसको प्रकोप तिब्र रुपले फैहेको पाईएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तान रहेको छ । जनु ९८ हजार ९ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २ हजार २ जनाको मृत्यु भईसकेको छ । त्यस्तै बङ्गलादेशमा ६५ हजार ७ सय ६९ जना संक्रमित भएका छन् ८ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै अफगानिस्तानमा २० हजार ३ सय ४२ पुगेको छ भने ३ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा अहिलेसम्...
विश्वमा कोरोना संक्रमितको संख्याा ७० लाख भन्दा बढी

विश्वमा कोरोना संक्रमितको संख्याा ७० लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । विश्वको २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरसको संक्रमण फैलिदा ७० लाख ४ हजार ८ सयभन्दा बढी संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोनाबाट ४ लाख भन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख २६ हजार १ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म सवै भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको देशको अमेरिकामा २० लाख भन्दा बढी संक्रमित भएका छन् । त्यहाँ कोरोनाको कारण १ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म विश्वभर कोरोना सैक्रमणबाट ४ लाख २ हजार भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । अहिलसम्म विश्वका २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ६९ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये ३४ लाख १३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म भारतमा २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भईसकेका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय नाघेको छ ।...
भारतमा अमेरिकी प्रहरीको कारबाही झल्कने घटना

भारतमा अमेरिकी प्रहरीको कारबाही झल्कने घटना

समाचार, संसार
पूर्णपुष्टि, जेठ २४ गते । अमेरिकी प्रहरीका कारबाहीको झल्को दिने भारतमा एक घटना घटेको छ । गत हप्ता अमेरिकी प्रहरीको एउटा भिडियो भाइरल भयो जुन एक प्रहरी अधिकारीले एक अश्वेत व्यक्तिलाई जमिनमा लडाएर गर्धनमा घुँडाले दबाएको थियो । यस भिडियो सार्वजनिक भएपछि अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भएको थियो । यस्तै घटना भारतको राजस्थानमा पनि घटेको छ । पछिल्लो समयमा एक प्रहरी अधिकारीले घुँडाले एक व्यक्तिको गर्धन दबाएको र उसलाई पिटेको भिडियो भाइरल भएको छ । प्रहरी अधिकारीको रिपोर्टको अनुसार राजकार्यमा वाधा गरेकोप्रति मुद्दा दर्ता गरेर उसलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा पठाइएको संचारमाध्यमहरुले जनाएको छ । प्रहरीको दुव्र्यवहारमा मुकेश प्रजापत परेको हो । छोरालाई भेट्दा उसको लुगा रगतले लतपतिएको र हात फ्र्याक्चर भएको मुकेशका बुवा महादेव प्रजापतले बताएको जनाईएको छ । प्रहरीसँग गुहार माग्दा प्रहरील...
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते ।  कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ६ हजार ७५ जनाको मृत्यु भएको । भारतको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट २ सय ६० जनाको मृत्यु भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ९ हजार ३ सय ४ नयाँ संक्रमित थपिएसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या पनि २ लाख १६ हजार ९ सय १९ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ भने २ हजार ५ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमित मध्ये २ सय८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा  २३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ सय ६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी संक्रमि...
अमेरीका प्रवेशमा चीनको जहाजलाई रोक

अमेरीका प्रवेशमा चीनको जहाजलाई रोक

समाचार, संसार
पूर्णपुष्टि, जेठ २२ गते ।  चिनको यात्रुवाहक जहाजलाई अमेरिकाले प्रवेशमा रोक लगाउने भएकोछ । दुई देशबीच तनाव बढ्दै गएकाले ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको हो । अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको संचारमाध्यमहरुले जनाएको छ हङकङको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच तनाव भएकाले अमेरिकाले चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ । अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ । अमेरिकाको डेल्टा, युनाइटेड एअरलाइन्स लगायतका एअरलाइन्सले चीनमा उडान अनु...
विश्वभरका  ३० लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भए

विश्वभरका ३० लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ गते । विश्वका विभिन्न देशका ३० लाख भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् । विश्वको २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना संक्रमण फैलिदा ६४ लाख ५२ हजार भन्दा बढी मानिस संक्रति भएको मध्ये ३० लाख ६६ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । उक्त कोरोना संक्रमित मध्ये ३ लाख ८२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । कोरोनाको संक्रमण भएका देश मध्ये १४ देशका शत प्रतिशत उपचारपछि निको भएका छन् ।...